निरन्तर ओरालो लागेको बजार ६ दिनपछि बढ्यो, ५ कम्पनीको सेयरमा सर्किट

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजार साताको अन्तिम दिन भने उच्च अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.९९ प्रतिशत अर्थात् ७८.१७ अंक बढेर २ हजार ६८८.३८ अंकमा बन्द भएको छ । यसअघि हिजो नेप्से परिसूचक २७.७३ अंक घटेर २ हजार ६१०.२१ अंकमा बन्द भएको थियो । निरन्तर ६ दिन ओरालो लागेको नेप्से सातौं दिनमा भने भारि अंकले बढेको हो । आज दिनभरिमा ३१८ कम्पनीको १ लाख ९४ हजार ३३ लाख १५४ कित्ता सेयर १० लाख ३ हजार ४६३ पटक खरिद–बिक्री हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर ८७ हजार ३६ पटक खरिद–बिक्री हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । बिहीबार अधिकांश कम्पनीको सेयर मूल्य बढेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आज २२९ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ समूह २.६६ प्रतिशत, विकास बैंक समूह २.७० प्रतिशत, फाइनान्स समूह ३.४० प्रतिशत, होटल तथा पर्यटन समूह २.५० प्रतिशत, जलविद्युत समूह ४.२४ प्रतिशत, लगानी समूह ३.७२ प्रतिशत, जीवन बीमा समूह ३.४६ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह २.१४ प्रतिशत, लघुवित्त समूह १.५८ प्रतिशत, निर्जीवन बीमा समूह २.०१ प्रतिशत, अन्य समूह ३.८२ प्रतिशत र व्यापार समूहको ०.६३ प्रतिशत बढेको छ । तर, म्युचुअल फण्ड समूह ०.०९ प्रतिशत घटेको छ । आज विभिन्न पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था, ग्रनी भेन्चर्स, इस्टर्न हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट र एशियन हाइड्रोको सेयर मूल्य १० प्रतिशत बढेको हो । तर, थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशत नकारात्म सर्किट लागेको छ । नेप्सेका अनुसार आज सीईडीबी हाइड्रो सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ४७ करोड ६५ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै हिमालयन रिइन्स्योरेन्सको २४ करोड ४८ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २४ करोड १२ लाख रुपैयाँ, अपि पावरको १८ करोड ८२ लाख रुपैयाँ र हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमनेन्ट कम्पनी (एचआईडीसीएलपी) को संस्थापक सेयर १७ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

निरन्तर ओरालो लाग्दै नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं । निरन्तर ओरालो लागिरहेको सेयर बजारले बुधबार पनि निरन्तरता पाएको छ । दिनभरि उतारचढाव हुँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.७३ अंक घटेर २ हजार ६१०.२१ अंकमा बन्द भएको छ । हिजो मंगलबार नेप्से परिसूचक १३.०९ अंक घटेर २ हजार ६३२.९४ अंकमा बन्द भएको थियो । आज दिनभरिमा ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर ८७ हजार ३६ पटक खरिद-बिक्री हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो मंगलबार ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार कित्ता सेयर १ लाख ११ हजार पटक खरिद-बिक्री हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । फाइनान्स समूहको ०.४३ प्रतिशत, निर्जीवन बीमा समूहको ०.०२ प्रतिशत र व्यापार समूहको ०.१६ प्रतिशत बढेको छ । बैंकिङ समूहको ०.९४ प्रतिशत, विकास बैंक समूहको १.०.२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६२ प्रतिशत, जलविद्युत समूहको ०.९२ प्रतिशत, लगानी समूहको १.१९ प्रतिशत, जीवन बीमा समूहको १.८५ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहको १.०१ प्रतिशत, लघुवित्त समूहको ०.५४ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.४३ प्रतिशत, अन्य समूहको ०.४७ प्रतिशत घटेको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । लघुवित्तको सेयर १० प्रतिशत अर्थात् २१८ रुपैयाँ बढेर २ हजार ४०३.५० रुपैयाँ पुगेको छ । यस्तै थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ९.४८ प्रतिशत, समाज लघुवित्तको ६.८१ प्रतिशत, कालिका लघुवित्तको ६.६६ प्रतिशत र सीईडीबी हाइड्रोपावरको ५.८२ प्रतिशत सेयर मूल्य बढेको छ । नेप्सेका अनुसार आज सीईडीबी हाइड्रो सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ हजार २५४ रुपैयाँका दरले ३४ करोड ७३ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनएलजी इन्स्योरेन्सको २१ करोड १० लाख रुपैयाँ, ग्रीन लाइफ हाइड्रोको १९ करोड २७ लाख रुपैयाँ, समृद्धि फाइनान्सको १८ करोड १६ लाख रुपैयाँ र हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमनेन्ट कम्पनी (एचआईडीसीएल) को संस्थापक सेयर १५ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नबिल फ्लेक्सी क्याप र ब्यालेन्स्ड फण्ड २ को लाभांश घोषणा

  काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २५ गते बसेको सञ्चालक समिति बैठकले नबिल फ्लेक्सी क्याप फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ का इकाईधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले नबिल फ्लेक्सी क्याप फण्डले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट इकाईधनीहरूलाई इकाई पुँजी ६२ करोड ४३ लाख १२ हजार रुपैयाँको करसहित ५ प्रतिशतका दरले ३ करोड १२ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । प्रतिफल वितरण प्रयोजनार्थ भदौ २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ २५ गतेसम्म कायम इकाईधनीहरूले मात्रै उक्त प्रतिफल प्राप्त गर्न सक्नेछन् । नबिल फ्लेक्सी क्याप फण्ड खुलामुखी योजना भएकाले प्रतिफल रकमलाई पुनः लगानी गर्न सकिने कम्पनीले जनाएको छ । इच्छुक इकाईधनीहरूले असोज १० गतेसम्म पुनः लगानी गर्न जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ । यस्तै नबिल ब्यालेन्स्ड फण्ड २ इकाईधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । उक्त प्रतिफल प्रयोजनार्थ असोज ११ गते एकदिनका लागि बुक क्लोज तोक्ने निर्णय गरेको छ ।