‘गलबन्दी’की लाजालु अन्जलीको अर्काे स्वरुप “अलि अलि काली अलि अलि गोरी” मा

काठमाडौं । गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत “अलि अलि काली अलि अलि गोरी” सार्वजनिक भएको छ । इशा कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीतमा पछिल्लो समय सबैलृ रुचाएका ‘गलबन्दी’ की अन्जली अधिकारी अभिनयमा अर्काे स्वरुपका साथ प्रस्तुत भएकी छिन् । उक्त भिडियोमा अन्जली अधिकारी , रबिन बिष्टको अभिनय रहेको छ । प्रकाश सपुतको शब्द, सङीतमा बनेको यो गीतमा धेरैले अन्जली अधिकारिको अभिनयको तारिफ गरेका थिए। यस गीतमा भने अन्जली अधिकारी फरक अनि बोल्ड रुपमा प्रस्तुत भएकी छिन्। ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन मनोज बिष्टले गरेका छन् भने सन्तोष राजबाहकले कोरियोग्राफ गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन। सो गीतकाे भिडियाे एमडी सृर्जनामार्फत युट्युव च्यानल सार्वजनिक भएको हाे । भिडियो हेर्न क्लिक गर्नुहोस् । 

सिद्धार्थ बैंकको कभर सङ प्रतियोगिताका विजेतालाई ५० हजार पुरस्कार प्रदान

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको कभर सङ प्रतियोगिताका विजेता रेशम श्रेष्ठलाई बैंकले ५० हजार रुपैयाँ प्रदान गरेको छ । प्रतियोगिताका प्रतिष्पर्धीहरूले बैंकको कर्पाेरेट गीत गाएर युट्युबमा अपलोड गरेका थिए । यसरी प्रतियोगिहरूले युट्युबमा अपलोड गरेको गीतको भ्युजको आधारमा विजेता घोषण गरी पुरस्कार प्रदान गरिएको हो । आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिंदै जाने बैंकले जानकारी गराएको छ ।

दोस्रो धापासी कराँते चायम्पियनसिप सम्पन्न, धापासी डोजो र मनास्लु विद्यालय विजेता

काठमाडौं। दोस्रो धापासी कराँते चायम्पियनसिप सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको प्रतियोगितामा २८७ विद्यार्थीको सहभागिता थियो। प्रतियोगितामा कराँतेतर्फ धापासी डोजो पहिलो, गोंगबु डोजो दोस्रो, लुबु डोजोले तेस्रो स्थान हाँसिल गरेको छ । प्रतियोगितामा १० वटा कराँते क्लबको सहभागीता रहेको थियो। यस्तै सोही प्रतियोगितामा विद्यालयको तर्फबाट पहिलो स्थानमा मनास्लु विद्यालय, दोस्रोमा सिईए हाई स्कुल र तेस्रोमा महालक्ष्मी स्कुलले उपाधी हांसिल गरेको छ। यस्तै ईमर्जिग टिमको उपाधी एनआईसी एकेडेमी, सानोभर्याङले हात पारेको छ। प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रा तर्फ धापासी डोजोकी ग्याल्मु सोमिका लामाले प्रथम स्थान र उत्कृष्ट हुँदै एनआईसी एकेडेमीकी समिक्षा भट्टराई र धापासी डोजोकी पाल्साङ गुरुङले पदक हात पारेकी छिन् । त्यस्तै छात्र तर्फबाट गोंगबु डोजोका सनिस चौधरीले प्रथम स्थान र उत्कृष्ट हुँदै धापासी डोजो करण थापा र विजेन्द्र जिसीले पदक हात पारेका छन् । कार्यक्रममा प्रमुख अतिथीको रुपमा शिभपुरी यातयातका अध्यक्ष प्रलाद थापा र बिशिस्ट अतिथीको रुपमा नेपाल शितो कराँते डोको प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठको उपस्थिती रहेको थियो।