धितोपत्र बोर्डका अध्यक्षद्वारा शेयरप्रो सेक्यूरिटिजको उद्घाटन

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्षले शेयरप्रो सेक्यूरिटिजको उद्घाटन गरेका छन् । शेयरप्रो सेक्यूरिटीज ( शेयर दलाल नं.६५ ) नेपालको उदियमान शेयर दलाली सेवा प्रदान गर्ने कम्पनी हो । कम्पनीले मिति २०८०।०२।०९ मा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी शेयर दलाली तथा निक्षेप सदस्यको सेवा प्रदान गर्र्र्दै आइरहेको छ । साे कार्यक्रममा अध्यक्ष हमालले कम्पनीलाई बधाई दिदैं उच्चतम् प्रतिस्पर्धा र प्रविधिको प्रयोगबाट नै शेयर बजारमा सकारात्मक परिवर्तन हुदैं जाने विश्वास व्यक्त गरे तथा ग्राहकहरुको सन्तुष्टिमा नै कम्पनीको प्रगती भर पर्ने कुरामा जोड दिए । आफ्नो उद्घाटनको शुभ उपलक्ष्यमा कम्पनीले साता व्यापी कार्यक्रम ‘शुभारम्भ सप्ताह’ समेत सार्वजनिक गरेको छ । यो कार्यक्रम मिति भदौ ८ गतेदेखि १५ सम्म (शनिबार तथा सार्वजनिक विदाको दिन समेत) बिहान १०ः०० बजे देखि साँझ ५ः०० बजे सम्म कम्पनीको कार्यालय ढल्कुमा हुनेछ । कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जो कोही व्यक्तिले उक्त कार्यक्रममा सहभागी भएर अनलाइन कारोबार तथा निक्षेप सेवाका सम्बन्धमा आवश्यक जानकारी लिई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकका १० जना संस्थापक बाहिरिँदै

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका १० जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका १० जना सेयरधनीहरुले कूल ३ लाख ३४ हजार ८७४ कित्ता संस्थापक सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक शिब लाल भण्डारीको नाममा रहेको १२ हजार २ सय कित्ता, गोबर्धन ढकालको २८ हजार कित्ता, दिन बन्धु कुँवरको १३ हजार १५० कित्ता, गोबर्धन अधिकारीको २३ हजार कित्ता र ज्योति पाण्डेको २ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । यस्तै, बैंकले माधव प्रसाद मैनालीको ६९ हजार ७८५ कित्ता, सुलोचना अधिकारीको ७ हजार २६६ कित्ता, अनिश पालिखेको २३ हजार ५०३ कित्ता, पवित्र लाल चुकेको १ लाख ५० हजार कित्ता र उमेश कुमार मुडभरीको ५ हजार ९७० कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ । बैंकको उक्त सेयर जोकोही सर्वसाधारण लगानीकर्ताले खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको १५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ ।

१४५ रुपैयाँमा शाइन रेसुङ्गा बैंकको सेयर बिक्रीमा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको साढे २० हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको २० हजार कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । त्यसैले सो मूल्य नघट्ने गरी खरीद गर्न ईच्छुक संस्थापक तथा सर्वसाधारण लगानीकर्ताले आवेदन पेश गर्न सक्ने छन् । बैंकको सेयरमा आज चदौ ८ गतेदेखि भदौ १७ गतेसम्म आवेदन दिन सकिने छ । सेयर खरिद गर्न इच्छुक जोकोही सर्वसाधारण लगानीकर्ताले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटलमा सम्पर्क गर्न सक्नेछन् ।