नबिल इन्भेष्टमेण्ट बैंकिंगले ल्यायो मिश्रित लगानी व्यवस्थापन सेवा, लगानीकर्तालाई शतप्रतिशत नाफा

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंगले लगानीकर्ताहरुलाई लक्षित गरी मिश्रित लगानी व्यवस्थापन सेवा सञ्चालनमा ल्याएको छ । बैंकिंगले भदौदेखि नै लागू हुने गरी सेयर बजारमा प्रवेश गर्न चाहना तर लगानी सम्बन्धि उचित जानकारी नभएका कारणले लगानी गर्न असमर्थ लगानीकर्ताहरुलाई लक्षित गरी उक्त सेवा सञ्चालनमा ल्याएको हो । लगानीका विभिन्न उपकरणहरु मार्फत लगानी गरिने यो लगानी व्यवस्थापन सेवाबाट लगानीकर्ताहरुले हाल बजारमा देखिएको उतारचढावका कारण व्यहोर्नुपरेको क्षतिलाई केही हदसम्म सन्तुलनमा ल्याउने र भविष्यमा यसरी संतुलित लगानीबाट राम्रो प्रतिफल आर्जन गर्न सक्ने कम्पनीले जनाएको छ । सन्तुलित लगानी उच्चतम आम्दानी हुनसक्ने यस व्यवस्थापन सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको रकम लगानीका विभिन्न उपकरणहरु जस्तै म्युचअल फण्ड, बण्ड/डिबेञ्चर, ईक्विटी, आईपीओ/एफपीओ/हकप्रद सेयर तथा निश्चित प्रतिफल उपकरणहरुमा लगानी गर्ने र भैपरी आउने लगानीका लागि नगदको व्यवस्थापन समेत गर्ने रहेको कम्पनीले जनाएको छ । यो लगानी व्यवस्थापन सेवाका विशेषताहरुः  यसमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुले न्यूनतम २५ लाख रुपैयाँ वा आफुसंग रहेको सोही मूल्य बराबरको सेयर उपलब्ध गराई प्रवेश गर्न सकिनेछ । न्यूनतम लगानी अवधि ५ वर्षको रहेको यो सेवा प्राप्त गरेवापत बार्षिक ०.५ प्रतिशत बार्षिक व्यवस्थापन शुल्क लाग्नेछ भने पहिलो २ वर्षभित्र यो व्यवस्थापन सेवाबाट बाहिरिनु परेमा आफ्नो लगानीको ३ प्रतिशत रकम तिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ भने २ वर्षपछि बाहिरिनु परेमा यस्तो कुनै प्रकारको शुल्क नतिरी जुनसुकै बेला पनि बाहिरिन सकिनेछ । डिस्क्रिसनरी पीएमएस सेवा अन्तर्गत संचालित यो सेवा प्राप्त गरेका लगानीकर्ताहरुले यो सेवाबाट जति धेरै नाफा गरे पनि केवल ५ प्रतिशत पर्फर्मेन्स शुल्क तिरी आफ्नो नाफाको शतप्रतिशत रकम जुनसुकै बेला पनि झिक्ने सक्ने कम्पनीले जनाएको छ । सेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसकेका लगानीकर्ताहरुलाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त गरी सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको लगानीको उचित व्यवस्थापन गर्ने कार्यलाई लगानी व्यवस्थापन सेवा भनिन्छ । यद्यपी लगानीको व्यवस्थापन केवल सेयर बजारमा प्रवेश गरेर मात्र हुने चाँही होइन । अन्य उपकरणहरुमा लगानी गरेर पनि आफ्नो लगानीको व्यवस्थापन गर्न सकिन्छ । विगतका दिनहरुमा यस कम्पनीबाट लगानी व्यवस्थापन सेवा प्राप्त गरेका लगानीकर्ताहरुले राम्रो प्रतिफल प्राप्त गरेका धेरै उदाहरणहरु छन् । समयको अभाव, सेयरबजारमा पहुँच तथा मार्गदर्शन नपाएको कारणले विद्यमान घट्दो बजार जसले दिन प्रतिदिन लगानीको लागि मौका प्रदान गरिरहेकोछ र घट्दो बजारको लगानीबाट नै भविष्यमा राम्रो आम्दानी हुनसक्ने भएकोले यो मिश्रित लगानी व्यवस्थापन सेवा उपलब्ध गराईको हो ।

