सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयकः मन्त्री कार्की
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउनुपरेको बताएका छन् । उजले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावमाथिको छलफलका क्रममा उहाँले आमसञ्चारमाध्यमलाई स्वच्छ, पारदर्शी, व्यावसायिक, मर्यादित र उत्तरदायी बनाउन, पत्रकारिताको विकास र सम्वद्र्धन गर्न तथा पेशागत आचारण कायम राख्न आवश्यक महसुस गरी सरकारले विधेयक प्रस्तुत गरेको जानकारी दिए । सदनमा विचाराधीन अवस्थामा रहेको विधेयक राष्ट्रियसभामा दफाबार छलफल भई प्रतिनिधिसभामा प्रस्तुत गरिएको हो । पत्रकारिताका क्षेत्रमा नियमनका लागि साविकको प्रेस काउन्सिल नेपाल भए पनि यसको कार्यक्षेत्र सीमित रहेको र सञ्चारमाध्यमका सबै विधालाई समेट्न नसकेका सन्दर्भमा यो विधेयक अघि बढाएको मन्त्री कार्कीले बताए । उनले भने, ‘विश्वमा नै यस प्रकारको प्रयोग रहेको छ, आसञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन विधेयकको तर्जुमा गरिएको हो । साविकको काउन्सिलले पत्रकारिताका सबै विधालाई सम्बोधन गर्न नसक्ने भएकाले यो विधेयक ल्याउनुपरेको हो ।’ विधेयक पारित भई ऐन लागू भएपछि पत्रकारिता क्षेत्रमा जिम्मेवारी अभ्यास बढ्ने र सञ्चारमाध्यमसँग सम्बन्धित विभिन्न पक्षबीच मतभेद, विवाद र गुनासालाई स्वनियमन प्रणालीद्वारा समाधान गर्न सकिने उनको भनाइ थियो । राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी मन्त्री कार्कीले राखेका प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको छ । रासस
एनसेलले पायो नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट जनवरी–जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको हो । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेलले यो अवार्ड पाएको हो । एनसेलले डाउनलोडमा १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गतिका साथ कुल १७.१६ स्पीड स्कोर प्राप्त गरेको थियो । यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निर्क्योल गरिएको हो । ऊक्लाले जनवरी देखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीडटेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९ सय २९ स्पीडटेस्टलाई तुलना गरेको थियो । ऊक्लाका अनुसार, परिक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबैभन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम भनि पहिचान गरिएका डिभाइसहरूमा लिइएका ‘सबै’ सेलुलर परिक्षणहरू समावेश रहेका छन् । अवार्डका बारेमा आफ्नो धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले विश्वको अग्रणी स्पीड टेस्टिङ कम्पनी ऊक्लाले नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क’ को मान्यता प्रदान गरेकोमा निकै हर्षित भएको बताए । ‘यो अवार्ड हामीले आफ्नो प्रतिवद्धता बमोजिम सेवा प्रदान गरिहेका छौं भन्ने प्रमाण हो, यस अवसरमा हाम्रा सबै सरोकारवालाहरुलाई उनीहरुले विश्वास र ग्राहकहरुलाई सबैभन्दा उच्च गतिको मोबाइल डेटा सेवा प्रदान गर्नका लागि पुर्याएको सहयोग प्रति आभार व्यक्त गर्न चाहन्छु,’ उनले भने । यसै वर्ष मार्चमा एनसेल ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाका लागि ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ अवार्डबाट सम्मानित भएको थियो । त्यसैगरी अप्रिल महिनामा काठमाडौंमा आयोजित १४ औं एचआर मिट सम्मेलनमा एनसेल ‘एक्सिलेन्स् इन इम्प्लोयर ब्राण्ड अवार्ड २०२२’ बाट सम्मानित भएको थियो ।
सिजीको इन्टरनेट र आईपीटिभी मात्र ८१० रुपैयाँमा
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सिजी नेटले स्काईकमसँगको सहकार्यमा आईपीटिभी सेवा सिजिनेट जोडी योजना शुरु गरेको छ । कम्पनीले आइतबारदेखि सिजिनेट मेगा जोडी र सिजिनेट ग्राण्ड जोडी अफरको शुरु गरेको हो । यो सेवा सञ्चालनमा आएसँगै अब ग्राहकले सिजिनेट र आइपीटिभी दुवै सेवा सञ्चालन गर्न पाउने छन् । आइपीटिभी अन्तर्गत २५७ च्यानल उपलब्ध हुने छन् र ती च्यानल मध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन् । ती मध्ये ५० भन्दा बढी इन्टरटेण्टमेण्ट च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल, १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानल लगायतका च्यानलहरु हुने सिजीले जानकारी दिएकाे छ । यस्तै, यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी चयानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन । कम्पनीकाे अनुसार सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन् । यसकाे स्प्रिण्टर जोडी (८० एमबिपिएस प्लस आइपीटिभी) को प्रति महिना ८१० रुपैयाँ, पपुलार जोडी (१५५ एमबिपिएस प्लस आइपीटिभी) को १०५५ रुपैयाँ र रकस्टार जोडी ३०५ एमविपिएस प्लस आइपीटिभी) को प्रतिमहिना १३७४ रुपैयाँ शुल्क लाग्नेछ । त्रैमासिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमबिपिएसको साथमा आइपीटिभीको २ हजार ६४०, पपुलार जोडी एमबिपिएसको साथमा आइपी टिभीको ३ हजार ७५० रुपैयाँ र रक स्टार जोडी ३०५ एमबिपिएसको साथमा आइपी टिभीको ९ हजार ७२० रुपैयाँ शुल्क लाग्ने छ। यस्तै वार्षिक योजना अनुरुप स्प्रिण्टर जोडी ८० एमबिपिएसको साथमा आइपी टिभीको ९ हजार ७२० रुपैयाँ, पपुलार जोडी एमबिपिएसको साथमा आइपी टिभीको १२ हजार ६६० र रक स्टार जोडी ३०५ एमबिपिएसको साथमा आइपी टिभीको १६ हजार ४८८ शुल्क लाग्ने छ । यो दरमा १३ प्रतिशत भ्याट जोडिने कम्पनीले जानकारी दिएकाे छ । सेटप बक्सका लागि ग्राहकले एक पटक २६ सय शुल्क तिर्नु पर्ने छ । सिजी डिजिटलले सिजि नेट गको सहकार्यमा सार्वजनिक गरेको सिजी ग्राण्ड जोडी अफर अन्तर्गत ग्राहकले दुई फरक स्मिक प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले ८० एमबिपिएस र आइपिटिभीका साथमा ४३ इन्चको सिजी टिभी ३५ हजार ९९९ रुपैयाँमा र ८० एमबिपिएस र आइपिटिभीका साथमा ३२ इन्चको सिजी टिभी २५ हजार ४९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । ग्राहकले यी जोडी प्याकेजहरु सिजी नेट कार्यालय, सिजी डिजिटल आउटलेट, सिजिनेट वेवसाइट, फोन सम्पर्क वा दराज अनलाइन मार्फत प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार ४० हजारभन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौडा, बुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमुख शहरहरुबाट यो सेवा निश्चित गरिसकेका छन् ।