हिसिलाले जितिन् ‘लिरिल फ्रेश फेस सिजन ४’ को उपाधि, पुरस्कारमा १ लाख नगद र स्कुटर

काठमाडौं । लिरिल फ्रेश फेस सिजन ४को उपाधी हिसिला महर्जनले जितेकी छिन् । सात सय भन्दा बढी इन्ट्रीबाट छानिएर उत्कृष्ट ३ मध्ये महर्जनले विजेताको उपाधी प्राप्त गरेकी हुन् । महर्जनले पुरस्कारमा एक लाख रुपैेयाँ र हिरो डुएट स्कुटर जितेकी छिन् ।  विश्व प्रसिद्ध साबुनको ब्राण्ड लिरिल, युनिलिभरको आयोजनामा “लिरिल फ्रेश फेस”कोचौथो संस्करण हिजो राती समाप्त भएको छ । अद्भुत र नवीनतम् टाष्कहरु र प्रख्यातहस्तीहरुले भरिपूर्ण एपिशोडहरु भएको यो सिजनले हजारौं प्रशंसकहरुको मन जित्दै यसले आफ्नो विजेतापाउन सफल भएको कम्पनीले जानकारी दिएको छ । फिनालेमा प्रसिद्ध गायक नीतेश जङ्गकुँवर र आयुष्मान देशराज श्रेष्ठ जोशील विशेष निर्णायकको रुपमा उपस्थित थिए ।

महालक्ष्मी बैंकले दियो प्राथमिक तहका विद्यार्थीलाई शैक्षिक सामग्री

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले प्राथमिक तहका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकको खाडीचौर स्थित शाखाले संस्थागत बलेफी गाँउपालिका ७, खाडीचौरमा रहेको श्री बालशिक्षा माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सवको अवसरमा सो सहयोग गरेको हो । उक्त शैक्षिक सामाग्री महालक्ष्मी बिकास बैंक लि.खाडिचौर शाखाका शाखा प्रबन्धक रानु लामाले बिद्यालयका प्रधानाध्यापक वासु पौड्याललाई हस्तान्तरण गरेकी हुन् । बैंकले प्रदान गरेको उक्त शैक्षिक सामाग्रीबाट गरिब समुदायका १ सय १० बिद्यार्थी लाभान्वीत भएका छन् । संस्थागत सामाजिक उत्तरदायित्वसंग सम्बन्धित बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि.ले यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित

परासी । नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित भएका छन् । सिद्धार्थ जेसीज भैरहवा रुपन्देहीको आयोजनामा मंगलबार सम्पन्न नेपाल जेसीजको ४४ आंै महाधिवेशनबाट बस्याल जेसीजको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उक्त महाधिवेशनमा रामग्राम जेसीजको वर्ष २००९ का अध्यक्ष एवं नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बस्याल र ईटहरी जेसीजका पूर्व अध्यक्ष एवं नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष महेश पौडेलबीच प्रतिस्पर्धा रहेको थियो । बस्यालले ६ सय ४८ मत प्राप्त गर्दै ९ मतान्तरले आफनो निकटतम प्रतिद्धन्द्धी पौडेललाई पराजित गरेका हुन् । करिब १ हजार ६ सय मतदाता रहेको महाधिवेशनमा सोमबार १० गते राती भएको मतदानमा १ हजार २ सय ७८ मत खसेको थियो । ईलेक्ट्रोनिक मेचिनद्धारा गराइएको मतदान नेपाल भरिका १ सय ३६ जेसीज शाखाका मतदाताहरुले मतदान गरेका थिए । भैरहवाको महेन्द्र सभागृहमा पुस ८ गते महाधिवेशनको उद्दघाट शत्र शुरु भई मंगलबार ११ गते विहान मात्र निर्वाचन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै अध्यक्ष बस्यालको नेतृत्वमा चयन भएको कार्यसमितिमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा रेश्मी सिल्पकार, पदम बहादुर सिंह, अशोक शंकर, विकास मानन्धर गरि ४ जना निर्वाचति भएका छन् भने राष्ट्रिय उपाध्यक्ष पदमा बिजय घिमिरे, बिजय गुरुङ्ग, श्यामसुन्दर पौडेल, टेकराज रेग्मी, रन्जना चापागाई, गोविन्द देवकोटा, रश्मी निरौला, अमित ढकाल, जनकराज घिमिरे, सुमित शर्मा, राजेन्द्र घिमिरे, रबिन पोख्रेल गरि १२ जना निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । उक्त समितिले निर्वाचन पश्चात नव निर्वाचति अध्यक्ष र विभिन्न पदाधिकारीहरुलाई सपथ ग्रहण गराई प्रमाण पत्र समेत प्रदान गरिसकेको छ ।