नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अङ्कले ओरालो लागेर दुई हजार १०६.१५ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.४४ अङ्कले ओरालो लागेर ४०६.११ मा सीमित भएको छ । कूल २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता सेयर दुई अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ मूल्यमा कारोबार भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । उत्पादन ५.६४ र सामूहिक लगानी कोष ०.०४ अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ ५.८४, व्यापार ११.३८, होटल तथा पर्यटन ४६.१६, विकास बैंक ५२.०३, जलविद्युत् २६.८१, वित्त २४.८४, निर्जीवन बीमा ३६.४८, अन्य ३८.६५, लघुवित्त १७.४८, जीवन बीमा १०१.९२ र लगानी ०.९८ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २० करोड ७१ लाख ६९ हजार ९३५ बराबरको कारोबार भयो । त्यस्तै, नबिल बैक रु १० करोड ८५ लाख ४३ हजार १५१, नागरिक लगानी कोष आठ करोड २१ लाख २८ हजार ९६९, नेशनल हाइड्रोपावर रु सात करोड ६५ लाख ९१ हजार ५४५ र हिमालयन डिस्टिलरी रु सात करोड १८ लाख ४४ हजार ३४२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै, युनिलिभर नेपाल ५.५९, आरबीबी म्युचुअल फण्ड ५.१९, समता घरेलु लघुवित्तका लगानीकर्ताले ४.०६ प्रतिशतले कमाए । त्यस्तै, जानकी फाइनान्स ४.३१, एनआइसी एशिया सेलेक्ट फण्ड ३.८४, सिनर्जी पावर ३.५५, एशियन लाइफ इन्स्योरेन्स ३.४२ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.३१ प्रतिशतले गुमाए ।
नेप्से परिसूचक १०.२७ अंकले वृद्धि
काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसूचक १० अंकले बढेको छ ।आईतबार नेप्से सूचक १०.२७ अंकले बढेर २१२३.८३ बिन्दुमा पुगेको हो । आईतबार कारोबार आएका २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्स उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा जीवनबीमा उपसमूहको सेयर मूल्य ०.५ प्रतिशतले घटेको छ । होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ । नेप्से परिसूचक बढेसँगै मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, तेह्रथुम पावरको ९.६५ प्रतिशत, उपकार लघुवित्तको ९.१३ प्रतिशत, गुह्वेश्वरी फाइनान्सको ८.५७ प्रतिशत र साहस उर्जाको सेयरमूल्य ६.११ प्रतिशतले बढेको छ । तर, यता नयाँ सारथी लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेको छ भने ग्रामिण विकास लघुवित्तको ३.३८ प्रतिशतले घटेको छ । आईतबार शिवम् सिमेन्टको १३ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नबिल बैंकको १२ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले १५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट कायम चुक्ता पूँजीको सेयरधनीहरुलाई १४.५० प्रतिशत बोनस सेयर र ०.७६ प्रतिशत नगद गरी कूल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीले घोषणा गरेको सो लाभांश बीमा समितिको स्वीकृति पश्चात् साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाप्त गर्नेछन् ।