फेसबुकको नाम ‘फेसबुब’ राखे जुकरबर्गलाई १ अर्ब डलर दिने एलन मस्कको प्रस्ताव

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटर (एक्स) का सञ्चालक एलन मस्कले फेसबुकको नाम परिवर्तन गरी ‘फेसबुब’ राखे फेसबुक सञ्चालक मार्क जुकरबर्गलाई १ अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरेका छन् । ‘फेसबूबमा लगइन गर्दा सबैजना कति खुसी हुनेछन् भनेर सोच्नुहोस्,’ मस्कले भनेका छन्, ‘मैले पहिले नै नयाँ साइट लोगोका लागि केही उत्कृष्ट विचार लेखेको छु, थोरै भए पनि मानवताका लागि राम्रो गर्ने प्रयास गर्नुपर्छ ।’ यो प्रस्ताव मस्कले विकिपिडियाका प्रमुखलाई अनलाइन सन्दर्भ साइटको नाम परिवर्तन गरी विकिपिडियासँग मिल्दोजुल्दो कुरामा परिवर्तन गर्न गरेको समान प्रस्तावमा आउँछ । फेसबुक सञ्चालक जुकरबर्गले ‘थ्रेड्स’ मा मस्कलाई जवाफ दिएका छन् । त्यसपछि जुकरबर्गले यसलाई अरूहरूले देखुन् भनेर ट्वीटर ९एक्स० मा पोस्ट गर्नुपरेको थियो । ‘जब एलनले फोन गरेर मलाई हाम्रो नाम परिवर्तन गर्न १ अर्ब डलर दिने प्रस्ताव गरे, मलाई लाग्यो कि उनले ठट्टा गरिरहेका छन्,’ फेसबुक सञ्चालक जुकरबर्गले ट्वीटरमा लेखेका छन् ‘तर, उनले यसलाई जान दिएनन् र अन्ततः मैले महसुस गरेँ कि उनी यसबारे गम्भीर छन् । यदि मैले एक मिनेटका लागि यसलाई विचार गरिनँ भने म झुटो बोल्छु ।’ प्रिन्ट टाइमका रूपमा मस्कले फेसबुक सञ्चालक कम्पनी मेटाको नाम ‘फेटा’ मा परिवर्तन गर्ने र यसलाई ग्रीक चीज कारखानामा परिणत गर्ने प्रस्ताव पनि गरेका थिए । तर, जुकरबर्गले मस्कको प्रस्ताव अस्वीकार गरेका थिए ।

एनसेलले गर्यो एसियाली पारा खेलकुदमा एतिहासिक पदक विजेता पलेशा गोवर्धनको सम्मान

काठमाडौं । एनसेलले एसियाली पारा खेलकुदमा एतिहासिक पदक विजेता पलेशा गोवर्धनको सम्मान गरेको छ । हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको हो । पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । पलेशाले चीनको हाङझावमा आयोजना भएको एसियाली पारा खेलकुदमा तेक्वान्दो खेलमा महिलातर्फ के–४४, ५७ केजी मुनिको क्याटगोरीमा इतिहास रच्दै कास्य पदक जितेकी थिईन् । यो नगद पुरस्कार उनको जित र व्यक्तिगत उपलब्धिको सम्मान हो । यस बाहेक एनसेलले राष्ट्रिय पारालिम्पिक समिती (एनपीसी) नेपालसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ । एनसेलले बुधबार नेपालका लागि ऐतिहासिक जित हासिल गरेकोमा पलेशालाई बधाई तथा शुभकामना दिन विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको हो । नेपालका लागि पलेशाको उपलब्धिबाट उत्साहित, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘पलेशाको यो एतिहासिक उपलब्धिबाट हामी हर्षित छौं । यो जित नेपालका पारा–एथलीटहरूको उत्कृष्ट प्रदर्शनको नतिजा हो । पलेशा र अन्य सबै पारा खेलाडीहरूले हामी सबैलाई प्रेरित गरेका छ र पारा टोलीलाई हाम्रो समर्थन जारी राख्न पाउनु सम्मानको कुरा हो । एनपीसीसँगको हाम्रो सहकार्यले पलेशा जस्ता सच्चा नायक पारा खेलाडीहरूलाई प्रेरणा प्रदान गर्ने उदेश्य राखेको छ र हामी समावेशीतालाई सदा कदर गर्दै यसका लागि प्रतिबद्ध छौं ।’ ‘एसियाली पारा खेलकुदबाट पहिलो पटक देशको लागि पदक जितेर देशको लागि ल्याउन पाएकोमा म गौरवान्वित छु । हामी जस्ता पारा खेलाडीहरुको विकास र प्रशिक्षणको लागि एनसेलले गरेको सहयोगको लागि म हामी सबै पारा खेलाडीहरुको तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहन्छु र एनसेल र एनपीसीको यो सहकार्य दीर्घकालीन रहोस् भन्ने कामना गर्दछु । पारा खेलाडीहरुको विकासका लागि भएको यो सहकार्यले आगामी दिनमा अझ धेरै पारा खेलाडीहरु लाभान्वित हुने र देशका लागि थप अन्तरराष्टिय सफलता दिलाउने विश्वास लिएको छु’, पलेशाले भनिन् । पलेशाले चाइनाकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा देशको लागि कास्य पदक ल्याउन सफल भएकी थिइन् । यो वर्ष एसियाली पारा खेलकुदमा एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस गरि विभिन्न १० खेलका विधामा  हाम्रा १९ जना पारा खेलाडीहरुले आफ्नो देशको प्रतिनिधित्व गरेका थिए । देशको विभिन्न कुनाबाट, थुप्रै चुनौतीहरु पार गदै आफ्नो सपना प्रति दृढ विश्वासका साथ अधि बढेका हाम्रा पारा खेलाडीहरुकोे खेल प्रतिको उहाँहरुको लगनशिलता र इच्छा शक्तिको एनसेल हार्दिक सम्मान गर्दछ । एनसेलले गत भदौ ३१ गते आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो । यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूकोे समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्नेछ ।

