ब्याजदर नबढ्ने भएपछि बजारमा हरियाली

काठमाडौं । केही दिनदेखि निरन्तर घट्दै आएको सेयर बजार सोमबार भने हरियाली छाएको छ । बैंक तथा वित्त संस्थाले भदौ महिनाका लागि ब्याजदर नबढाउने निर्णय गरेपछि सेयर लगानीकर्ता हर्षित भएका छन् । यसअघि दिँदै आएको ब्याजदरमा भदौ महिनाका लागि नबढाउने निर्णय पश्चात् सेयर बजारमा लगानीकर्ता आकर्षित भएका हुन् । सोमबार ५५.८८ अंकले सेयर बजार बढ्दा सबै समूहमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५५.८८ अंक बढेर २०६५.८९ अंकमा बन्द भएको छ । नेप्से सूचक २.७८ प्रतिशतले बढेको हो । सोमबार दिनभरिमा २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता सेयर ४२ हजार ८९७ पटक किनबेच हुँदा २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार बैंकिङ्ग समूह १.२४ प्रतिशत, ट्रेडिङ्ग समूह ४.३८ प्रतिशत, होटल एण्ड टुरिजम समूह ३.११ प्रतिशत, विकास बैंक समूह ५.३३ प्रतिशत, हाइड्रोपावर समूह ४.४३ प्रतिशत, फाइनान्स समूह ७.३८ प्रतिशत, निर्जीवन बीमा समूह ३.१६ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.४७ प्रतिशत, अन्य समूह ६.२७ प्रतिशत, माइक्रोफाइनान्स समूह २.९८ प्रतिशत, जीवन बीमा समूह १.५७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.६३ प्रतिशत र इन्भेष्टमेन्ट समूह २.८१ प्रतिशत बढेको छ । आज श्रीइन्भेष्टमेन्ट फाइनान्स, मल्टिपर्पाेज फाइनान्स, राधी विद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, रिभर फल्स पावर पन्चकन्यामाई हाइड्रोपावरको सेयर मूल्य पनि बढेको छ । यस्तै, रिडी पावर कम्पनीको ९.९९ प्रतिशतले घटेको छ । गुराँस लघुवित्तको सेयर मूल्य २.७० प्रतिशत घटेको छ । बजारमा हरियाली देखिएपछि शिवम् सिमेन्टको २१ करोड २ लाख ५२ हजार रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १२ कोड ५५ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

धौलागिरी लघुवित्तको आईपीओ भाग्यमानी ५ जनालाई ११ कित्ता, १० कित्ता कतिले पाउँछन् ?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओमा अन्तिम दिनसम्म ७०.४५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले आवेदन दिएका छन् । लघुवित्तको आईपीओमा आवेदकले २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयरको लागि २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । लघुत्तिले साउन २४ गतेदेखि साउन २९ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ३० हजार ८२९ जना आवेदकले मात्रै लघुवित्तको आईपीओ प्राप्त गर्नेछन् । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ५ कित्ता बाँकी रहन्छन् । ५ जना आवेदकलाई भने बाँकी रहेको ५ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गरिनेछ । बाँकी आवेदन दिएका लगानीकर्ताको हात रित्तो हुनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ ।

अभियान लघुवित्तको आईपीओ बाँडफाँट गर्दा ९१ हजारले पाए १० कित्ता

काठमाडौं । अभियान लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सेयर बाँडफाँट सम्पन्न भएको हो । क्यापिटलका अनुसार लघुवित्तको आईपीओमा १९ लाख ८० हजार ९७० जना आवेदकले २ करेड १९ लाख १२ हजार ६७० कित्ताका लागि आवेदन दिएका दिए । तर, २ हजार ३७६ जना आवेदकको विभिन्न कारणले रद्द भएको छ । बाँकि रहेका १९ लाख ७८ हजार ५९४ जना योग्य आवेदकलाई मात्रै सेयर वितरण गरेको छ । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट बाँडफाट गरिएको छ । गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ९१ हजार ३७५ जनाले लघुवित्तको १० कित्ता सेयर पाएका छन् । आवेदन दिएका बाँकी आवेदकको हात रित्तो भएको छ । लघुवित्तले साउन १८ गतेदेखि साउन २२ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९ लाख ७५ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ४८ हजार ७५० कित्ता सेयर सामुहिक लगानी कोष, १२ हजार ५ सय कित्ता सेयर कर्मचारी र ९ लाख १३ हजार ७५० कित्ता सेयर सर्बसाधारण लगानीर्ताका लागि छुट्याएको थियो । लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले विभिन्न तरिकाबाट रिजल्ट हेर्न सकिन्छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com/, सिडिएससीको मेरोसेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login , सिडिएसले आईपीओको रिजल्ट हेर्न संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/बाट र अभियान लघुवित्तको वेबसाइट https://www.aviyanlaghubitta.com/ बाट हेर्न सकिने छ ।