कुमारी बैंकले गर्याे अत्याधुनिक कोर बैंकिङ सफ्टवेयरको सुरुवात

काठमाडौं । कुमारी बैंक लिमिटेडले अत्याधुनिक कोर बैंकिङ(सीबीएस) सफ्टवेयर फिनाकल–१०.२.१९ सेवाको सुरुवात गरेको छ । ग्राहकवर्गलाई आधुनिक, गुणस्तरिय तथा सुरक्षित सेवा दिने उद्देश्यले उक्त नयाँ प्रविधि भित्र्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुरेन्द्र भण्डारीले अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले बैंकले नयाँ कोर बैंकिङ सफ्टवेर खरिद गरेको बताए । बैंकहरुमध्ये कुमारी बैंक फिनाकल प्रविधिको पछिल्लो संस्करण (सीबीएस) प्रयोग गर्ने पहिलो बैंक भएको उनले जानकारी दिए । उनका अनुसार सफ्टवेयर खरिद गर्नका लागि विश्व प्रख्यात सूचना प्रविधि कम्पनी इन्फसाइस इण्डीयासँग सम्झौता गरिएको थियो । ‘विगतदेखिनै देशको बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन कुमारी बैंकले अग्रणी भूमका निर्वाह गरेको छ,’ उनले भने ‘यस बैंकले नेपालमा सबैभन्दा पहिले इन्टरनेट बैंकिङ सेवा सुरुवात गरेको थियो ।’ बैंकको डेपुटीसीईओ उमेशसिंह भण्डारीले वर्षदिन लाग्ने उक्त सफ्टवेयर बैंकले अत्यन्त छोटो अबधि ५ महिनामै प्रयोगमा ल्याउन सफल भएको बताए । ‘यति छिटो समयमा नयाँ प्रविधि फिनाकल सफ्टवेयर सफलतापूर्वक कार्यान्वयन ल्याउनेमा विश्वका बैंकमध्ये नेपाल पहिलो हो,’ उनले भने ‘बैंकभित्र भएको दक्ष जनशक्तीको प्रयत्नले यो सम्भव भएको हो । बैंकको अनुसार फिनाकल प्रविधि संसारभरी चल्तीमा रहेको उच्चस्तरीय बैंकिङ सफ्टवेयर मध्ये एक हो । हाल सो प्रविधि विश्वका ४५ वटा देशहरुमा प्रयोग भइरहेको छ ।

नेशनल बैंकिंग इन्स्टिच्यूटल डिजिटाईजेशन कन्फेरेन्स गर्ने

काठमाडौं । नेशनल बैंकिंग इन्स्टिच्यूटले आगामी चैत्र २ गते काठमाण्डौँमा ‘डिजिटाईजेशन कन्फेरेन्स’ आयोजना गर्ने भएको छ । बदलिदो पारिस्थितिमा सूचना प्रबिधिले मारेको फड्को र नयाँ प्रबिधिले ल्याएका चुनौतिलाई बैंकिंग, टेलिकम, सरकारी निकाय र अरुसंग संस्थाहरुले आत्मसार गर्नुपर्ने देखिएको उक्त सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ । बैंकिंग, टेलिकम, इन्सुरेन्सलगायत विभिन्नसंग संस्थाहरुले प्रबिधिलाई आप्नाइ राणानितिक एवम दुर्गामी सोच लिनुपर्ने आवश्यकता देखिएको छ । यसै सन्दर्भमा डिजिटाईजेशन जस्तो प्रबिधिक बिषय र यसको परिस्थिति र प्रणालीलाई बुझ्न र यसबाट सम्पूर्ण आर्थिक क्षेत्र, उद्योगहरुलाई मध्यानजर राख्दै अन्तराष्ट्रिय अनुभव आदनप्रदान गर्ने उदेश्यले यो सम्मेलन सान्दर्भिक र समय सापेक्ष हुने आयोजकको विश्वास छ । सम्मेलनमा भारतको कोटप महिन्द्रा बैंकका प्रमुख डिजिटल अधिकारी दीपकशर्मा, आईसीआईसीआई बैंकका पूर्व डिजिटल चैनल एस्पर्ट राहुलजोशि र आरबीएल बैंकका क्यास म्यानेजमेन्ट एण्ड इलेक्ट्रोनिक बैंकिङ सोलुशनका प्रमुख राजेश लोहरीले कार्यपत्र प्रस्तुत गर्ने भएको छन् । यस सम्मेलनमा आर्यटी विभागका कर्मचारीहरुदेखि मार्केटिङ, अपरेशनमा काम गर्नेहरु सहभागि हुनेछन् ।

