बुढानिलकण्ठ हेरिटेजको ७३ प्रतिशत हकप्रद सेयर खुला

काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले ७३.०४१ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । हेरिजेटले असार ४ गतेदेखि सो मात्रा अर्थात ३५ लाख ८७ हजार ८७० कित्ता हकप्रद सेयर जारी गरेको हो । उक्त हकप्रद सेयरमा गत जेठ ३ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन् । इच्छुक सेयरधनीले असार ४ गतेदेखि उता ३५ दिनभित्रमा आवेदन दिइसक्नुपर्ने छ । उनीहरुले कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको बुढालिकण्ठ तौलुङमा रकमसहित दरखास्त फारम बुझाउन सक्नेछन् । हेरिटेजको विशेष साधारण सभाले पारित गरेसँगै कम्पनीले हकप्रद सेयर निष्काशन गरेको हो । जसको विशेष साधारण सभा गत जेठ ४ गते सम्पन्न भएको थियो ।

धितोमा राखिएको बैंकको सेयर लिलामीमा आयो, मूल्य प्रतिकित्ता १२४ रुपैयाँ मात्र

काठमाडौं । सेयर बजारमा मूल्य घट्ने क्रम जारी रहेको बेलामा एक बाणिज्य बैंकको सेयर लिलामीमा आएको छ । प्रतिकित्ता १२४ रुपैयाँका दरले झण्डै एक लाख कित्ता सेयर लिलामीमा राखिएको छ । सेन्चुरी कमर्शियल बैंकको ९३ हजार ६७४ कित्ता सेयर लिलामीमा आएको हो । त्यसमा ८९ हजार ४५६ कित्ता संस्थापक र ४ हजार २१८ कित्ता साधारण सेयर रहेको छ । सबै सेयरको मूल्य १ करोड १६ लाख २० हजार ५०० रुपैयाँ तोकिएको छ । जसमा प्रतिकित्ता सेयर मूल्य १२४ रुपैयाँ ५ पैसा पर्छ । आइतबार यस बैंकको साधारण सेयर प्रतिकित्ता १९१ रुपैयाँमा कारोबार भैएकाे थियाे । व्यवसायी सुरज शाक्यले नेपाल फाइनान्सको कर्जा तिर्न नसकेपछि धितोमा रहेको सेयर लिलामीमा आएको हो । शाक्यले ललित मण्डप ट्राफल्स एण्ड टुर्स प्रालिको नाममा तत्कालिन ललितपुर फाइनान्सबाट कर्जा लिएका थिए । उक्त कर्जा लामाे समय विवादमा परेकाे थियाे । विवाद ऋण असुली न्यायधिकरणामा पुगेकाे थियाे । न्यायधिसले गरेकाे फैसला अनुसार  सेयर लिलामीको सूचना ऋण असुली न्यायाधिकरणले प्रकाशित गरेको छ ।

लगानीकर्ताको माग धितोपत्र बोर्डको कार्यक्षेत्रभन्दा बाहिर

काठमाडौं । नेपाल धितोपत्र बोर्ड सम्बद्ध कर्मचारी युनियनले लगानीकर्ताका तर्फबाट राखिएका कतिपय माग बोर्डको कार्यक्षेत्रभन्दा बाहिरका विषय भएको स्पष्ट पारेको छ । धितोपत्र बजारको सुधारको माग राख्दै विगत केही दिनदेखि जारी आन्दोलनप्रति असार ५ गते धारणा सार्वजनिक गर्दै कर्मचारी युनियनले सो बताएको हो । युनियनले वित्तीय बजारका अन्य नियमनकारी निकाय र नेपाल सरकार अर्थ मन्त्रालयको पहलकदमीमा मात्रै माग सम्बोधन हुन सक्ने समेत स्पष्ट पारेको छ । युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले आइतबार जारी गरेका प्रेस विज्ञप्तिअनुसार बोर्ड आफैले पूरा गर्न सक्ने लगानीकर्ताका यथोचित माग यथाशीघ्र सम्बोधन गर्न बोर्ड नेतृत्व समक्ष र अन्य माग सम्बोधन गर्न नेपाल सरकार समक्ष माग गर्दै कार्यालय परिसरको सुरक्षा एवं बोर्डका कर्मचारीलाई सुरक्षित कार्यस्थललको प्रत्याभूति गराउन माग गरेको छ । बोर्डमा नयाँ नेतृत्व भर्खरै आएको र देखिएका समस्या समाधानका लागि प्रयास गरिरहेको उल्लेख गर्दै यूनियनले कार्यालय परिसरमा जारी राखिएको आमरण अनशनलाई बोर्डको कर्मचारी यूनियनले गम्भीरताका साथ लिएको जानकारी गराएको छ । रासस यस्ता छन् लगानीकर्ताको माग आन्दोलनरत लगानीकर्ताले गभर्नरलाई बुझाए १९ बुँदे मागसहितको ज्ञापन पत्र