परिसूचक घट्दा बढ्यो सेयर कारोबार, ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले घटेकोे छ । लगातार घटेको परिसूचक बिहीबार पनि २०.१६ अंकले घटेर १८७४.६० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०६ प्रतिशतले बढी हो । बजारमा परिसूचक घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । बुधबार एक अर्ब रुपैयाँमा सीमित भएको सेयर कारोबार बिहीबार एक अर्ब ७० करोडको भएको छ । २९२ वटा स्क्रिप्स कारोबारमा आएको बजारमा सबैभन्दा बढी लक्ष्मी सनराइज बैंकको प्रमोटर सेयर कारोबार भएको छ । जसको एकैदिन १६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । घटेको बजारमा पनि आधार दर्जन कम्पनीको सेयर सर्किट लेभलमा बढेको छ । जसमा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १० प्रतिशतले, मिड सोलु हाइड्रोपावर कम्पनीको १० प्रतिशत, हाथवे इन्भेष्टमेन्ट नेपालको ९.९८ प्रतिशत, एनआईबीएल ग्रोथ फण्डको ९.९५ प्रतिशत, सानिमा ग्रोथ फण्डको ९.९४ प्रतिशत र सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । यता टप लुजरको शीर्ष स्थानमा सिटी होटल रहेको छ । जसको सेयर मूल्य ९.०९ प्रतिशतले घटेर प्रतिकित्ता ५८५ रुपैयाँमा झरेको छ । बजारमा कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड समूहबाहेक सबै समूह राताम्मे देखिएका छन् ।
आरएसडिसी लघुवित्तको ९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत, दोस्रो बजारमा कारोबार हुने
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । लघुवित्तले संस्थापक सेयर संरचनालाई ५१ प्रतिशतमा झार्ने बताएको छ । लघुवित्तका अनुसार संस्थापक सेयरधनीको ६० प्रतिशत सेयर स्वामित्व रहेको छ । उक्त सेयर स्वामित्वतबाट ९ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत गरी संस्थापकको ५१ प्रतिशत स्वामित्व कायम गर्ने भएको हो । संस्थापक संरचनालाई ५१ प्रतिशत कामय गर्ने भएकाले इच्छुक संस्थापकले सर्वसाधारणमा परिवर्तन गर्ने वा नगर्ने जानकारी गराउन लघुवित्तले आग्रह गरेको छ । संस्थापक सेयरलाई सर्वसाधारण गर्न इच्छुक नभएमा ३५ दिनभित्र जानकारी गराउन संस्थापक सेयरधनीहरुलाई लघुवित्तले आग्रह गरेको हो । यदि उक्त अवधिमा जानकारी नगराए कानून बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने लघुवित्तले जनाएको छ । उक्त सेयर सर्वसाधारण्मा परिणत भएपछि लघुवित्तको सेयर संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहको कायम हुनेछ । सर्वसाधारण सेयरमा परिवर्तन भएपछि उक्त सेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
मिर्मिरे लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला, १ हजार कित्ता लगानी गर्न पाइने
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज असोज २५ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका १ लाख २३ हजार ८१६।५ कित्ता सेयर बिक्री खुला गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ बिक्री गर्ने लघुवित्तले जनाएको छ । लघुवित्तको एफपीओमा लगानीकर्ताले छिटोमा असोज ३० गते र ढिलोमा कात्तिक ९ गतेसम्म आवेदन दिन सक्ने छन् । लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् लघुवित्तको सेयरमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।