सर्किट ब्रेकको पखाईमा सिभिल बैंकको सेयर, २१६ रूपैयाँसम्म पुग्न सक्ने

काठमाडौं । मंगलबार हिमालयन बैंकको अन्तिम सेयर प्रतिकित्ता २९९ रुपैयाँका दरले किनबेच भयो । सिभिल बैंकको सेयर प्रतिकित्ता १९६ रुपैयाँमा किनबेच भयो । दुई बैंकको सेयर मूल्य अन्तर प्रतिकित्ता १०३ रुपैयाँ छ । हिमालयन बैंकसँगको तुलनामा सिभिलको सेयर मूल्य ३४.४४ प्रतिशत कम छ । सम्बद्ध बैंक स्रोतका अनुसार हिमालयन र सिभिल बैंकबीच आपसमा मर्ज हुने सहमति भएको छ । सहमतिमा हस्ताक्षर र सार्वजनिक गर्ने कार्यक्रम आजै साँझपखको लागि तय भएको छ । मर्जको स्वाप रेसियो ८१ रुपैयाँ नै तय भएको छ । त्यो भनेको हिमालयन बैंकको तुलनामा सिभिल बैंकले १९ प्रतिशत कम मूल्य पाउनु हो । स्वाप रेसियोलाई आधार मान्दा हिजोको सेयर मूल्य हिमालयन बैंकको तुलनामा सिभिल बैंकको १५.४४ प्रतिशतले कम छ । १५.४४ प्रतिशतले सिभिल बैंकको सेयर मूल्य वृद्धि हुने हो भने प्रतिकित्ता २२६ रुपैयाँ हुन्छ । स्वाप रेसियोसँग बराबरी हुन आजै सिभिल बैंकको सेयर प्रतिकित्ता ३० रुपैयाँले बढ्नुपर्छ, हिमालयन बैंकको मूल्य घटेन भने । तर आज एकै दिन सिभिल बैंकको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँसम्मले बढ्न सक्दैन । एकैदिन बढीमा १० प्रतिशत मात्र सेयर मूल्य बढ्न पाउने नियम छ । त्यसैले आज सिभिल बैंकको सेयर मूल्य सर्किटब्रेक लागेर २१६ रुपैयाँमा कारोबार बन्द हुनसक्छ । मर्जबारे प्रकाशित समाचारका आधारमा सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्जले हिमालयन र सिभिल दुबै बैंकको सेयर कारोबार आजैदेखि रोक्का गरिदिन पनि सक्छ । सम्बन्धित समाचार हिमालयन र सिभिल बैंकबीच मर्ज गर्न सहमति

इन्द्रेणी मसरुम फार्मले सेयर जारी गर्ने, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडाैं । इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले सर्वसाधारणहरुमा सेयर जारी गर्ने भएकाे छ । कम्पनीले साे सेयर निष्काशन गर्नका लागि बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । उक्त सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मको तर्फबाट अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । इन्द्रेणी मसरुम फार्मले नेपालमा पहिलो पटक आद्युनिक प्रविधि भित्र्याई च्याउ उत्पादन गर्न सफल भएको छ । कम्पनीले आधुनिक च्याउ फार्म शुरु भएको केही समयमै ऐतिहासिक रुपमा नयां प्रविधिबाट गोब्रे च्याउ उत्पादन गर्न शुरु गरेको छ ।

सेयर बजार ११.६८ अंकले बढ्यो, १ अर्ब ७० करोडको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार ११.६८ अंकले बढेको छ । यसअघि निरन्तर घटिरहेको नेप्से परिसूचक मंगलबार भने बढेको हो । आज (मंगलबार) ४९ लाख ६७ हजार हजार ५६१ कित्ता सेयर खरिद बिक्रीबाट कुल १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँको कारोबार भएको हो । कारोबारमा १३० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आज सप्तकोसी जलविद्यत् आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।