डिशहोम फाईबरनेटको ईन्टरनेट प्याकेज ८७० रुपैयाँमा

काठमाडौं । डिशहोम फाईबरनेटले नयाँ ब्याण्डविथको साथ आकर्षक मुल्यमा ईन्टरनेट प्याकेजहरुको साथ फेस्टिभ फाइबरनेट अफर ल्याएको छ । यस अफरले मात्र ८७० रुपैयाँ प्रति महिना पर्ने २०० एमबिपिएसको ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना ५९५ रुपैयाँमा ७५ एमबिपिएस, ६८७ रुपैयाँमा १०० एमबिपिएस, ८२४ रुपैयाँमा १५० एमबिपिएस र ९१६ रुपैयाँमा २५० एमबिपिएसका प्याकेजहरु उपलब्ध रहेको छ । यो प्याकेज अफरमा एक वर्षको जडान गर्ने ग्राहकहरुले फाइभजि डुयल ब्याण्ड राउटर पनि सित्तैमा पाउनुको साथै ईन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकले २५० रुपैयाँ प्रति महिनामा डिशहोम आई टि।भीको सेवा पनि लिन पाउनेछन् ।

स्मार्टफोनलाई सुरक्षित राख्न कसरी सेटिङ गर्ने ?

एजेन्सी । जब तपाइँ नयाँ स्मार्टफोन लिनुहुन्छ, तपाइँले फोनको स्क्रिनमा गुगल म्याप, व्हाट्सएप, फेसबुक जस्ता धेरै प्रकारका एपहरू पहिले नै देख्नु भएको छ। यी एपहरू गुगल प्ले स्टोरबाट डाउनलोड गर्नुको सट्टा मोबाइल फोन कम्पनीले पहिल्यै नै इन्स्टल गरिदिएको हुन्छ । यद्यपि, त्यहाँ यी मध्ये केही पहिल्यै नै इन्स्टल गरिएका एपहरू हुन सक्छन् जसले तपाईंको व्यक्तिगत गोपनियतालाई चोरी गर्न सक्छ । जानीजानी वा अनजानमा, तपाईंले यी एपहरूलाई कन्ट्याक्ट, मेसेज, फोटो ग्यालेरी, स्थान जस्ता धेरै व्यक्तिगत जानकारीहरूमा पहुँच दिनुभएको दिनुभएको त छैन ? यी एपहरू अनइन्स्टल गर्न सकिँदैन, तर तिनीहरूलाई डिसेबल गरेर, तपाईं आफ्नो व्यक्तिगत जानकारी चोरी हुनबाट जोगाउन सक्नुहुन्छ। यसका लागि तपाईंले फोनको डिफल्ट सेटिङ परिवर्तन गर्नुपर्छ। साथै, मोबाइलमा कम्पनीले नै इन्स्टल गरिदिएका ब्राउजरहरुलाई सतर्क रहेर प्रयोग गर्न सकिन्छ । डिफल्ट सेटिङ परिवर्तन गर्नुहोस यदि तपाईंले नयाँ फोन लिनुभएको छ वा पहिले नै स्मार्टफोन प्रयोग गर्दै हुनुहुन्छ भने, त्यसको डिफल्ट सेटिङमा जानुहोस् र त्यसलाई परिवर्तन गर्नुहोस्। यस्तो पनि हुनसक्छ कि ती एपहरुमार्फत् तपाईंको गोपनियता सेयर भइरहेको हुनसक्छ, जुनकुरा तपाईंलाई थाहा हुँदैन । प्राविधिक विज्ञहरूका अनुसार प्रिइन्स्टल गरिएका एपहरू स्मार्टफोन निर्माताहरूले हटाउन सक्दैनन्। यी एपहरूको पहुँच फोनबुक, फोटो ग्यालेरी, सम्पर्कहरूमा बनाइएको हुन्छ । यस्तो अवस्थामा यी एपहरू प्रयोग गर्नु अघि डिफल्ट सेटिङ परिवर्तन गर्न आवश्यक छ। लोकेसन सेटिङ र रिक्वेस्ट ट्रेकिङलाई अफ गर्नुहोस । त्यसैगरी फेसबुक मेटा सेटिङमा रहेको प्राइभेसी चेकर टुल मार्फत तपाईको रिलेसन र अन्य जानकारीलाई सेयर हुनबाट रोक्न सक्नुहुन्छ। हामीले फोनको पहिल्यै इन्स्टल भएका ब्राउजर प्रयोग गर्नबाट जोगिनै पर्छ, किनकि यसले व्यक्तिगत जानकारी, साथै अनावश्यक विज्ञापनहरू ट्र्याक समेत ट्रयाक गर्दछ। किनमेल, डेलिभरी र सवारी जस्ता एपहरूलाई मात्र स्थान अनुमति दिनुहोस्। धेरै पहिल्यै इन्स्टल भएका कतिपय एपहरु अपडेट हुँदैनन, यस्ता एपहरु तुरुन्तै डिसेबल गर्न उपयुक्त हुन्छ । प्रि-इन्स्टल एपहरुलाई कसरी डिसेबल गर्ने ? प्रि-इन्स्टल एपलाई डिसेबल गर्न, स्मार्टफोनको सेटिङहरूमा जानुहोस्। त्यहाँ, एप्स र नोटिफिकेसनमा गएर डिफल्ट एपमा क्लिक गर्नुहोस्, जसले सबै प्रि-इन्स्टल एपहरुको सूचीलाई मात्रै देखाउँछ । यसमा, तपाईंलाई नचाहिने एपमा क्लिक गर्नुहोस्, जसले डिसेबल र फोर्स स्टप को अप्सन प्रदान गर्छ । यसमा तपाईंले डिसेबल मा क्लिक गर्नुपर्नेछ। यस तरिकाले तपाइँ प्रिइन्स्टल एपलाई रोक्न सक्नुहुन्छ। यी तरिकाहरूमा, तपाईं स्मार्टफोनमा आफ्नो गोपनीयता कायम राख्न सफल हुन सक्नुहुन्छ। अनावश्यक एपहरूमा पहुँच नदिनुहोस् तपाईंले प्रि-इन्स्टल एप प्रयोग गर्नुहोस् वा नगर्नुहोस्, यसलाई अपडेट गरिरहनु महत्त्वपूर्ण छ। अत्यावश्यक बाहेकका एपका कारण फोनको डाटा सँधै भरीई रहन्छ । यी एपहरू खोल्ने बित्तिकै तिनीहरूले प्रयोगकर्तासँग एक्सेसको लागि सोध्छन्। यद्यपि, आईओएस र एन्ड्रोइड ११ मा पहुँच प्रदान गर्ने वा नगर्ने विकल्प छ। यदि तपाईंले म्यासेज, कन्ट्याक्ट र फोटो ग्यालेरीको आवश्यकता नभएको एप फेला पार्नुभयो भने यसलाई त्यहाँ रोक्नुहोस्। यदि कुनै एप चलाउँदा अनावश्यक रुपमा अन्य एपमा एक्सेस माग्छ भने त्यहाँ नेर आशंका गर्न सकिन्छ की सो एपले तपाईंको डाटा चोरी गरिरहेको छ । एप र फोन अपडेट राख्नुहोस् सधैं स्मार्टफोनलाई सबै एपहरू अपडेट अवस्थमा राख्नुहोस्, किनकि गुगल वा एप्पलले अपडेटहरूसँग जोडिएर सुरक्षामा देखिएका समस्याहरुको समाधान गर्ने गर्छन् । यसले एपको विश्वसनीयता र वैधता राम्रो भएको देखाउँछ। यदि एपको अपडेट भर्सन छैन भने यो भाइरस हुन सक्छ। यदि तपाईंले कुनै एपमा पहुँच दिनुभएको छ भने, तपाइँ सेटिङहरूमा गएर यसलाई परिवर्तन गर्न सक्नुहुन्छ, जस्तै लोकेसन एक्सेसलाई एक पटक खोल्नुहोस् ताकि त्यो एपले ब्याक ग्राउण्डमार्फत् तपाइँको लोकेसन ट्रयाकिङ गरिरहन सक्दैन ।

