आजदेखि दर्ता नभएका मोबाइल नचल्ने
काठमाडौं । आजदेखि दर्ता नभएका मोबाइल फोनहरु नचल्ने भएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेसँगै दर्ता नभएका मोबाइल फोनहरु नचल्ने भएका हुन् । योसँगै अब नेपाल भित्रिने सबै मोबाइल फोनहरु दर्ता गर्नुपर्नेछ । त्यसो नगरेको अवस्थामा उक्त मोबाइल फोन नेपालमा चल्ने छैन । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न प्राधिकरणले यो प्रणाली लागु गरेको हो ।
माछापुच्छ्रे बैंकका ग्राहकले टिभी र इन्टरनेट प्याकेज इएमआइमा पाउने
काठमाडौं । माछापुच्छ्रे बैंक, एनआइटिभी स्ट्रिम्ज प्राइभेट लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसनबीच त्रिपक्षिय सम्झौता भएको छ । बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई इएमआइ सुविधामा टिभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा त्रिपक्षिय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा एनआइटिभी स्ट्रिम्ज र वल्र्डलिंक कम्युनिकेसनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा बैेंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बमोजिम बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको इन्स्टापे सुविधा मार्फत टिभी तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज इएमआइमा लिन सकिने छ । एनआइटिभी स्ट्रिम्ज र वल्र्डलिंकले संचालन गरेको फेस्टिभिटिवाइ अफरमा ग्राहकले करिब ५६ प्रतिशत सम्मको छुट पाउन सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टापेबाट उपभोग गर्न सक्नेछन् । यस बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।
एनसेलमा १०० रुपैयाँभन्दा बढी रिचार्ज गर्दा ४० रुपैयाँ बोनस पाइने
काठमाडौं । एनसेल आजियाटाले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन १०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । भदौ २८ गते मंगलबारदेखि याे सेवा संचालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने १० बोनस स्वरुप प्राप्त गर्नछन् । यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्नेछन् । बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइने कम्पनीले जनाएकाे छ । यस योजना अन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी १५० रिचार्ज गरेमा २० बोनस स्वरुप प्राप्त गर्नेछन् । प्राप्त बोनस रकम ३ दिनको लागि मान्य रहनेछ । त्यस्तै, ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी २०० वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले ४० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् र यो बोनस रकम ७ दिनको लागि मान्य हुनेछ । कम्पनीकाे अनुसार यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्नेछन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् ।