भिभो स्मार्टफोनहरूमा विशेष प्रि–फेस्टिभल अफरहरू

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोले आफ्ना तीनवटा नयाँ स्मार्टफोनहरूमा दशैं तिहार विशेष प्रि–फेस्टिभल अफरहरूको घोषणा गरेको छ । प्रि–फेस्टिभल अफरहरू सीमित स्मार्टफोनहरु–भी२७ फाइभजी, ट्रेन्डसेटिङ वाई३६ र स्टाइलिस वाई०२ मा सिमित अवधि अर्थात सेप्टेम्बर २०२३ को अन्त्यसम्म मात्र उपलब्ध हुनेछन् । यी आकर्षक अफरहरू देशभरका भिभोको रिटेल आउटलेटहरू र विभिन्न इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको छ र उपभोक्ताहरू त्यहाँ गएर यसको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । भिभो भी२७ फाइभजी भिभो भी२७ फाइभजीमा फ्ल्यागशीप सोनी आइएमएक्स सेभेन सिक्ससिक्स भी सेन्सर क्यामेरा रहेको छ, जसले गर्दा प्रयोगकर्ताहरुले कम प्रकाशमा पनि आकर्षक पोट्र्रेटहरू खिच्न सक्छन् । यसको ५०एमपी अटोफोकश सेल्फी क्यामेराबाट उत्कृष्ट फ्रन्ट–फेसिङ फोटोग्राफी गर्न सकिन्छ । साथै, इमर्सिभ भिजुअलहरूका लागि यो स्मार्टफोनमा निकै आकर्षक १२० हर्ट्जको थ्रीडी कर्भ स्क्रिन रहेको छ जुन शक्तिशाली डाइमेन्सिटी ७२०० प्रोसेसरद्वारा संचालित छ । ८जीवी र्याम र २५६ जीवी स्टोरेजको साथ यसमा विशाल ४६०० एमएएच ब्याट्री रहेको यस स्मार्टफोनमा द्रुत चार्जिंगका लागि ६६वाट को फ्ल्यासचार्ज छ जसले सहज अनुभव सुनिश्चित गर्दछ । यस स्मार्टफोनमा इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहेको छ जसले गर्दा फोनलाई सहजै अनलक गर्न सकिन्छ साथै यसमा भएको फनटच ओइस १३ ले प्रयोगकर्ताहरुको स्मार्टफोन अनुभव वृद्धि गर्दछ । रु ५८,९९९ मुल्य रहेको यो उत्कृष्ट स्मार्टफोन अफर अवधिभरि घटेको नयाँ मुल्य रु ५६,९९९ मा उपलब्ध हुनेछ । वाई३६ भिभो वाई३६ फेन्टासी फ्रेम र प्रिमियम क्रिस्टल ग्लासको साथ आकर्षक डिजाइनमा आउँछ । यसमा भएको गोल्डेन रिपल प्रोसेस र २.५डी फ्ल्याट फ्रेमले गर्दा फोनलाई आरामदायी ढंगबाट बोक्न सकिन्छ । यो स्टाइलिस स्मार्टफोनमा ४४ वाटको फ्ल्यासचार्ज र ५००० एमएएचको विशाल ब्याट्री रहेको छ जसले वृहत प्रयोगको साथसाथै कार्यक्षमता र सौन्दर्यशास्त्रको राम्रो संयोजन गरेको छ । यसमा क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ जसले स्मुद पर्फमेन्श सुनिश्चित गर्दछ । स्पष्ट तस्वीरहरु खिच्नका लागी यसमा ५० एमपी एचडी मुख्य क्यामेरा र २एमपी बोकेह क्यामेरा रहेको छ भने १६एमपी एचडी फ्रन्ट पोट्र्रेट क्यामेराको साथ उत्कृष्ट सेल्फ– पोट्र्रेटहरू मज्जाले खिच्न सकिन्छ । सिमलेस अनुभवका लागी यसमा फनटच ओएस१३ रहेको छ । यस उत्कृष्ट स्मार्टफोनको मूल्य सिमित अवधिका लागि रु. २८,९९९, बाट घटेर रु. २७,९९९ भएको छ । वाई०२ भिभो वाई०२ ले २.५डी ट्रेण्डी डिजाइनको साथ कार्यक्षमता र स्टाइललाई समिश्रण गर्दै एक आकर्षक स्मार्टफोन बनाएको छ भने ६.५१ इन्च एचडी+ आई प्रोटेक्शन स्क्रिनले भिजुअल अनुभवलाई वृद्धि गर्दछ । ५००० एमएएच ब्याट्री र कुशल अक्टा–कोर प्रोसेसरको भएको यो स्मार्टफोनले उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । यसमा ३जीवी र्याम र ३२ जीवी इन्टरनल स्टोरेज रहेको छ जसबाट सहज रुपमा मल्टिटास्किङ गर्नु सकिन्छ र कन्टेन्टका लागि पनि पर्याप्त स्पेश पुग्नेछ । यो स्मार्टफोनमा रहेको ५एमपी अटोफोकस फ्रन्ट क्यामेराबाट आकर्षक सेल्फी खिच्न सकिन्छ र ८एमपी रियर क्यामेराको साथ आफ्नो बहुमूल्य क्षणहरूलाई कैद गर्दै समग्र अनुभव वृृद्धि गर्न सक्ने कम्पनीले जनाएको छ । किनकी यो स्मार्टफोनमा तपाइँको समग्र अनुभव वृद्धि गर्ने क्षमता छ । रु १३,४९९ पर्ने यो स्मार्टफोन अफर अवधिभरि सुलभ मुल्य रु १२,९९९ मा नजिकैका भिभोको रिटेल स्टोरहरुबाट किन्न सकिने छ ।

