एनसेल मेला चार शहरमा हुने, फोरजी केन्द्रित मनोरञ्जन मेला पुस ८ गतेबाट सुरु

काठमाडौं । एनसेलले देशको विभिन्नचार शहरहरुमा यहि पुस ८ देखि एनसेल मेला २०७४को आयोजना गर्ने भएको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोड व्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, एनसेलले पोखरा, विराटनगर, बुटवल र ललितपुरमा एनसेल मेला आयोजना गर्न लागेको जनाएको छ । यी चारै शहरहरुमा एनसेलले छोटो अवधिमा नै आफ्नो फोरजी सेवाविस्तार गरिसकेको छ । आयोजना हुन गइरेहको मेलामा गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधीहरु फोरजी थिममा आधारित हुने र आगन्तुक तथा दर्शकहरुले चर्चित गायक तथा सांगीतिक समुहहरुको प्रस्तुतिहरुबाट भरपुर आनन्दलिन सक्ने एनसेलले जनाएको छ । एनसेल मेला यही पुस ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा आयोजना गरिने छ । त्यस्तै, १५ गते विराटनगरको हाटखोलामा, पुस २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुस २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना हुनेछ । यीप्रत्येक शहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्ट सहित साँझ ६.३० सम्म चल्ने छ । मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । चर्चित कलाकार तथा सांगीतिक समुहहको प्रस्तुती, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केहीविषेश आर्कषणहरु हुन् । स(सानाबालबालिकाहरुको गायनप्रतिभाउजागर गर्न मेलामा ‘लिटल नेपाली आइडल’ कार्यक्रमको पनि आयोजना गरिनेछ । मेलाको अरु आकर्षणहरु पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरु हुनेछन् भने बालबालिकाहरुका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणहरु रहनेछन् । मेलामाकलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), सांगीतिक समुहहरुमा कबवेभ, द एज र स्याडोज्ले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनर अप अनिमेश शाहीले पनि मेलामा भागलिने छन् । त्यसैगरी, मेलाको अरु आकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् । “हामी सन् २०१७ को बिदाई नजिक छौ । यो समय भनेको सबै साथीभाई र परिवारजनसँग खुसीयाली साट्दै नयाँ वर्ष २०१८ को स्वागतगर्ने बेला हो,” एनसेलका प्रमुख कर्मशियल अधिकृत कोकलियोङ् यापले भने । “हामीलाई आशा छ सबै जनाआ(आफ्ना साथीभाई र परिवारका साथ यो मेलामा सहभागिभई रमाईलो गर्नु हुनेछ । मेलामाचर्चित कलाकारहरुको प्रस्तुतिबाहेक अन्यथुप्रै रमाईला कार्यक्रमहरु पनि समावेश गरिएका छन् । मेलामाआउननसक्नेहरुले पनिहाम्रो १९ शहरहरुमा फैलिएको फोरजी नेटवर्क मार्फत ‘योण्डर म्युजिक’ र ‘आईफ्लिक्स’मुभिज्को मजालिनुहुनेछ भन्ने आशालिएका छौ । ”