एप्पलले सेप्टेम्बर ७ मा लञ्च गरेको आइफोन १४ प्रो म्याक्स कस्तो छ ?

एजेन्सी । एप्पलले सेप्टेम्बर ७ मा आईफोन १४ सिरिज लन्च गरेको छ । एप्पल आइफोन १४ सिरिजअन्तर्गत आइफोन १४, आइफोन १४ प्लस, आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स लन्च गरिएको छ । आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स हाइ(एन्ड फोनहरूको युगमा प्रस्तुत गरिएको छ। आइफोन १४ प्रो म्याक्स को प्रारम्भिक मूल्य २ लाख २३ हजार ८ सय ४० राखिएको छ । आईफोन १४ प्रो म्याक्सलाई डायनामिक आइल्याण्ड अर्थात् पिल शेप होल पंच कटआउटको साथ ल्याइएको छ। आइफोन १४ प्रो म्याक्समा ६.७ इन्चको सुपर रेटिना एक्स डि आर ओलेड डिस्प्ले राखिएको छ । जसको २७९६१२९० पिक्सेलको रिसोलुसन र १२० हर्जको प्रो–मोसन प्रविधिको रिफ्रेस रेट रहेको छ । आइफोन प्रो म्याक्सको नयाँ चिपसेट ए१६ बायोनिक मार्फत सुसस्ज्जित गरिएको छ भने यसमा ६ कोर सीपीयु ( २ पर्फमेन्स र ४ एफीसीएन्सी कोर) रहेको हुन्छ । त्यस्तै फोनको प्रोसेसरमा ५ कोर ग्राफिक्स पनि जडान गरिएको छ ।