नेप्सेमा एक कम्पनीको १५ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कालिका पावर कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस बापतको ९ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को इकाई बाँडफाँट सम्पन्न, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१’ इकाई बाँडफाँट सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंक कोष प्रवद्र्धक रहेको र ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१’ को इकाई बाँडफाँट सम्पन्न भएको हो । प्रति इकाई मूल्य १० रुपैयाँ दरको १२ करोड इकाईको १५ प्रतिशत इकाईमध्ये कोष प्रवद्र्धकलाई १३.५० प्रतिशत अर्थात् १ करोड ६२ लाख इकाई, योजना व्यवस्थाकलाई १.५० प्रतिशत अर्थात् १८ लाख इकाई र १० करोड २० लाख इकाई सर्वसाधारणलाई छुट्याएको थियो । क्यापिटलको उक्त फण्डमा ६० हजार ७१९ जना आवेदकले ८ करोड ४५ लाख ८९ हजार ७६० इकाईका लागि आवेदन दिएका थिए । जसमध्ये ५६ जना आवेदकले १३ हजार ४ सय इकाईका लागि दिएको आवेदन रद्द भएको छ भने ६० हजार ६६३ जना आवेदकको ८ करोड ४५ लाख ७६ हजार ६३० इकाई रीतपूर्वक आवेदन परेकाले बााडफाँट गरिएको छ । जसमा १ सय इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिएका ६० हजार ६६३ जनालाई बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । क्यापिटलको उक्त फण्डको नतिजा क्यापिटलको वेभसाइट, ग्लोबल आइएमई बैंकको वेभसाइट, सिडिएस एण्ड क्लियरिङ्गको वेभसाइट र मेरो सेयरको वेभसाइटबाट हेर्न सकिन्छ ।
लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि शुभ लक्ष्मी कोष म्युचुअल फण्ड बिक्री खुला गर्ने
काठमाडौं । लक्ष्मी क्यापिटल लिमिटेडले साउन १९ गतेदेखि शुभ लक्ष्मी कोष योजनाको इकाई निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कोष प्रवद्र्धक लक्ष्मी बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको शुभ लक्ष्मी कोष म्युचुअल फण्ड साउन १९ गतेदेखि बिक्री खुला गर्ने भएको हो । यो लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत रहेको एक खुलामुखी योजना हो । क्यापिटलले प्रति इकाई मूल्य १० रुपैयाँका दरका ५ करोड इकाई मध्ये ७५ लाख वा १५ प्रतिशत कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई, ४ करोड २५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुला गर्नेछ । क्यापिटलको उक्त फण्डमा १०० इकाईदेखि ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । उक्त फण्डको इकाईमा छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । लक्ष्मी क्यापिटल लक्ष्मी बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।