भोडाफोन र नोकियाले चन्द्रमामा ’फोर जी’ सञ्चालनमा ल्याउने

काठमाडौं । चन्द्रमामा पनि चौथो पुस्ता (फोरजी) मोवाइल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जर्मनीको भोडाफोन र नोकिया कम्पनीले संयुक्त रुपमा चन्द्रमामा फोरजी सेवा सञ्चालनमा ल्याउन जुटेका छन् । फोरजीको प्रयोग गरेर रोबोटले त्यहाँबाट प्रत्यक्ष तस्वीरहरू पठाउन सक्ने बीबीसीले जनाएको छ । बर्लिनको पीटी साइन्टिस्ट्स कम्पनीका लागि फोरजी नेटवर्क सञ्चालनमा ल्याउन लागेको हो । सो कम्पनीले चन्द्रमामा निजी रोबोट पठाउने योजना बनाएको छ । ’एपोलो ११ मिशन’ को ५० वर्ष पूरा भएको अवसर पारेर सो कम्पनीले चन्द्रमामा एउटा ’लञ्चर’ र दुईवटा रोबोट पठाउने बीबीसीले उल्लेख गरेको छ । ’एपोलो ११ मिशन’ अमेरिकी अन्तरिक्ष संस्था नासाको महत्त्वाकांक्षी योजना हो । यसअन्तर्गत सन् १९६९ मा नील आर्मस्ट्रङ्ग र एड्विन अल्ड्रिनले पहिलो पटक चन्द्रमामा पाइला टेकेका थिए । आगामी वर्ष चन्द्रमामा फोरजी नेटवर्क हुने भोडा फोनले जानकारी दिएको छ । भोडाफोनले चन्द्रमामा पहिलो फोरजी नेटवर्क स्थापना गर्ने योजना बनाइरहेको छ । यसका लागि भोडाफोनले प्राविधिक साझेदारका रूपमा नोकियालाई चयन गरेको बीबीसीले जानकारी दिएको छ । अडी कार निर्माता कम्पनीले बनाएको रोबोट पहिलो पटक निजी खर्चमा चन्द्रमामा पठाइनेछ । यस्तो हुने छ उपकरण बीबीसीकाअनुसार सामान्यतया इन्टरनेट सेवाका लागि टावर राखिन्छ । तर चन्द्रमामा त्यस्तो हुनेछैन । नोकियाले फोरजीका लागि अहिलेसम्मकै सबैभन्दा हलुका ट्रान्समिशन उपकरणको निर्माण गर्नेछ।नोकियाका अनुसार उक्त उपकरण एक किलोभन्दा पनि कम तौलको हुनेछ। फोर जीका लागि १८०० मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्डको प्रयोग गरिनेछ, जुन एचडी भिडिओका लागि आवश्यक हुन्छ । सबैभन्दा पहिला दुईवटा रोबोटले ’बेस स्टेशन’ अर्थात् लञ्चरलाई एचडी भिडिओ पठाउनेछन् र त्यसपछि ’बेस स्टेशन’ ले उक्त भिडिओलाई पृथ्वीमा पठाउनेछ । फोरजीबाट सम्पर्क स्थापित गराउन एनालग रेडियोको तुलनामा कम ऊर्जा खपत हुनेछ। पृथ्वीदेखि चन्द्रमाको दूरी ३ लाख ५८ हजार किलोमिटर छ । स्रोत : बीबीसी