२६ प्रतिशत लाभांश वितरण गर्ने नागरिक लगानी कोषको घोषणा

काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीहरुको लागि २६.३१५८ प्रतिशत लाभांश प्रस्ताव गरको छ । कोषले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश अर्थ मन्त्रालयबा६ सहमित भइ वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चाल सेयरधनीले पाउनेछन् ।

नेपाल रिपब्लिकको आईपीओ बिक्री खुला, ५ सय कित्ता आवेदन दिन पाइने

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले आज बैशाख ३१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो । जसमध्ये सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपालीहरुले ४ लाख ३५ हजार ३ सय कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर माफर्् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

आरबिबि म्युचुअल फण्ड २ मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्गले बैशाख १७ गतेदेखि बिक्री खुला गरेको आरबिबि म्युचुअल फण्ड २ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डमा आज बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ । १० वर्ष अवधि रहेको यो फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक र बाँकी १० करोड २० लाख इकाईका लागि सर्वसाधरण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । क्यापिटलको उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । उक्त फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट फण्डको इकाई खरिद गर्न सक्नेछन् ।