सलिकोले २२.८६ प्रतिशत बढायो व्यवसाय, नाफा ४० करोड ३२ लाख रुपैयाँ

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)को गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा १२.५३ प्रतिशत घटेर ४० करोड ३२ लाख ६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ४६ करोड ९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत असारसम्ममा कम्पनीको खुद बीमा शुल्क २२.८६ प्रतिशत बढेर २ अर्ब ११ करोड ३५ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ७२ करोड २ लाख ९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए ।  गत वर्ष कम्पनीको कुल बीमा शुल्क २.३२ प्रतिशत बढेर ५ अर्ब ७६ लाख १४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ८९ करोड ३८ लाख ३६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।  समीक्षा वर्षमा कम्पनीको खुद दाबी भुक्तानी ३०.७१ प्रतिशत बढेर १ अर्ब ६९ करोड ४० लाख १८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब २९ करोड ५९ लाख ६९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  गत वर्ष कम्पनीको कुल आम्दानी १२.५० प्रतिशत बढेर ३ अर्ब ११ करोड ८८ लाख ५९ हजार रुपैयाँ र कुल खर्च १७.४७ प्रतिशत बढेर २ अर्ब ५४ करोड २८ लाख ५० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले अर्ब ७७ करोड २२ लाख ६४ हजार रुपैयाँ कुल आम्दानी गरेर २ अर्ब १६ करोड ४६ लाख ६१ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।  २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोष २१.३४ प्रतिशत बढेर २२ करोड ९३ लाख २ हजार रुपैयाँ, सञ्चित नाफा ९.२५ प्रतिशत घटेर ३६ करोड ६५ लाख २२ हजार रुपैयाँ र बीमा कोष ४.१३ प्रतिशत बढेर ६ अर्ब ८८ करोड ५२ लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ८.०७ रुपैयाँ घटेर १५.३७ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३९.१२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४७.२३ गुणा रहेको छ ।

झापा इनर्जीको आईपीओ खरिद गर्ने स्थानीयलाई आज अन्तिम मौका

काठमाडौं । झापा इनर्जीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन १४ गतेदेखि बिक्री खुला गरेको आईपीओमा स्थानीयले आज साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ८० हजार १९० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको हो । जसमध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरका बासिन्दालाई र १ लाख ९० हजार ९५ कित्ता सेयर झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दालाई छुट्याइएको छ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।  स्थानीय बासिन्दाले हिमालय बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । ​​​​​इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

खर्च घटेपछि शिवम् सिमेन्टको नाफामा २०५.८३ प्रतिशत उछाल, रिजर्भमा पौने ४ अर्ब रुपैयाँ

काठमाडौं । शिवम् सिमेन्टको गत आर्थिक वर्ष २०८१÷८२ खुद नाफा २०५.८३ प्रतिशत बढेर ७९ करोड ४१ लाख ८ हजार रुपैयाँ रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्ष २५ करोड ९६ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ०.७८ प्रतिशत बढेर ७ अर्ब ७६ करोड ४२ लाख ९६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ अर्ब ७० करोड ४० लाख ६० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  गत वर्ष कम्पनीको अन्य आम्दानी ३०.७८ प्रतिशत घटेर १३ करोड ९४ लाख रुपैयाँ र कुल नाफा ६६.२९ प्रतिशत बढेर १ अर्ब ७२ करोड ९३ लाख ७८ हजार रुपैयाँ गरेको छ ।  समीक्षा वर्षमा कम्पनीको बिक्री लागत ९.४४ प्रतिशत घटेर ६ अर्ब ३ करोड ४९ लाख १७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीको बिक्री लागत ६ अर्ब ६६ करोड ४१ लाख २७ हजार रुपैयाँ थियो । कम्पनीको बिक्री लागत घटेपछि नाफा बढेको हो । कम्पनीको प्रशासनिक खर्च २१.४६ प्रतिशत बढेर २७ करोड ५१ लाख ३६ हजार रुपैयाँ, वितरण खर्च ३.६७ प्रतिशत घटेर ६५ करोड ५३ लाख ४६ हजार रुपैयाँ, वित्त लागत ७९.५० प्रतिशत घटेर १ करोड १ लाख ८६ हजार रुपैयाँ र कुल खर्च १.६६ प्रतिशत घटेर ९४ करोड ६ लाख ६९ हजार रुपैयाँ गरेको छ ।  गत वर्ष कम्पनीको चुक्ता पुँजी ८.५४ प्रतिशत बढेर ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार रुपैयाँ, सेयर प्रिमियम रिजर्भ ९५ करोड ६२ लाख ३३ हजार रुपैयाँ र अन्य जगेडा कोष १०.४६ प्रतिशत बढेर ३ अर्ब ८७ करोड ६७ लाख ५६ हजार रुपैयाँ रहेको छ ।  गत असारसम्म कम्पनीको प्रतिसेयर आम्दानी १४.५५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.५७ रुपैयाँ रहेको छ ।