चीनद्वारा याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

एजेन्सी । चीनले याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ । आईतवार चीनको दक्षिणपश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो । स्याटेलाइट याओगान—३९ बोक्ने लङ मार्च— टुडी रकेटले बेइजिङको समयानुसार सवा १२ बजे उडान भरेको थियो । आईतवारको प्रक्षेपण लङ मार्च रकेट श्रृङ्खलाद्वारा गरिएको ४८८ औं मिसन थियो ।

महिलाले बच्चा जन्माउने युगको अन्त्य ! कृत्रिम गर्भासयमा बच्चा बनाउने तयारीमा बैज्ञानिक

तस्बिर : द गार्डियनबाट काठमाडौं । वैज्ञानिकहरू कृत्रिम गर्भबाट नवजात शिशुको विकास गर्ने प्रक्रियाको धेरै नजिक पुगेका छन्। अमेरिकाको स्वास्थ्य र मानव सेवासँग सम्बन्धित एजेन्सी फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले क्लिनिकल परीक्षणसँग सम्बन्धित मुद्दाहरूमा अर्को हप्ता महत्त्वपूर्ण बैठक गर्ने भएको छ। वास्तवमा, मानव शिशुहरूमा परीक्षणको लागि एफडिएको अनुमति आवश्यक हुनेछ। अधिकारीहरूका अनुसार एजेन्सीले हाई प्रोफाइल निर्णय लिनु अघि बाह्य सल्लाहकारहरूको राय लिन्छ। यसले कृत्रिम गर्भमा मानव परीक्षण कसरी गर्ने भनेर छलफल गर्नेछ। एफडिएका अनुसार सेप्टेम्बर २० बाट हुने दुई दिने विज्ञहरुको छलफलमा प्रि म्याचुर रुपमा जन्मिने बच्चाहरुलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा छलफल हुने बताइएको छ । भिटारा बायोमेडिकल कम्पनीले यसका लागि काम गरिरहेको छ यसअघि सन् २०१७ मा पनि वैज्ञानिकहरूले यही विधि प्रयोग गरेर भेडाको परीक्षण गरेका थिए । यसको परीक्षणको माध्यमबाट वैज्ञानिकहरू आधुनिक औषधिको माध्यमबाट समयपूर्व जन्मिएका शिशुहरूलाई स्वस्थ राख्न प्रयासरत छन्। फिलाडेल्फियास्थित भिटारा बायोमेडिकल कम्पनीले पनि यसका लागि काम गरिरहेको छ । भिटाराको कृत्रिम गर्भ प्लाष्टिकको झोला जस्तै हो । यसमा ट्युबहरू जोडिएका छन्, जसको मद्दतले ताजा एम्नियोटिक तरल अक्सिजन, रगत र औषधिहरू भ्रूणमा पठाउने काम गरिन्छ । वैज्ञानिकहरूले गर्भावस्थाको २३ देखि २५ हप्ताको बीचमा जन्मेका प्रि(म्याच्योर बच्चाहरूलाई कृत्रिम गर्भको सहायताले हुर्काउनेछन्। यसबाट बच्चाहरूको फोक्सो अझै केही सातासम्म सामान्य रूपमा विकास गर्न सकिने बताइएको छ। यस्ता बच्चाहरुलाई भेन्टिलेटरमा राखिन्छ र अभिभावकहरुलाई प्रविधिको जोखिमको बारेमा पनि सूचित गरिन्छ । यो प्रविधिको सहायताले संक्रमण, मस्तिस्कमा हुनसक्ने खराबी र मुटुको चाललाई नियन्त्रण गर्न मद्दत पुर्याउँछ ।