भिभो भी२९ फाइभजी नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं । विश्वव्यापी प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोले आज भी सिरिजको नयाँ स्मार्टफोन भी२९ई फाइभजी सार्वजनिक गरेको छ । यो स्मार्टफोन मात्र ४२ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ भने कात्तिक १६ देखि कार्तिक १९ सम्म भी२९ई फाइभजीको प्रि–बुकिङ खुल्ला गरिएको छ । यो शानदार भी२९ई फाइभजीको प्रि–बुकिङ गरी ग्राहकहरुले ३ हजार ९ सय ९९ मूल्य बराबरको रिभरसङ्ग इयरबड प्राप्त गर्न सक्नेछन् । साथै, कार्तिक २० देखि यो स्मार्टफोन बिक्रीका लागि उपलब्ध हुनेछ । भिभो भी२९ई फाइभजीले स्टुडियो जस्तो दृश्य अनुभव प्रदान गर्दछ । भी२९ई फाइभजीमा स्मार्ट औरा लाइट पोट्र्रेटको साथै १ सय २० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ । यो स्मार्टफोन टेक्नोलोजिकल पावरहाउस हुनुका साथै एउटा फेसन स्टेटमेन्ट पनि हो । यो दुई उत्कृष्ट कलर भेरियन्ट – रोज गोल्डमा नानो–स्केल फोटोएचिङ टेक्निक र फरेस्ट ब्ल्याक लिभरेजिङ फ्लोराइट एजी ग्लासमा उपलब्ध छ । स्लिम फ्ल्याट फ्रेम र ६.६७ इन्चको स्क्रिन साइजका साथ, हालै लन्च गरिएको भिभो भी२९ई फाइभजीमा ६४एमपी ओआइएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, स्मार्ट औरा लाइट पोट्र्रेटको साथ स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, १२० हर्जको एमोलेड डिस्प्ले लगायतका आकर्षक विशेषता छन् । २४०० × १०८० रिजोलुसन र १२० हर्ज रिफ्रेस रेटको साथ आकर्षक तस्वीर र भिडियो प्रदान गर्दछ । यसमा क्वालकम स्न्यापड्रेगन ६ सय ९५ प्रोसेसर रहेको छ । ४ हजार ८०० एमएएच ब्याट्री रहेको छ जुन लामो समयसम्म चार्ज टिक्छ साथै यसमा ४४ वाटको फ्ल्यास चार्ज पनि रहेको छ । ८जीवी र्याम + २५६जीवी रोम तथा ८जीवी र्याम + ८जीवी एक्सटेन्डेड र्याम पनि रहेको छ । यो स्मार्टफोन ग्राहकहरुले नजिकैको रिटेल स्टोर र इकमर्स साइटबाट कात्तिक २० देखि खरिद गर्न सक्नेछन् ।