आफ्नो मोबाइल वा डिभाइसलाई ह्याकिङबाट कसरी जोगाउने ?
एजेन्सी । डिजिटल संसारमा ह्याकिङका घटनाहरू अहिले सामान्य भइसकेका छन्। हरेक दिन हामी अनलाइन ह्याकिङ र यससँग सम्बन्धित समाचारहरू दैनिक रुपमा पढिरहेका हुन्छौं । विश्वभरका ५ अर्ब मानिसले इन्टरनेट प्रयोग गर्ने भएकाले ह्याक हुन सक्ने उपकरण फेला पार्नु सजिलो काम होइन। त्यसोभए ह्याकरहरूले कसरी थाहा पाउने कि तपाईंको फोन ह्याक हुन सक्छ सक्दैन भन्ने कुरा ? कसरी ह्याकरहरूले यति धेरै इन्टरनेट प्रयोगकर्ताहरू बीच आफ्नो शिकार छनौट गर्छन् ? यदि तपाईं पनि ह्याकिङ प्रक्रिया जान्न चाहनुहुन्छ भने यो रिपोर्ट तपाईंको लागि हो। यस रिपोर्टमा, हामी तपाईंलाई ह्याकिङसँग सम्बन्धित केही रोचक कुराहरू बताउनेछौं, जसले तपाईंलाई जानकारीका साथसाथै भविष्यमा अनलाइन ह्याकिङबाट जोगाउनेछ। ह्याकरहरूले कमजोर उपकरणहरू कसरी फेला पार्छन् ? सिस्कोको २०२२ को रिपोर्ट अनुसार विश्वभर ५ अर्ब मानिसले इन्टरनेट प्रयोग गर्छन्। पछिल्लो अनुमान अनुसार सन् २०२३ सम्म २९ अर्ब यन्त्रहरू (ल्यापटप, ट्याब्लेट, स्मार्टफोन, घडी आदि) इन्टरनेट सर्भरमा जोडिएर काम गरिरहेका छन् । यो संख्या विश्वको जनसंख्याको तीन गुणा बढी हो। अर्थात्, औसत व्यक्तिले चारवटा यन्त्रहरू प्रयोग गर्नेछन्। यी उपकरणहरूको आफ्नै छुट्टै आइपी एड्रेस हुन्छ । अर्थात्, आइपी एड्रेसको सहायताले इन्टरनेट अफ थिंक्स सर्च इन्जिन प्रयोग गरेर उपकरणको बारेमा धेरै जानकारी प्राप्त गर्न सकिन्छ । इन्टरनेट अफ थिंक्स सर्च इन्जिन इन्टरनेट अफ थिंग्स एउटा यस्तो प्रविधि हो जसद्वारा नेटवर्किङ मार्फत धेरै ग्याजेटहरू एकसाथ जोड्न सकिन्छ। यसमा, सबै ग्याजेटहरू एकसाथ जडान हुन्छन् र एकअर्कासँग डाटा आदान प्रदान गर्ने काम गरिन्छ । जसले सबै उपकरणहरूलाई एकठाउँमा एकीकृत गर्न मद्दत गर्छ । विशेष खोज इन्जिनहरू जस्तै र्यापिड सेभेन र ‘मिटरे’ ले जोखिमपूर्ण उपकरणहरु ट्रयाक गर्दछन् । जुम आई र सुढान एप्लिकेसनले सर्च इन्जिनहरूको प्रयोग गरेर, ह्याकरहरूले इन्टरनेट, जियोलोकेशन, पोर्ट, अपरेटिङ सिस्टम, सेवा, होस्ट र आईपी एड्रेसहरुमा जडान भएका उपकरणहरू पनि फेला पार्न सक्छन्। तिनीहरूले सिस्टममार्फत सम्बन्धित डिभाइसमा पहिल्यै कसरी लगइन गरिएको छ भनेर समेत जाँच गर्न सक्छन् । पहिले लगइन गर्दाको पासवर्ड प्रयोग गरिएको वा नगरिएको भनेर पनि थाहा पाउन सक्छन् । यी सबै उपकरणहरूबाट डाटा संयोजन गर्नाले ह्याकरहरूलाई इन्टरनेटमा कमजोर उपकरणहरू फेला पार्न र सबैभन्दा प्रभावकारी आक्रमणहरूको योजना बनाउन मद्दत गर्दछ। स्पेयर फिसिङ ह्याकरहरूले प्रायः इन्टरनेटमा धेरै रुची भएका प्रयोगकर्ताहरू फेला पार्न अतिरिक्त फिसिङ प्रयोग गर्छन्। जसले जानीजानी जोखिममा रुची राख्छन उनीहरुलाई ह्याकरहरुले बढी टार्गेट गर्ने गर्दछन् । को टार्गेटमा परेको छ भन्ने विषय थाहा पाउन हप्ता वा महिना दिन पनि लाग्न सक्छ । ह्याकरहरुले स्पीयर फिसिङ त्यतिबेला शुरु गर्छन जब सम्बन्धित व्यक्तिको बारेमा पर्याप्त जानकारी प्राप्त गरिसकेका हुन्छन् । ह्याकरले त्यसपछि मालवेयर होस्टिंग लिङ्क वा इमेल पठाउन सक्छन् । यस्तो लिङ्कमा क्लिक गर्दा वा