पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले घटेर २६५६ बिन्दुमा झरेको छ ।  आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको मूल्य घटेको छ ।  मंगलबार ३०६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सानीमा माइ हाइड्रोको भएको छ । सानिमाको ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ६० करोड, न्यादी गुप्रको ४६ करोड, राधी विद्युतको ३८ करोड र सोल्टी होटलको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

क्लियरिङ र सेटलमेन्ट प्रक्रिया छोट्याउन लगानीकर्ताहरूको माग

काठमाडौं । लगानीकर्ताहरूले क्लियरिङ र सेटलमेन्ट प्रक्रियामा समयसीमा छोट्याउन माग गरेका छन् । लगानीकर्ता छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेल, नेपाल पुँजी बजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष डिल्लिश्वर कार्कीले यस्तो माग गरेका हुन् ।  केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङ लिमिटेड (सीडीएससी)की प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकलाई सोमबार भेट गरेर बधाई तथा शुभकामना दिँदै लगानीकर्ताहरूले मोबाइल एप, अनलाइन प्रणाली र डिजिटल साक्षरता अभिवृद्धिको माध्यमबाट दूरदराजको लगानीकर्तालाई सेवा पुर्याउने, आईपीओ आवेदन प्रक्रिया थप सहज, पारदर्शी र प्रभावकारी बनाउने, क्लियरिङ र सेटलमेन्ट प्रक्रियामा समयसीमा छोट्याउने र लगानीकर्ताको गुनासो सुन्ने र समाधान गर्ने प्रभावकारी हेल्पडेस्क वा पोर्टल निर्माण गर्नुपर्ने माग गरे ।  पन्दाकको सीडीएससीकोको प्रगति थप सुदृढ, विश्वासिलो र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्ने विश्वास लगानीकर्ताहरूले लिएका छन् । लगानीकर्ताहरुले नेपालको पुँजी बजार प्रणालीलाई सशक्त, सुरक्षित, पारदर्शी तथा प्रविधिमैत्री बनाउने अभियानमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको र थप नवप्रवर्तनशील, उत्तरदायी तथा लगानीकर्तामैत्री बन्ने आशा र विश्वास रहेको लगानीकर्ताहरुको भनाइ छ ।  सीडीएससी नेपालको पुँजी बजारमा डिम्याट प्रणाली मार्फत सेयरधनीहरूको लगानीलाई सुरक्षित, व्यवस्थित र डिजिटल माध्यमबाट संचित गर्ने उद्देश्यले स्थापना भएको संस्था हो । यसले मुलुक भरका सेयर लगानीकर्ताका लागि हितग्राही खाता, कागजरहित सेयर कारोबार, आईपीओ आवेदन प्रणाली र सेयर ट्रान्सफर लगायतका विविध सेवा प्रदान गर्दै आएको छ ।  साथै हालैको अवधिमा मर्जर एवं एक्विजिसनको ट्रान्जेक्सन क्लियरिङ, बोनस सेयर तथा लाभांश वितरणको डिजिटल प्रक्रिया, तथा ई-क्लियरिङ सिस्टममा आधारित पोष्ट ट्रेड सर्भिस पनि प्रदान गर्दै आएको छ । 

सेयर बजारमा १३ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले बढेर २६५८ बिन्दुमा पुगेको छ । आज १२४ कम्पनीको मूल्य बढ्दा १२४ कम्पनीको मूल्य घटेको छ ।  सोमबार ३१८ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सानिमा माइ हाइड्रोको भएको छ । सानिमाको ९५ करोड रुपैयाँ बरारबरको कारोबार भएको छ । साथै, न्यादी गुप्रको ९० करोड, बुटवल पावरको ५८ करोड, सिगंटी हाइड्रो इनर्जीको ५७ करोड र राधी विद्युतको ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज पियोर इनर्जी र पिपुल्स पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।