सेयर बजारले बैंकलाई च्यालेन्ज दिनुपर्छ : डा. श्रेष्ठ
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले नेपालको पुँजी बजारले बैंकिङ्ग क्षेत्रलाई चुनौति दिनुपर्ने बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘सेयर बजारले बैंकलाई च्यालेन्ज दिनुपर्छ, बजारले बजारले च्यालेन्ज दिएपछि मात्रै बैंक पनि प्रतिस्पर्धात्मक बन्न सक्छन्,’ उनले भने । उनका अनुसार अर्थतन्त्रमा दुई प्रकारका फाइनान्सियल स्ट्रक्चर रहेका छन् । एउटा बैंक बेस र अर्को मार्केट (पुँजी बजार) बेस । राष्ट्र बैंकले बैंक बेस नियमन गर्छ भने मार्केट बेस भनेको अल्टरनेटिभ रहेको उनको भनाई छ । दुई वटा फाइनान्सियल स्ट्रक्चर भएपनि एकअर्काका परिपूरक भएको उनको भनाइ छ। उनले बैंकिङ्ग क्षेत्रमा लिक्वीडि नभएको बेलामा पुँजि बजारले ठूला कम्पनीलाई दिने बताए । ‘ठूला कम्पनीले बैंकबाट पैसा नपाएमा पुँजी बजारमा गएर पैसा ल्याउन सक्छन्, त्यहाँबाट पैसा उठाउन सक्छन्, बैंकबाट पैसा उठाउन सक्ने अवस्था नरहेमा प्राथमिक र दोस्रो बजारले लिक्विडिटी दिन्छ,’ उनले भने । वछिल्लो समय पुँजि बजारमा आकर्षण बढेको उनको बुझाइ छ । कर्मचारीहरुले पनि आफ्नो पेसालाई कम महत्व दिएर सेयर बजारमा कारोबार गर्ने गरेको आफुले पाएको उनले बताए । ‘पछिल्लो समय पुँजी बजारमा कर्मचारी आफ्नो प्रोफेसन बिर्सेर सेयर बजारमा आकर्षित भएका छन्, उनीहरुको झुकाव रियल लाइफभन्दा नि सेयर बजारमा बढी छ,’ उनले भने । त्यस्तै, बजारमा बण्ड ल्याउन पनि सहज वातावरण र मार्केटमा सहभागी हुन धेरै ज्ञानको आवश्यक रहने उनको भनाई छ ।
बुक बिल्डिङमा दुर्घटना निम्तिदैन, सबै कर्मचारीलाई सचेत गराएको छु : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बुक बिल्डिङमा दुर्घटना हुन नदिन गृहकार्य गरिरहेको बताए । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘बुक बिल्डिङमा अर्को पटक दुर्घटना हुन नदिन सेबोनका कर्मचारीलाई सचेत गराएको छु, एक पटक दुर्घटना हुँदा पछि परेको र अर्को पटक पनि दुर्घटना भयो भने धेरै पछि परिन्छ, त्यसैले बुक बिल्डिङमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको छ,’ उनले भने । विगतमा पूर्व अध्यक्ष भिष्म ढुंगाना परिवार र नेप्सेका सीईओ चन्द्र साउदले सर्बोत्तमको सेयर किनेको खुलासा भएपछि बूक बिल्डिङमा विवाद परेको थियो । उक्त विवाद अबका दिनमा नदोहोरिन बोर्डले आवश्यक काम कारवाही अघि बढाएको जानकारी गराएको छ । त्यस्तै, लगानीकर्ताले बजारलाई विश्वास गरेको र बजार बढेमा सबै लगानीकर्ताले फाइदा लिन सक्ने उनको भनाई छ । ‘व्यवहारमा समायोजन गर्यो भने विकास सम्भव छ, चेतना, सचेतना फैलाउनु पर्ने छ, पुँजी बजारप्रति सबैको हेर्ने दृष्टिकोण समान हुनुपर्छ,’ उनले भने । त्यस्तै, हालको नेप्सेको प्रणालीले १७० भन्दा बढी ब्रोकर नधान्ने भएकाले प्रणालीलाई थप सुधार गरी नेप्सेको सिस्टममा ठूलो फड्को मार्नु पर्ने उनले बताए । ‘टिप्पणी वा निर्णय उठाउदा टेबुल टेबुलमा छलफल भएको छ, एउटा सरकार आउने उसले टेबुल गर्ने, अर्को सरकार आउने उसले टेबुल गर्दा ढिला भएको हो,’ हमालले भने । विगतमा ५६ जना कर्मचारीले ५७९ कम्पनी नियमन गर्नुपर्ने बाध्यता रहेको बताउँदै अध्यक्ष हमालले आफू आएपछि १५ जना थपेर ७१ जना पुर्याएको समेत जानकारी गराए । सम्बन्धित सामाग्री ५७९ कम्पनीको नियमन गर्दै धितोपत्र बोर्ड, साना कम्पनी आउँदा अस्थीरता बढेको दावी
५७९ कम्पनीको नियमन गर्दै धितोपत्र बोर्ड, साना कम्पनी आउँदा अस्थीरता बढेको दावी
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यवाहक उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माले बोर्डमा सूचीकरण भएका ५७९ कम्पनीको नियमन गरिरहेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कम्पनीको संख्या अत्यधिक भएकाले नियमनमा समस्या हुने उनको भनाइ छ । तर, धितोपत्र सम्बन्धी कानुन समय सापेक्ष बनाउने बताउँदै उनले बोर्डलाई जफाबदेहिता सहितको स्वायत्त निकाय बनाउनुपर्नेमा जोड दिए । ‘बोर्डलाई जवाफदेहिताको स्वायत्त निकाय बनाउँछौं, नेपाल स्टक एक्स्चेञ्ज र सिडिएसको संरचना परिवर्तन गर्दै प्रतिस्पर्धी बनाउने तयारी भइरहेको छ,’ उनले भने । त्यस्तै, उनले दोश्रो बजारमा थोरै पुँजी भएका कम्पनी सूचीकृत हुँदा बजारको अस्थीरता बढेको समेत दावी गरे । साथै, बोर्डले पुँजी बजार विकासको लागि शैक्षिक संस्था संचालन गर्ने उनले जानकारी दिए ।