कुलमानजी ! अनलाइनबाट विजुलीको पैसा तिर्न १० बज्नैपर्ने कारण के हो ?
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महसुल तिर्न अपनाएको विद्युतीय माध्यमलाई कार्यालय समयभित्र सिमित गरेको छ । अहिले भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाबाट विद्युत महसुल तिर्न पाइने व्यवस्था गरिएको भएपनि कार्यालय खुलेको समयमा मात्रै तिर्न सकिने गरी सेवालाई संकुचित बनाइएको छ । आज (असोज ४ गते) विहान विद्युतको महसुल तिर्न खोज्ने एक ग्राहकले कार्यालय समय खुलेपछि मात्रै विद्युतको महसुल तिर्न सकिने सन्देश प्राप्त भएको प्रमाणसहित विकासन्युजलाई जानकारी गराए । ‘आज विहान ८ः४० बजे इसेवा मार्फत विद्युत महसुल तिर्न खोजेको थिएँ तर, विहान १० बजेपछि मात्रै तिर्न सकिन्छ भन्ने सन्देश प्राप्त भयो, त्यो सन्देश पाएर म आफै छक्क परें, विद्युतीय माध्यमबाट रकम तिर्न पनि कार्यालयको ढोका खुलेको समय हुनुपर्छ भन्ने मान्यता अपनाइए जस्तो लाग्यो, जुन आफैमा अनौठो हो,’ प्राधिकरणका ती उपभोक्ताले भने । ती ग्राहकले हामीलाई उपलब्ध गराएको सन्देशमा इसेवा मार्फत विद्युत महसुल तिर्ने समय विहान १० बजेदेखि राति १२ बजेसम्मको लागि तोकिएको छ । सोभन्दा फरक समयमा भने विद्युत महसुल तिर्न नसकिने सो सन्देशले संकेत गर्छ । अहिले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा कुलमान घिसिङ छन् । उनले आफ्नो पहिलो कार्यकालमा लोडसेडिङ अन्त्य गरेका कारण वर्तमान सरकारले उनलाई दोस्रो पटक प्राधिकरणको नेतृत्व दिएको हो । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितमान शाक्यको कार्यकाल बाँकी छदै सरकारले घिसिङलाई प्राधिकरणको नेतृत्व सुम्पिएर शाक्यलाई जल तथा उर्जा आयोगमा नयाँ दरबन्दी सिर्जना गरेर लगेको छ । यद्यपि, सरकारको यस्तो निर्णयप्रति चित्त नबुझाएर शाक्य न्यायिक परीक्षणको लागि सर्वाेच्च अदालत गएका छन् । लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्वाह खेलेका घिसिङले विद्युत विकासको लागि आवश्यक पूर्वाधारण निर्माण र दीर्घकालिन रणनीतिक योजना बनाउन नसकेको भन्दै पछिल्लो समय उनको आलोचना पनि सुरु भएको छ ।
बजारमा मोबाइल फोनको अभाव, दशैंमा सिमित कम्पनी बाहेकका फोन नपाइने व्यवसायीको भनाई
काठमाडौं । गत असारयता नेपाली बजारमा मोबाइल फोनको अभाव भएको छ । कोरोना महामारी सुरु भएसँगै नेपालमा मात्र नभएर विश्वभर फोनको अभाव भएको व्यापारीहरुको भनाई छ । गत असारयता फोनको अभाव भएपनि पछिल्लो समय फोनको आयातमा केही बृद्धि भएको नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई बताउँछन् । उनले फोनको मौज्दात कम भएको भन्दै दशैंका लागि केही कम्पनीका बाहेक अन्य कम्पनीका फोनहरु उपलब्ध नहुने बताए । ‘दशैंका लागि केही कम्पनीहरुले फोन पठाउन थालेका छन्, यसअघि आउने गरेका सबै ब्राण्डका फोनहरु दशैंका लागि उपलब्ध हुँदैन, हामी व्यवसायीको पहलमा केही दिनयता मोबाइल फोन आइरहेको छ, सिमित कम्पनीले मात्र फोन पठाएका छन्, यो दशैंमा उपभोक्ताले रोजेर फोन किन्न पाउँने अवस्था छैन,’ अध्यक्ष भट्टराईले भने । उनले कोरोना महामारीभन्दा अघि दैनिक आउने फोन हाल २० दिनमा समेत नआएको बताए । महामारीका कारण विद्यालय तथा कार्यालयका कामहरु घरबाटै हुने भएपछि मोबाइल लगायत अन्य इलेक्ट्रोनिक्स सामग्रीको माग बढेको थियो । तर, कोभिडका कारण मोबाइल फोनका लागि आवश्यक पर्ने चिप्स अभावका कारण बजारमा सानादेखि ठूला मूल्यका फोनहरुको अभाव रहेको छ । अहिले मोबाइल अभावको कारण ग्राहकले आफूले चाहेको फोन पाउन सक्ने अवस्था नरहेको अध्यक्ष भट्टराईको भनाई छ । हाल रियल्मी, सामसुङ, वन प्सल र एमआई कम्पनीका फोनहरु दशैंका लागि आउन थालेपनि अन्य कम्पनीका फोनहरु अभाव नै छ । यस्तै, मोबाइल सेलर्स एसोएिसनका अध्यक्ष पुरुषोतम बस्नेत कोभिड पश्चात मोबाइल फोनको अभाव भएको बताउँछन् । उनले फोनको आपूर्तिमा अझै समस्या भएको भन्दै अन्य समयको जस्तो स्टक नरहेको बताए । ‘हामीले सकेसम्म दशैंमा अभाव नहोस भनेर फोनको आयात गर्ने गरेका छौं, तर उत्पादन नै कम भएको र चिप्सको अभावका कारण मागेजति आयात हुन सकेको छैन’, अध्यक्ष बस्नेतले भने । किन अभाव भयो ? व्यवसायीहरु मोबाइलका लागि आवश्यक पर्ने चिप्स बनाउने कम्पनीले पर्याप्त मात्रामा उत्पादन गर्न नसक्दा नेपालमा मात्र नभएर विश्वभर फोनको अभाव भएको बताउँछन् । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भटट्राईका अनुसार कोभिडका कारण चिप्स बनाउँने चिनियाँ कम्पनीले पर्याप्त मात्रामा उत्पादन गर्न नसक्दा बजारमा अभाव भएको हो । अन्य देशमा फोन उत्पादन गरिए तापनि अधिकांश चिप्स बनाउने कम्पनी चिनियाँ भएको र कोभिडका कारण कम उत्पादन हुँदा अभाव भएको हो । मोबाइल इम्पोटर्स एसोसिएनका सचिव अमिल अग्रवाल मोबाइल फोनको आयातमा कमी आएको बताउँछन् । ‘नेपालमा पछिल्लो समय मोबाइल फोनको माग उच्च छ, अन्तर्राष्ट्रिय रुपमा नै कम उत्पादन हुँदा आपूर्तिमा समस्या भएको हो’, सचिव अग्रवालले भने । फोनको अभावसँगै चाडपर्वका लागि व्यवसायीले दिदैँ आएको छुट यसवर्ष नल्याईएको व्यवसायीहरु बताउँछन् । माग उच्च हुँदा र उत्पादन कम हुँदा बजारमा अभाव नै छ । अभावसँगै विशेष छुट दिदाँ बजार बिग्रन सक्ने भन्दै अफर सार्वजनिक नगरिएको व्यवसायीहरु बताउँछन् ।
एनसीएचएल प्रणालीमा अब तीन बजेसम्म कारोबार हुने
काठमाडाैं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) प्रणालीबाट अब तीन बजेसम्म कारोबार हुने भएको छ । अन्तरबैंक भुक्तानी प्रणालीको उपयोगिता बृद्घि भइरहेको अवस्थामा प्रणाली मार्पmत गरिने बैकका ग्राहकहरुको कारोबार, नेपाल सरकार, पूँजी बजार, अर्ध सरकारी संस्थाहरु लगायतका विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका गरेको हो । अब एनसीएचएल प्रणालीमा बिहानको ९ बजेदेखि दिनको ३ बजेसम्म (आईतबार देखि बिहिबार) सम्म कारोबार हुने भएको छ । यो व्यवस्था भोलि अर्थात असोज ४ गतेदेखि हुनेछ । यस अघि बिहानको १०ः०० बजे देखि दिनको १स्०० सम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने गरेको थियो । त्यसै गरी दिनको ३स्३० बजेसम्म प्राप्त भएकाबैकको आफ्नो ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी आदेशहरु सोही दिनमा फर्छौट हुने छन् । शुक्रबारको दिन १२ः३० बजे सम्म प्राप्त भएका भुक्तानी आदेशहरु पनि सोही दिनमा फर्छौट हुने व्यवस्था मिलाईएको छ ।ल नगद तथा कागजमा आधारित भुक्तानीहरु भन्दा डिजिटल भुक्तानीको लोकप्रियता बढे सँगै एनसीएचएल आईपीएसमा वृद्धी भएको समय सीमाले ग्राहकहरुलाई थप सुविधा हुने विश्वास गरिएको छ । एनसीएचएल आईपीएस मार्फत तलब भत्ता, केन्द्रिय तथा स्थानीयसरकारी भुक्तानीहरु, सप्लायर/पार्टी पेमेन्टहरु, कस्टमर फण्ड ट्रान्स्फर, डिभिडेण्ड लगायतका विभिन्न भुक्तानीहरु नगद वा चेक बिना सिधै खाताबाटै रकमान्तर गर्न सकिन्छ । हाल यस प्रणालीमा ५९ बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । यस प्रणाली मार्फत प्रति कारोबार रु २० करोड सम्मको भुक्तानी गर्न सकिन्छ भने सरकारी भुक्तानी रु ३० करोड सम्म, ट्रेजरी पेमेन्ट सम्बन्धी भुक्तानी रु ५० करोडसम्म र सरकारी भुक्तानी रु २ अर्ब सम्म गर्न सकिन्छ । हाल एनसीएचएल आईपीएस मार्फत भुक्तानी कारोबारहरु बैंक ⁄ वित्तिय संस्थाको शाखा, कर्पोरेट⁄बिजनेस च्यानल, कर्पोरेटपे प्र्रणाली तथा नेसनल पेमेन्ट्स इन्टरफेसलगायतका च्यानलहरु मार्फत गर्न सकिन्छ । हाल ल्ऋज्ी(क्ष्एक् को कारोबार शुल्क रु २ देखि रु १० सम्म रहेको छ ।