तथ्याङ्क बिक्री गरी नेप्सेलाई आम्दानी गर्न बाटो खुल्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । लामो समयदेखि सेबोनमा रोकिएको सो कार्यविधि स्वीकृत भएसँगै नेप्सेलाई तथ्याङ्क बिक्री गर्ने बाटो खुलेको हो । कार्यविधि स्वीकृति नहुँदा नेप्सेसँग भएको तथ्याङ्क बिक्री गर्न पाएको थिएन् । कार्यविधि स्वीकृत भएसँगै नेप्सेले शुल्क लिएर जो कोहीलाई पनि बिक्री गर्न सक्ने भएको हो । पूँजी बजार सम्बन्धी तथ्याङ्क बेचेर नेप्सेलाई आम्दानी गर्न बाटो खुलेको हो । नेप्सेको नीतिप्रति सेबोनले असहमति जनाउँदै हस्तक्षेप गरेको थियो । यसअघि सेबोनका पूर्व अध्यक्षले पूँजीबजार सम्बन्धी महत्वपूर्ण सूचनामा आफूखुसी शुल्क तोकेको र बेच्ने नेप्सेको निर्णय गलत भएको भन्दै स्पष्टीकरण समेत सोधेको थियो । सेबोनबाट स्वीकृत भएको कार्यविधि नेप्से सञ्चालक समितिमा पेस हुन बाँकी रहेको छ । नेप्से सञ्चालक समितिले पास गरेलगत्तै नेप्सेले सूचना जारी गरी सर्वसाधारणदेखि व्यापारिक प्रयोजनका लागि बिक्री गर्न सक्नेछ । नेप्सेले आफूसँग भएको तथ्याङ्क उपलब्ध नगराएको भन्दै लगानीकर्ताले गुनासो गर्दै आएका छन् । व्यक्तिगत पहुँचका आधारमा मात्रै नेप्सेले सूचना उपलब्ध गराउने गरेको लगानीकर्ताको गुनासो छ । नेप्सेसँग भएको तथ्याङ्क आफ्नो सम्पत्ति भएकाले कुनै पार्टिकुलर कम्पनीलाई बिक्री गर्न पाउने अधिकार भएपनि सेबोनले रोकेका कारण लगानीकर्ता तथ्याङ्कबाट बञ्चित हुँदै आएका छन् । अब नेप्सले व्यवसायिक कम्पनी, वेवसाइट वा समाचार पोर्टललाई तथ्याङ्क बिक्री गर्न सक्नेछ । नेप्सेको पारदर्शितामाथि प्रश्न, लगानीकर्ता असन्तुष्ट सेयर बजार सम्बन्धी महत्वपूर्ण सूचना बेच्ने नेप्सेको कार्यमा धितोपत्र बोर्डको हस्तक्षेप

बरुण इन्भेष्टमेन्टले १५ लाख कित्ता सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । बरुण इन्भेष्टमेन्टले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत)को लागि १५ लाख कित्ता सेयर सार्वजनिक गर्ने भएको छ । कम्पनीले साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतामा कम्पनी र क्यापीटलबीच सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्टको तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । वि।सं। २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुर जिल्लाको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको यस बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । संस्थापक समुहको ७७ प्रतिशत शेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भै विशेष गरी उर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीमा पर्दछ । यस कम्पनीमा एस.जि गु्रप मुख्य लगानीकर्ताको रुपमा रहेको छ । बरुण इन्भेष्टमेन्ट लि ले बझाङ्ग स्थित कलंगा हाईड्रो लि (१५.३३ मेगावाट), सानीगाड हाईड्रो लि (३८.४७ मेगावाट) र बुङगल हाईड्रो (१०.७० मेगावाट) गरी ३ हाईड्रो कम्पनीमा कुल ६४.४९ मेगावाट मा मुख्य लगानी कर्ताको रुपमा रहेको छ । हालै पनि बरुण इन्भेष्टमेन्ट ले संखुवा खोलामा हाईड्रो प्रवद्धन गर्ने तयारीमा रहेको , गुराँस हाईड्रो प्रा.लि (४१.०६ मेगावाट) मा पनि लगानी प्रतिवद्धता जनाएको छ । बरुण इन्भेष्टमेन्ट तथा ग्लोबल आइएमई क्यापिटल ले यसै श्रावण भित्रमा आइपीओ ल्याउने गरी तयारी थालेको छ । बरुण इन्भेष्टमेन्टले भविष्यमा अरु पनि थप हाईड्रो पावर, होटेल, कृषि लगाएतका क्षेत्रमा पनि लगानी गर्ने तयारी रहेको कम्पनीका संस्थापक अध्यक्ष शिव प्रसाद घिमिरे बताउँछन् । घिमिरे एस.जि ग्रुपका अध्यक्ष समेत हुन । बरुण इन्भेष्टमेन्टमा मुख्य लगानिकर्ताका रुपमा रहेको एस.जि गु्रपको एल.पि.जि ग्यास बोटलिङ्ग, पेट्रोलियम पदार्थ वितरण, अटोमोबिल, चिया, निमार्र्ण, बैकिङ्ग लगाएत विभिन्न क्षेत्रमा लगानि रहेको छ ।