कानूनका छिद्र प्रयोग गरी सेयर बिक्री गरेको आरोपमा ज्ञानेन्द्रलाल प्रधान विरूद्व अदालतमा मुद्दा दर्ता
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ता ज्ञानेन्द्र लाल प्रधानविरुद्ध मुद्दा दर्ता गरेको छ । इन्साइडर ट्रेडिङ र अवैध सेयर खरिद बिक्री गरेको आरोपमा नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको सेबोनका प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए । उनले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) विपरित सेयर कारोबार गरेको सेबोनको ठहर छ । प्रधान अध्यक्ष हुँदा र सोपदबाट हटेको एक बर्ष पुरा नभएसम्म कुनै तरिकाले सेयर हस्तान्तरण गर्न नहुने नियमको विपरित श्रीमतिलाई घरायसी नामसारी गराई सो सेयर दोस्रो बजारमा श्रीमतिको माध्यमबाट बिक्री गर्ने गरेको नेप्से, सिडिएससि तथा धितोपत्र दलाल व्यवसायीले पेश गरेको विवरणहरुबाट प्रष्ट रहेको प्रवक्ता श्रष्ठले बताए । उनले स्वयम आफ्नो सेयर विक्री नगरेतापनि परिवारको सहयोग लिई सेयर विक्री गर्ने कार्य सफा मनशायले गरेको नदेखिको प्रवक्ता श्रेष्ठले बताए । प्रधानले धितोपत्र लगायतका कानूनमा रहेको छिद्र प्रयोग गरी श्रीमति, छोरा तथा छोरीको नाममा घरायसी नामसारीको परिपञ्च गरी सोही सेयर बिक्री गरेको उनको भनाइ छ । ‘संस्थागत गतिविधी भन्दापनि बजार मूल्यबाट लाभ लिने गरी कारोबार गरेको देखिन आउँदा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ को बजारमा जालसाजी युक्त कारोबार गरेको देखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ को खण्ड (क) मा कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्य लिई कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा जालसाजी गरेको मानिनेछ भन्ने व्यवस्था बमोजिम प्रधानले नियमन निकाय नेपाल धितोपत्र बोर्ड, धितोपत्र बजार लगायत अन्य सरोकारवालालाई झुक्याउने योजना वा काम गरेको प्रष्ट देखिन आयो,’ उनले भने ।
संसदमा बजेट वहस चल्दा सेयर मूल्यमा उच्च गिरावट, बीमा कम्पनीका लगानीकर्ता आत्तिए
काठमाडौं । आइतबार अर्थमन्त्री डा प्रकाश शरण महतले आगामी बजेटका लागि सिद्धान्त र प्राथमिकता संसदमा पेस गरे । सोमबार मन्त्री महतले पेस गरेको विनियोजन विधेयक २०८० माथि छलफल भयो । बहसकै क्रममा सांसद अमरेश कुमार सिंह संसदमा नाङ्गिए, बोल्न समय पाइन भनेर । सदनमा यस्तो नाटक चल्दै गर्दा मध्यदिनमा सेयर बजारमा २६ अंकले गिरावट आएको थियो । बजार बन्द हुँदा सेयर बजार १७ अंकले घट्यो । दिनभरमा जम्मा ८२ करोड रुपैयाँ बराबरको २८ लाख १० हजार कित्ता सेयर किनबेच भयो । आइतबार पनि सेयर बजारमा दोहोरो अंकले गिरावट आएको थियो । सोमबार सबैभन्दा बढी जीवन बीमा समूहको सूचक १२१ अंकले घट्यो भने निर्जीवन बीमा समूहको सूचक पनि १०६ अंकले घट्यो । त्यसैगरी होटल समूहको ८३ अंकले र जलविद्युत समूहको परिसूचक ४३ अंकले घटेको छ । नेप्से परिसूचक १८३३ अंकमा झरेको छ । ३४ कम्पनीको सेयर मूल्य बढ्दा १८१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा बढी शिभम् सिमेन्टको सेयर प्रतिकित्ता करिव ३९८ रुपैयाँमा ३ करोड ८२ लाख रुपैयाँ बराबरको करोबार भएको छ ।
यूनिटेक हाइड्रोपावर सेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल, ३६ करोड ६७ लाखको सेयर जारी हुँदै
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धको जिम्मेवारी पाएको छ । यूनिटेक हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरिने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३६ करोड ६७ लाख रुपैयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । आईतबार यूनिटेक र लक्ष्मी क्यापिटलबीच सेयर निष्काशन तथा बिक्री प्रबन्धकबारे सम्झौतामा हस्ताक्षर भएको छ । लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावर कोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणा गरिरहेको छ । उक्त परियोजना निर्माणको काम ९० प्रतिशत भन्दा बढी सम्पन्न भईसकेको यूनिटेकले जनाएको छ ।