प्लेनमा यात्रा गर्नुहुन्छ, ढुक्क हुनुहोस पाइलटले यात्रुलाई यि कुरा कहिल्यै भन्दैनन्
काठमाडौं, ९ साउन। विमानमा यात्रा गर्दा कुरा केही यस्ता कुरा हुन्छन् जो पाइलट यात्रुलाई कहिल्यै बताउँदैनन्। जब तपाई विमानमा सवार हुनुहुन्छ, पाइलट तथा फ्लाइट अटेन्डेन्ट केही जानकारी दिने गर्छन्, तर सोझै सबै कुरा भने बताउँदैनन्। यसको एक कारण हो, यात्रुको बिच डर नफैलियोस् र गलत कदम नचालुन्। विमानमा सवार हुँदा पाइलटले यात्रुसंग लुकाउने केही कुरा यहाँ चर्चा गरिएको छ। १. व्यावसायिक विमानमा कुनै एक इन्जिन खराब हुँदा पनि सुरक्षित तवरले उड्न सक्छ। त्यसैले पाइलटले कहिल्यै पनि विमानको इन्जिन बिग्रेको बारे यात्रुलाई जानकारी गराउँदैनन्। २. पाइलटले कहिल्यै पनि सफा देखिएको छैन भनि यात्रुलाई बताउँदैन्। यसको सट्टा ल्याण्डिङ गर्ने ठाउँमा कुहिरो लागेको भनेर पाइटलले भन्छन्। प्यासेन्जर नडराउनु भन्नको लागि यस्तो भनिने गर्छ। ३. यदि पाइलटले फ्लाइट अटेन्डेन्ट (एयर होस्टेस)लाई बस्ने अनुमति दिए बुझ्नुपर्छ कि विमानमा कुनै गम्भिर समस्या छ। यस्तोमा यात्रुलाई विमानको अवस्थाबारे अवगत नगराइन सक्छ। ४. फ्लाइटको बखत लगाएको हेडफोन हटाउन भनिन्छ भने यसको केवल एउटा अर्थ हुन्छ, पाइलटको निर्देश ध्यानसंग सुन्नु। ५. हावाहुरी वा चट्याङबाट विमान पार गर्दा पाइलटले केवल मौसम खराब रहेको जानकारी सुनाउँछन्।यरा हाइज्याक हुन्छ, जबसम्म सम्भव हुन्छ पाइटल यात्रुलाई हाइज्याकको बारेमा बताउँदैनन्।
१ करोड एन्ड्रोइड फोनमा भाइरस, यसरी सफा गर्नुहोस्
काठमाडौं,९ साउन। विश्वभरको करिब १ करोड एन्ड्रोइड फोनमा मालवेयर फैलिएको छ। ‘हमिङब्याड’ (Humming Bad) नाम दिइएको सो मालवेयरले फोनबाट व्यक्तिगत डाटा संकलन गरि इन्टरनेटका विज्ञापनमा प्रयोगकर्ताले झै गरि क्लिक गरिदिने गर्छ। यो एक एप हो जुन एन्ड्रोइड फोनमा लुकेर बस्न सक्छ। प्रयोगकर्ताको जानकारी संकलन गरि हमिङब्याडले व्यक्तिगत जानकारी अन्यलाई बेचेको छ कि छैन भनि परिक्षण गर्न भने सकिन्छ। कसरी थाह पाउने? तपाईको मोबाइलमा यो मालवेयर छ कि छैन कसरी थाह पाउने? Lookout, AVG, Avast, Zone Alarm जस्ता एन्टीभाइरस एप डाउनलोड गरि इन्स्टल गर्न सकिन्छ। यी एपले मोबाइलमा भएका यस्ता मालवेयर डिटेक्ट अनि डिलिट गरिदिने गर्छन्। डिलिट हुन नसकेको खण्डमा भने आफ्नो डाटा सुरक्षित राखि फ्याक्ट्री रिसेट गर्नु सबैभन्दा उत्तम हुन्छ। तपाइको एन्ड्रोइड मोबाइलमा यो भाइरस भेटिएको खण्डमा, मोबाइल कम्प्युटरमा जोडी अत्यावश्यक डाटा कम्प्युटरमा कपी गर्नुस्। एन्ड्रोइडको लागि बनेका भाइरसले कम्प्युटर (विन्डोज, म्याक अपरेटिङ सिस्टम चल्ने कम्प्युटर) मा असर गर्दैन। डाटा ट्रान्सफर भएपछि फोनलाई फ्याक्ट्री रिसेट गरिदिनुस्। भविष्यमा नदोहोरियोस् फेरी फेरी पनि तपाइको मोबाइलमा यस्ता मालवेयर इन्स्टल नहोस् भन्नको लागि सधै चनाखो रहनुस्। मोबाइलमा कुनै पनि एप गुगल प्ले स्टोर भन्दा अर्को स्रोतबाट डाउनलोड वा इन्स्टल नगर्नुस्।
एनसेल र जल तथा मौसम विज्ञान विभागबीच बाढी पहिरोको पूर्वसूचना पठाउन समझदारी
