प्राइम बैंकको नाफा ४ अर्ब बढी, लाभांश क्षमता १४.३३ प्रतिशत
काठमाडौं । प्राइम बैंकको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा १४.७२ प्रतिशत बढेर ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ३ अर्ब ५० करोड ७८ लाख ९४ हजार खुद नाफा आर्जन गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.९२ प्रतिशत बढेर ८ अर्ब ८२ करोड २४ लाख ३४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ७ अर्ब ८८ करोड २७ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १.७० प्रतिशत बढेर १ अर्ब ७० करोड ८३ लाख १७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३.५५ प्रतिशत बढेर ११ अर्ब १६ करोड ७५ लाख २० हजार रुपैयाँ र सञ्चालन नाफा २३.४३ प्रतिशत बढेर ६ अर्ब ५५ करोड ८० लाख १६ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ८ लाख १९ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १४.३३ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९९ करोड ५३ लाख ३९ हजार रुपैयाँ थियो । १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ११ अर्ब ५२ करोड ३४ लाख ९४ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा बैंकको निक्षेप २४.७२ प्रतिशत बढेर २ खर्ब ६३ अर्ब ३६ करोड ६ लाख ९४ हजार रुपैयाँ र कर्जा लगानी १६.२५ प्रतिशत बढेर २ खर्ब १० अर्ब ४६ करोड १७ लाख २४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ११ अर्ब १६ करोड २ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८१ अर्ब २ करोड ९५ लाख ६९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ८३.३९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ८६.२० प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी २०.७४ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १८.०८ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको प्रतिसेयर नेटवर्थ १७३.७२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.३२ गुणा छ । बैंकको खराब कर्जा अघिल्लो वर्ष ४.६५ प्रतिशत रहेकोमा गत वर्ष बढेर ५.५६ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १२.५१ प्रतिशत छ ।
नबिल इन्भेष्टेमन्टको एनआई ३१ बिक्री खुला, २५ लाख इकाई खरिद गर्न मिल्ने
काठमाडौं । नबिल इन्भेष्टेमन्ट बैंकिङ्गले आज साउन ३० गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले खुलामुखी योजना एनआई ३१ बिक्री गरेको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका २ करोड ५० लाख इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित राखि बाँकी रहेको १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको हो । कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा छिटोमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा सबै इकाई बिक्री नभए भदौ १३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टेमन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् ।
स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुला, ५ हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आज साउन ३० गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँको २ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये १ हजार १५५ कित्ता । कर्मचारी, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोष र २३ हजार १०० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब १ करोड ९५ लाख १९ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ९५ हजार १९५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा न्यूनतम् १० कित्ता र अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण बिक्री नभएमा भदौ १३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सिआस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।