न्यायाधीशविरुद्ध ९२ वर्षीया वृद्धाको उजुरी, पैसामा बिकेको आरोप

काठमाडौं । ललितपुर जिल्ला अदालतका एक न्यायाधीशमाथि आर्थिक प्रलोभनमा परी फैसला सुनाएको आरोपसहित ९२ वर्षीया एक वृद्धाले न्याय परिषद्, कानुन मन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष ‘इन्साफ बेच्ने कार्य रोकी पाउन’ उजुरी दिएकी छन् । उजुरी दिएको एक वर्ष भन्दा बढी समय व्यतित भइसक्दा पनि त्यसमा सुनुवाइ भएको छैन । आफ्नो स्वामित्व कायम हुने ललितपुर इमाडोलको जग्गालाई हकदावी नै नपुगेका र कानुनी आधार नै नभएका व्यक्तिको नाममा ती न्यायाधीशले हक स्थापित गरिदिएपछि फैसलामा न्यायाधीशबाट गम्भीर त्रुटि भएको दाबीसहित आशामाया गोर्खाली श्रेष्ठले उजुरी दिएकी हुन् । ललितपुर जिल्ला इमाडोलको ८ क कि. नं ६९ को एक रोपनी जग्गाको स्वामित्व विवादमा चलेको मुद्दामा २०७२ चैत ३० गते गरिएको निर्णयमाथि ललितपुर जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्यालविरुद्ध उजुरी परेको हो । काठमाडौं चिकंंमुगल वडा न २० बस्ने आशामायाले ललितपुर जिल्ला अदालतले २०७२ चैत ३० मा विपक्षीका सम्पूर्ण रूपले बनावटी र सिर्जित लिखतलाई आधार मानी वादीलाई जसरी पनि हराउने नियतले कानुनी व्याख्यामा समेत जानाजानी गम्भीर त्रुटि गरेको आरोप आफ्नो उजुरीमा लगाएका छन् । जग्गा दर्ताका लागि २०६६ भदौ १९ गते दिएको निवेदनमाथि मालपोत कार्यालयबाट कुनै कार्वाही अघि नबढाइए पछि दोस्रो चोटि २०७० मङ्सिर २५ मा निवेदन दिएकामा उक्त जग्गा राम बहादुर बाबुका छोरा काठमाडौं महानगरपालिका वडा नं १३ निवासी ५७ वर्षीय नरोत्तम बाबुको नाममा २०६८ चैत्र ३ को निर्णयले दा। खा। नामसारी भइसकेको जानकारी पाएपछि स्तब्ध बनेकी आशामाया अदालत गुहार्न पुगेकी थिइन् । विपक्षीद्धारा लगत भिडाउन प्रस्तुत कागजातसँग विवादित जग्गाको चार किल्ला तथा क्षेत्रफल मिल्दैन र पेस गरिएको १९९२ सालको लगतसँग उनका पिता भनिएका व्यक्तिको नाम र वतनसँग मिल्दैन र भिड्दैन । लुभु नासल बस्ने रामबहादुर श्रेष्ठको उनाउ व्यक्तिको लगत जालसाजी गरेर नरोत्तम बाबुले किर्ते कागज बनाएको पीडित महिलाले आरोप लगाएकी छन् । उनको लगत बमोजिम पिता भनिएका व्यक्ति पाँच वर्षका देखिने र पाँच वर्षका बालक मालपोत कार्यालयमा गई सही दस्तखत गर्ने कल्पना पनि गर्न नसकिने आशामायाको दलील छ । आशामायाका अनुसार १९९५ सालदेखि हालसम्मका जग्गाधनीका तीन पुस्ताका र मोहीका तीन पुस्ताका लिखतहरु तथा तत्कालीन भूमि प्रशासन कार्यालयमा रहेका अकाट्य प्रमाणहरुलाई फैसला सुनाउँदा नजरअन्दाज गरिएको छ । रामबहादुर भन्ने ससुरा विष्णुलाललाई १९९९ वैशाख ३१ मा मोही वंसलालले गरिदिएको कूत कबुलियतनामा लिखत र पारसिं ज्यापूले गरिदिएको सोही चार किल्ला उल्लेख भएको फाछ्र्यापत्रको लिखतलाई आशामायाले आफ्ना प्रमाणका रुपमा अघि सारेकी छिन् । वंशलालसँग ज्यापूले गरिदिएको कूत कबुलियतनामाको लिखतमा उल्लेख गरिएका चारकिल्लामा रहेका किल्ला अहिले उक्त जग्गाको नापीको फिल्ड नक्शामा उल्लिखित चारकिल्ला रहेको कित्ताका साविक जग्गावाल र निजहरुका हकवालाहरुकै नाममा दाःखा. नामसारी भएको हो । ललितपुर केरुगाउँ बस्ने मोही वंशलाल ज्यापूसँग १९९९/१/३१ मा कूत कबुलियतनामा गर्दा उक्त जग्गाको फिल्डबुकमा मोहीका नाममा उल्लेख भएका टिकाचा ज्यापूले साक्षी बसी ल्याप्चे सहिछाप गरेको पीडितको भनाइ छ । उजुरीमा काठमाडौँ वडा नं १३ बाट स्थलगत सर्जमिन नै नगराई राम बहादुर बाबु राजवंशीको नाम राम बहादुर श्रेष्ठ हो भनी विपक्षीहरूले कोरा सिफारिशपत्र बनाई हक स्थापित हुुने जग्गाको लगत, मोठ, तिरो, खला, मौजा, कूतकबुलियतनामा, आफ्नो पुर्खाका नाममा के कसरी उक्त जग्गा आएको हो भन्ने प्रमाण विना नै निवेदन दिएको उल्लेख छ । आशामायाले उजुरीमा भनेकी छिन् – कार्यविधि कानुनका तीन आधार स्तम्भ हकदैया, हदम्याद र क्षेत्राधिकारमध्ये कुनै एक आधारबाट कुनै पनि मुद्दा गर्ने पक्ष चुक्दछ भने सो मुद्दामा अदालतले तथ्यमा प्रवेश गरी अन्य प्रमाण र ऐनको विवेचना गर्र्दैन र मुद्दा नै खारेज गरिन्छ । यस्ता वस्तुगत आधारलाई विचारै नगरी फैसला पीडित महिलाको विरुद्ध ‘विपक्षीको एक पक्षीय हितमा’ र ‘विपक्षीको प्रत्यक्ष मोलाहिजामा परी’ गरिएको छ । न्यायाधीशको फैसलाको आधारमा विपक्षीले ‘यसै कि.नं ६९ को….’ भन्ने वाक्यांश उल्लेख गरिनुले फैसला प्रथम दृष्टि मै आपत्तिजनक रहेको’ पनि उजुरीमा उल्लेख छ । ‘इन्साफ बेच्ने कार्य रोकी पाउँ’ भनी दिनुभएको उजुरीमा उनाउ व्यक्तिहरु एक आपसमा सांगठनिक रुपमा मिली, षडयन्त्र र परिपञ्च रचेको, जे जसरी भए पनि जग्गा हडप्ने नियतमा जिल्ला न्यायाधीश पनि आर्थिक प्रलोभनमा परेको पुष्टि भएको पुनरावेदक वृद्धा आशामायाको दाबी छ र विपक्षीबाट रुपैयाँ लिई गलत, दूषित एवं अपमानजनक न्याय सम्पादन गर्ने न्यायाधीश अर्यालमाथि अविलम्ब कारबाही होस् भन्ने उनको माग छ । रासस

