युवतिको नाममा फेसबुक बनाएर ठगी, प्रहरी कारवाही जारी
काठमाडौं – युवतीको नाममा फेसबुक बनाई ठगी गर्दै आएका युवक पक्राउ परेका छन् । सप्तरी बस्ने विराटनगरका २४ वर्षीय विकासकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई भारतबाट पक्राउ गरी ल्याएको हो । उनले काठमाडौंको युवतीहरुको नाममा फेसबुक बनाएका थिए । तीनै युवतीका साथीहरुलाई साथी बनाई आफूलाई समस्या परेको भन्दै च्याटमा सहयोग माग्ने गरेका थिए । कसैसँग रिचार्ज गरिदिन आग्ह गर्थे तथा कहिले बिरामी भएको भन्दै खर्च माग्दथे । चिनेकै साथीले सहयोग मागेपछि दिने गरेका थिए । तर, वास्तविक साथी नभई उनीहरुको नाममा नक्कली फेसबुक अकाउण्ट बनाई त्यसरी साहले भलुक्याएर ठगी गर्दै आएका थिए । पछि युवतीहरुले थाहा पाएर प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् । नयाँपत्रिका दैनिकबाट ।
इन्टेक्सको थ्रिजी सपोर्ट गर्ने ‘अक्वा प्राइड’ स्मार्टफोन, मूल्य आठ हजार
काठमाडौं। भारतीय स्मार्टफोन कम्पनी इन्टेक्स टेक्नोलोजिजले नेपाली बजारमा नयाँ स्मार्टफोन लन्च गरेको छ। कम्पनीले यसलाई धेरै ब्याट्री व्याकअप भएको फोनका रुपमा रहेको जनाएको छ। लाईट सेन्सर भएको यो स्मार्टफोनमा पाँच मेगापिक्सलको रियर क्यामेरा रहेको छ भने दुई मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ। एक जिवी र्याम रहेको यो मोवाइलमा आठ जिवीको रोम रहेको छ भने यसमा डुअल फ्लास समेत रहेको छ। थ्रिजी सेवा सपोर्ट गर्ने यो मोवाइलमा क्वार्डकोर १ दशमलव ३ गिगाहर्जको प्रोसेसर रहेको छ भने एन्ड्रोइडको लेटेस्ट मार्समल्लो ६.० भर्सनमा रहेको छ। यसमा ३२ जिबीसम्म मेमोरीकार्ड एक्सपान्ड गर्न मिल्ने जनाइएको छ। २८०० एमएएच व्याट्री क्षमता भएको यो स्मार्टफोनमा व्याट्री धेरै समय टिक्ने जनाइएको छ। पाँच इन्चको डिस्प्ले रहेको यो स्मार्टफोनको १४१*७२ एमएम डाइमेन्सन रहेको छ। कम्पनीले यो स्मार्टफोनमा एक बर्षको वारेन्टि दिने जनाएको छ। कम्पनीले नेपालभरी चारहजार पाँचसय भन्दा धेरै आधिकारिक विक्रेताहरुमार्फत नेपालमा मोवाइलको विक्रि वितरण गर्दै आएको जनाएको छ। कम्पनीले यो स्मार्टफोनको बजार मूल्य आठ हजार दुईसय रुपैयाँ तोकेको छ।
नोकिया ११०० जस्तै एन्ड्रोइड फोन अाउँदै
काठमाडौं, ११ भदौं। तपार्इंलार्इ नोकिया ११०० फोन कतिको याद छ ? जुन फोन संसारमै सबैभन्दा धेरै बिकेको थियो । नोकिया ११०० लार्इ स्मरण गराउन एक चिनियाँ कम्पनीले दुरूस्तै त्यस्तै एन्ड्रोइड स्मार्ट फोन ल्याउँदैछ । यदि तपार्इंलार्इ थाहा छैन भने नोकिया अब माइक्रोसफ्टबाट अलग भइसकेको छ र उसले चाँडै एन्ड्रोइड स्मार्टफोन लन्च गर्ने तयारी गरेको छ । अब तपार्इं यहाँ थाहा दिनैपर्ने कुरा भनेको चीनको स्मार्टफोन कम्पनी उहान्सले विश्वकै सबैभन्दा लोकप्रिय फोनको सम्झनामा विशेष फोन लन्च गर्ने तयारीमा जुटेको छ । रिपोर्ट अनुसार यो फोनलार्इ ए१०१ नाम दिइएको छ । र, यो स्मार्टफोन उहान्सको चौथो उत्पादन हुनेछ । फोन एरीनाको रिपोर्ट अनुसार यसमा एन्ड्रोइडको ताजा भर्सन मार्म्यालो राखिनेछ । यसको स्क्रीन ५ इन्चको हुनेछ । यसमा मिडियाटेक क्वार्डकोर प्रोसेसर हुनेछ । नेपाली बजारमा आइपुग्दा यो फोनको मूल्य ९ हजार हाराहारी पर्नेछ । नोकिया र खासगरी नोकिया ११०० सँग जोडिएको यादलार्इ अहिले पनि दुनियाँभरका मानिसले सम्झिन्छन् । तर नोकिया ११०० लार्इ स्मरण गर्दै बनाइएको एन्ड्रोइड स्मार्टफोनले मानिसमा कतिको छाप छाड्नेछ, त्यो भने समयले बताउला । एजेन्सीको सहयोगमा