त्यस्तो फाइल डाउनलोड गर्दा उपकरणमा मालवेयर ल्याउँछ र ह्याकरहरूले त्यो उपकरणलाई आफ्नो नियन्त्रणमा लिने गर्दछन् । ब्लुटुथ ह्याकिंग ब्लुज्याकिङ, ब्लुस्नार्फिङ र ब्लुबगिङ जस्ता ब्लुटुथ ह्याकिङ प्रविधिहरूले ह्याकरहरूलाई ब्लुटुथ जडान भएको यन्त्रहरुको कमजोरी पत्ता लगायर डाटा ह्याकिङ गर्न सहयोग पुर्याउँछ । यद्यपि, अधिकांश ह्याकरहरूले ब्लुटुथ ह्याकिङको सट्टा मालवेयर इन्स्टल गरेर ह्याकिङ गर्न रुचाउँछन् किनभने ब्लुटुथ बन्द गरेर ब्लुटुथ ह्याकिङ रोक्न सकिन्छ । यदि सम्बन्धित यन्त्रको व्यक्तिले ब्लुटुथ अफ गर्यो भने, ह्याकिङ प्रक्रिया रोकिन पुग्छ । कसैको परिवारमा ठूलो संख्यामा वायरलेस उपकरणहरू (जस्तै हेडफोन, स्मार्टवाच, स्मार्टफोन र ल्यापटपहरू) छन् र त्यहाँ ब्लुटुथ खुला छोडिएको छ भने त्यहाँ ह्याकिङ हुने अधिक सम्भावना रहन्छ । ह्याकिङबाट कसरी सुरक्षित रहने ? ह्याकिङबाट बच्नको लागि ब्राउजिङ गर्दा भर्चुअल निजी नेटवर्क (भिपिएन) को प्रयोग गर्न सकिन्छ। कम्प्युटर संसारमा भिपिएनले डिभाइसको आइपी एड्रेस र इन्टरनेट गतिविधिहरू लुकाएर राख्छ, ताकि व्यक्तिगत गोप्य विवरण सुरक्षित रहोस । भिपिएन मार्फत ब्राउज गर्नु भनेको सुरुङ मार्फत गाडी चलाउनु जस्तै हो। इन्टरनेट ब्राउज गर्दा एचटिटिपिएस इन्क्रिप्सन भएका वेबसाइटहरू मात्र प्रयोग गर्नु सुरक्षित मानिन्छ । यी वेबसाइटहरू सुरक्षित हुन्छन् र जसले व्यक्तिगत डाटा गोप्य राख्छन्। साथै, अज्ञात लिङ्कहरूमा क्लिक गर्नबाट जोगिन र आफ्नो मोबाइल र ल्यापटपको लागि इन्क्रिप्सन सेटअप बारे जान्न जरुरी हुन्छ ।
नयाँ हाइड्रोजन फ्युल सेल डिजेल इन्जिनभन्दा बढी प्रभावकारी
एजेन्सी । हाइड्रोजन फ्युल सेल निर्माता कम्पनी लुप इनर्जीले विकास गरेको नयाँ सेल प्रणाली अहिलेको मूल्य अनुसार डिजेल इन्जिनको तुलनामा सस्तो भएको जनाएको छ । सेप्टेम्बर ५ सम्म युरोपमा डिजेलको मूल्य प्रतिलिटर १.९१ डलर रहेको छ भने हाइड्रोजनको मूल्य प्रतिकेजी १० डलर रहेको छ । ब्रिटिस कोलम्बियामा आधार रहेको ‘द बर्नबे’ कम्पनीका अनुसार नयाँ एस१२०० हाइड्रोजन फ्युल सेल सिस्टम जडित ट्रक १०० डलरको हाइड्रोजनको सहायताले १११ माइल गुड्छ भने सोही डिजेल ट्रक सोही मूल्य बराबरको डिजेल हालेर १०९ माइल मात्रै गुड्छ । पछिल्लो समयमा अटो उद्योगहरुले डिजेल इन्धनबाट सञ्चालन हुने ठूला मालबाहक ट्रकहरुलाई पनि हाइड्रोजन इन्जिनमा परिणत गर्ने कुरामा लगानी गरिरहेका छन् । लामो दुरीसम्म चल्ने ठूला ट्रकहरुमा विद्युतीय ब्याट्र जडान गर्ने कुरा महंगो बनिरहेको छ । हाइड्रोजन इन्धन जडित सेलहरुले निश्चित प्रकृयामार्फत् शक्ति र तापको उत्पादन गर्छ, जसको सहायताले ट्रकको गुड्न सक्छ । हाइड्रोजनको उत्पादन पानीको रासायनिक प्रतिक्रिया गराएर हुन्छ । हाइड्रोजन इन्धन सेलहरुले मुख्यतः २ चुनौतीहरुलाई सामना गरिरहेको छ, पहिलो यो इन्जिन डिजेल इन्जिनको तुलनामा कम प्रभावकारी भएको छ र दोस्रो अहिले युरोपमा यसको भर्ने प्रकृया लगभग अस्तित्वमा छैन । लुप इनर्जीका कार्यकारी प्रमुख नाइल्यान्डले समाचार एजेन्सीलाई हाइड्रोजनको सेल प्रणालीले अगाडि देखिएका २ चुनौतीमध्ये पहिलो चुनौतीलाई सामना गर्ने बताएका छन् । ‘यसले भविष्यतर्फ लक्षित छ, यसले अहिलेको आर्थिक अवस्थामा सिर्जना भएको आवश्यकतालाई पूर्ति गर्न सघाउँछ ।’ नाइल्याण्डले भने की अहिले सो कम्पनीले स्टार्टअप ट्रक निर्माताहरुलाई सो सेल प्रणाली प्रदान गर्ने र ठूला ट्रकहरुलाई मूख्य आपुर्तिकर्ताको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । कम्पनीको सबैभन्दा ठूलो सेयरधनी अमेरिकी इन्जिन निर्माता कमिन्स हो, जसको २० प्रतिशत भन्दा ठूलो हिस्सा रहेको छ ।
भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई ३५ र वाई २२ सार्वजनिक
नेपाल । भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू – वाई३५ र वाई२२ सार्वजनिक गरेको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप अनुभव प्रदान गर्ने कम्पनी बताउँछ । नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका सीईओ माइकलले भने, ‘हाम्रो प्रसिद्ध वाई सिरिजका साथ भिभोले नेपाली युवाहरूको आवश्यकतालाई निरन्तरता पूरा गर्दै आइरहेको छ । यसको उत्कृष्ट विशेषताहरु र उचित मूल्य निर्धारणको कारण प्रयोगकर्ताहरुले वाई श्रृंखलालाई मन पराएका छन् । भिभो वाई ३५ र वाई २२ मा उत्कृष्ट र आकर्षक प्रविधिहरू समावेश छन् । हालै सार्वजनिक भएका यी स्मार्टफोनहरू ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका छन्, र यसले विशाल ब्याट्री, स्टाइलिस डिजाइन, अद्भूत क्यामेरा र थप विशेषताहरुका साथ असाधारण अनुभव प्रदान गर्दछ ।’ भिभो वाई३५ ले प्रयोगकर्ताहरूलाई थप सहज अनुभवको लागि विस्तारित र्याम ३.० अर्थात ८ जिबी र्याममा थप ८ जिबीसम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा दिन्छ, र एउटा एपबाट अर्कोमा बिना कुनै झन्झट सहजै स्विच गर्न सकिन्छ । यसमा ५०००एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसको ५० एमपी ट्रिपल रियर क्यामेराले उच्च गुणस्तरिय तस्विरहरू खिच्छ र व्यावसायिक क्यामेरा जस्तै ठूलो सेन्सरको प्रयोगले आवश्यक प्रकाश प्रदान गर्दछ । यसमा सुपर नाइट क्यामेराका विशेषताहरु छन् जसले प्रयोगकर्तालाई कुनै समस्या बिना नै राती सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ । भिभो वाई२२ मा मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको छ जसले शक्तिशाली र स्मुद कार्यसम्पादन प्रतिज्ञा गर्दछ । यो स्मार्टफोन १८ वाट फास्ट चार्जको साथमा शक्तिशाली ५००० एमएएच ब्याट्रीद्वारा संचालित छ । वाई २२ मा ५० एमपी रियर क्यामेरा छ जसबाटराम्रा तस्बिरहरू लिन सकिन्छ । वाई २२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न क्यामेरा विशेषताहरू पनि उपलब्ध छन् । यसकाे भिडियो फेस ब्यूटी फिचरले सेल्फी वा भिडियोलाई अझ आकर्षक बनाउँछ । दुवै वाई ३५ र वाई २२ मा फेस वेक सुविधाको साथ साइड फिंगरप्रिन्ट स्क्यानर छ । वाई ३५ (८जीवी प्लस १२८जिबी) दुई ट्रेन्डी कलर भेरियन्ट – एगेट ब्ल्याक र डन गोल्ड कलरमा ३० हजार ९९९ रुपैयाँमा उपलब्ध छ । त्यस्तै ४ जिबी र्याम र ६४ जिबी रोम भएको वाई २२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा २२ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।