फेस अफ मारवाडीको उपाधि राहुल र निशालाई
काठमाडौं । फेस अफ मारवाडीको विजेता घोषणा भएको छ । फेस अफ मारवाडीको उपाधि पुरुष तर्फ मिस्टर मारवाडी २०१९ मा धरानका राहुल अग्रवालले जितेका छन्, भने महिला तर्फ काठमाडौंकी निशा अग्रवालले जितेकी छिन् । त्यसगरी पुरुषतर्फ शिवम् अग्रवाल फस्ट रनर अप रहे भने अजय खण्डेलवाल सेकेन्ड रनर अप रहेको थिए । त्यसै महिला तर्फ सिम्रन सबू फस्ट रनर अप र विराटनगरकी सुनिता वरमा सेकेन्ड रनर अप रहेका थिए । उक्त फेस अफ मारवाडी विजेतालाई नगद ५० हजार रुपैयाँ साथै अन्तराष्ट्रिय पल्टीमा भाग लिने मौका प्राप्त गरेका छन् भने फस्ट रनर अप र सेकेन्ड रनर अपले क्रमश ३० हजार र २० हजार प्राप्त गरेका छन् । उक्त प्रतियोगिताका निर्णायकका रुपमा कारण कुन्द्रा र नायिका रेखा थापा रहेका थिए । सो कार्यक्रम नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीको प्रमुख आतिथ्य सम्पन्न भएको थियो ।
सिप्रदीयन सहायता संस्थाद्वारा बाढी पीडितलाई राहत वितरण
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा हालैमात्र सप्तरी जिल्ला, सप्तकोशी नगरपालिका, फत्तेपुर स्थित बाढी प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ । सिप्रदीयन सहायता संस्थाको १० जनाको स्वयंसेवक टोलीले सप्तकोशी नगरपालिका वडा नं ६ का २६० घरधनीलाई प्रति घर २५ केजी चामल, १.५ केजी दाल, १ केजी नुन र १ लिटर खाना पकाउने तेल लगायतका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको हो । साथै उक्त नगरपालिका वडा नं ७ का ५० घरधनीलाई सोहि बमोजिमको राहत सामाग्रीहरु वितरण गरेको छ । उक्त राहत सामाग्रीहरु स्थानिय निकायका जनप्रतिनिधिहरु, राजनीतिक व्यक्तित्वहरु साथै सिप्रदीसँग आबद्ध व्यवसायीहरुको उपस्थितिमा वितरण गरिएको हो ।
एभरेष्ट बैंकद्वारा सिरहाका बाढी पीडितलाई राहत वितरण
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले सिरहाका बाढी प्रभावितका लागि सहयोग उपलब्ध गराएको छ । सिरहा पटेर्वाका बाढी पीडितलाई चामल, सोयाबिन, चना, नुन, भाँडा, सेनिटरी प्याड, दन्त मन्जन, ब्रस, स्कुल व्याग, बालबालिकाका लागि कपडालगायतका विभिन्न राहत सामग्री बितरण गरेको हो । बैंकका तर्फबाट राहतका लागि ओमेन फ्रेण्ड्ली ग्रुपअन्तर्गत मिडिया एड्भोकेसी ग्रुपलाई शुक्रबार ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी उपरीक्षक सोम गुरुङ लगायतको सहभागिता थियो । सो रकमबाट स्थानीय बाढी प्रभावितलाई राहत सामग्री बितरण गरिने बताइएको छ ।