काठमाडौं, ९ साउन । बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने एनसेलका ग्राहकहरुले अब सम्भावित बाढी र पहिरोबारे आफ्नै मोबाईलमा एसएमएस मार्फत पूर्वसूचना पाउने छन् । एनसेलले शुक्रबार जल तथा मौसम विभागसँग पूर्वसूचना प्रदान गर्नका निमित्त समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यसले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी पहिरोको पूर्व चेतावनी प्राप्त भई सुरक्षित रहन तथा जनधनको क्षति हुनबाट बच्न मद्दत गर्नेछ । पूर्व चेतावनी प्रणली सम्बन्धित यस समझदारीपत्रमा एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स र जल तथा मौसम विज्ञान विभाकका महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरेका हुन् । समझदारीपत्र अनुसार, एनसेलले अबदेखि बाढी र पहिराको जोखिमका बारेमा पश्चिम राप्ती, नारायणी, कन्काई, कोशी, बागमती, कर्णाली, बबई, कमला लगायतका नदीका तल्लो तटिय क्षेत्रमा बसोवास गरिरहेका परिवारलाई एसएमएस मार्फत पूर्वानुमान तथा पूर्वसूचना पठाउने छ । समझदारीपत्र अनुसार, नदीमा पानीको सहतको स्थिती अनुसार जल तथा मौसम विज्ञान विभागले भिन्ना भिन्नै एसएमएस कन्टेन्ट एनसेललाई दिनेछ र त्यही अनुरुप कम्पनीले तोकिएको क्षेत्रमा रहेका व्यक्तिहरुलाई एसएमएस सम्प्रेषण गर्नेछ । जल तथा मौसमको अवस्थाको बारेमा जानकारी राख्ने जल तथा मौसम विज्ञान विभागले एनसेललाई नदीमा पानीको बहाब र सहतको अवस्था अनुसार एसएमएस पठाउन जानकारी दिने र त्यस अनुसार एनसेलले तत्काल सर्टकोड ११५५ बाट एसएमएस पठाउने छ । पानीको सहत खतराको तह भन्दा माथि गएको एसएमएस पाएपछि मानिसहरु सरकारले तोकेको वा अन्य कुनै सुरक्षित स्थानमा जान सक्छन् । पानीको सतह सामान्य अवस्थामा फर्किए पछि पनि तत्काल कुनै खतरा नभएको जानकारी ग्राहकले एसएमएस मार्फत पाउने छन् । एनसेलले आफ्नो व्यवसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत जल तथा मौसम विज्ञान विभागसँग यस प्रणालीमा सहकार्य गरेको हो । “बाढी तथा पहिरो आउनु अगावै एसएमएस मार्फत पठाईने पूर्वसूचनाले सुरक्षित रहन तथा जनधनको क्षतिलाई घटाउन मद्दत गर्नेछ,,” पर्किन्सले भने । “यस नवीन कार्यमा साझेदारी गर्न पाउँदा हामी हर्षित छौ ।” हरेक बर्ष बाढी तथा पहिरोका कारण जनजीवन तथा ठूलो मात्रामा धनसम्पतिको क्षति हुने गरेको छ । “एनसेलसँगको यो सहकार्यले जोेखिम युक्त ठाउँहरुमा बसोबास गर्ने मानिसहरुलाई सुसुचित हुन र सुरक्षित रहन मद्दत गर्ने छ,,” विभागका महानिर्देशक डा. शर्माले भने । “यो एकदमै राम्रो शुरुवात हो । आउँदा दिनमा हामी अरु जोखिम भएका ठाउँमा पनि यो प्रणाली लागु गर्नेछौं ।” हाललाई यो पूर्वसूचना प्रणाली जाखिमयुक्त स्थानको रुपमा पहिचान गरिएका ४२ वटा तटिय क्षेत्रहरुमा लागु गरिएको छ । बाढी पहिरोको जोखिमका आधारमा उक्त स्थानका वासिन्दालाई एनसेलले विभागले पठाएको सूचना एसएमएस मार्फत पठाउनेछ । समझदारीपत्र अनुसार, पानीको बढ्दो सतह र वर्षाको अवस्था हरेर जल तथा मौसम विज्ञान विभागले एनसेललाई एसएमएस पठाउने स्थानको विवरण तथा एसएमएस कन्टेन्ट उपलब्ध गराउनेछ ।