बिहेका लागि गरगहना किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान पुर्‍याउनुहोस्

काठमाडौं । विवाहमा मेकअप र पहिरनसँगै गरगहनापनि प्राथमिकतामा पर्न थालेको छ । त्यसैले विवाहको सिजनमा सुनका गहनाको माग बढ्ने गरेको छ । भरपर्दो लगानीका साथमा सौन्दर्यका लागि पनि उपयोगी हुनेभएकाले विवाहमा सुनको आकर्षण छ । यद्यपि विवाहका लागि गहना किन्दा ध्यान पुर्‍याउनु अत्यन्त आवश्यक छ । गहनाको मूल्य सुनको भाउसँगै यसको शुद्धता, बनावटको शुल्क, सुनको तौल र करको आधारमा तय गरिन्छ । ज्वेलरी पसलद्वारा बताइने सुनको मूल्य त्यसको गुणमा निर्भर रहन्छ । त्यसैले कुनै गहना छनौट गर्नुपूर्व उक्त गुणस्तरको सुनको मूल्यबारे जानकारी लिनुपर्छ । आजभोली कुनै गहनमा कृत्रिम हीरा, अर्ध-मूल्यवान पत्थर तथा कृत्रिम रंगीन पत्थर जडान गरिएको पाइन्छ । गहनाको तौलमा यस्ता पत्थरहरुको पनि तौल हुन्छ । त्यसैले ज्वेलरले सुनको मूल्य र त्यसमा जडित पत्थरको भाउ अलग्गै देखाउनुपर्छ । त्यसैको आधारमा मेकिंग चार्ज र करको गणना गर्नुपर्छ । केही ज्वेलरमा गहनाको कुल तौललाई वास्तविक तौल बताउछन् र त्यसै आधारमा मूल्य निर्धारण गर्छन् । यसले गहनालाई अनावश्यक महंगो बनाउछ । मेकिंग चार्ज एउटा अर्को महत्वपूर्ण पक्ष हो । यो तपाईंको बिलमा पनि राखिएको हुन्छ । केही ज्वेलर बिलमा प्रति ग्राम सुनमा निर्धारित दरमा मेकिंग चार्ज लिन्छन् भने केही ज्वेलरले कुल तौलको निश्चित प्रतिशतका आधारमा लिन्छन् । यसले मेकिंग चार्जमा निकै ठुलो अन्तर आउछ । गहना र लगानी दुवै उद्देश्यका साथ सुन खरीद गर्दा अधिक शुद्धता हेर्नु अत्यन्त जरुरी छ । लगानी गर्ने मात्र सोचले गहना किन्नुपर्दा पत्थर जडित गहनालाई निषेध गर्नु नै बुद्धिमानी हुन्छ । किनभने न्यून गुणस्तरको पत्थरको भाउ पछि शुद्ध सुनमा पाइने मूल्यको भाउमा कसैले पनि दिदैन ।