प्रियंका र आयुषमानले फ्यानहरुसँग मोःमोःउत्सव मनाए

काठमाडौँ । कोका–कोला नेपालद्वारा आयोजित चौथो संस्करणको ‘कोक र मःमः पर्फेक्ट जोडी’ नारा सहितको मोःमोःउत्सवले कोक र मःम प्रेमीहरु माझ लोकप्रियता कमाएको छ । नायक÷नायिकाहरु प्रियंका कार्की र आयुषमान देशराज जोशीलले मोःमोः उत्सवको रौनक बढाउन काठमाडौंका विभिन्न आउटलेट र होटलहरुमा भ्रमण गर्दै फ्यानहरुसँग बसेर कोका–कोला र विभिन्न परिकारको मःमःको मज्जा लिइरहेका छन् । प्रियंका र आयुषमानले मंगलबार नयाँ बानेश्वरका मुड अन केफ, बर्गर हाउस, बर्गर क्लब, बिशाल मःमः र चिकेन स्टेशनका आउटलेटहरुमा भ्रमण गरेका छन् । प्रियंका र आयुषमानले विभिन्न आउटलेटका संचालक, स्टाफ् र फ्यानहरुसँग भेटघाट गरेर कोक र मःमःको अनुभव बढाउदै फोटो खिचेका छन् । आयुषमानले मोःमोःउत्सवको अनुभव साट्दै भने, ‘मलाई कोका–कोला मोःमोःउत्सवले विभिन्न परिकारको मःमः र चिसो कोका–कोलाको अनुभव बढाउन अवसर प्रदान गरेको छ ।’

चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष भट्टराईले गरे पदबहाली

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष केशव भट्टराईले पदबहाली गरेका छन् । सोमबार चलचित्र विकास बोर्डको कार्यलयमा भव्य स्वागत सहित पदबहाली गरेका हुन् । पदभारको दायित्यलाई आत्मसाथ गर्दै आगामी दिनहरुमा बार्डले चलचित्र विकास सम्बन्धी नयाँ कार्ययोजना सहित चलचित्र क्षेत्रको विकासका लागि भएका केहि कमी कमजोरी सुधारेर अगाडी बढ्ने बताए । अफिस भित्र बसेर बाहिरी कुरालाई निर्याल्ने जानकारी दिँदै बक्स अफिस सु व्यवस्थित एवं निर्माणका लागि सरकारलाई दबाब दिने बताए । उक्त कार्यक्रममा नेपाल चलचित्र निर्माण संघको अध्यक्ष आकाश अधिकारीले नव नियुक्त अध्यक्षलाई बधाई तथा कार्यकालको शुभकामना दिँदै लामो समयदेखि चलचित्र क्षेत्र र बोर्ड दुरी बढिरहेको महसुस गरेकाे बताउँदै अबका दिनमा चलचित्र निर्माण तथा विस्तार सम्बन्धी केहि आशा उत्पन्न भएको बताए । ३०, ३५ वर्ष यहि क्षेत्रमा लागेका अध्यक्ष भट्टराईको नियुक्तीसँगै फिल्मी क्षेत्रमा केही आशा उत्पन्न भएको चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी जानकारी दिए । चलचित्र निर्माताको रुपमा चिनिने भट्टराईले लामो समयदेखि चलचित्र विकास बार्डमा महासचिव, वरिष्ठ तथा उपाध्यक्ष्य समाल्दै आएका थिए ।

विदेशी चलचित्र हेर्दा विदेशिन्छ वार्षिक करोडौँ नेपाली रुपैयाँ

काठमाडौं । नेपालीहरु नेपाली भाषाका चलचित्र मात्र हेर्दैनन् । विदेशी भाषाका चलचित्र हेरेर मनोरञ्जन लिने नेपालीको संख्या पनि उल्लेख्य रहेको छ । विदेशी भाषाका चलचित्र हेरेर नेपालीले मनोरञ्जन लिंदा वार्षिक रुपमा करोडौँ रुपैयाँ विदेशिने गरेको छ । नेपाल चलचित्र विकास बोर्डका अनुसार वार्षिक १ सयको हाराहारीमा विदेशी भाषामा चलचित्र नेपाली सिनेमा घरहरुमा चल्ने गरेका छन् । ती विदेशी भाषाका चलचित्रबाट कम्तिमा ५ लाखदेखि बढीमा २ करोड नेपाली रुपैयाँ विदेशिदै आएको चलचित्र विकास बोर्डका चलचित्र संग्रहालय, पुस्तकालय, प्रेक्षालय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईले बताए । प्रत्येक विदेशी चलचित्रलाई आम्दानीको १५ प्रतिशत कर लगाइएकाे छ । यसरी संकलन भएको रकम मध्ये ५ प्रतिशत स्थानीय तहको विकास निर्माणका छुट्याउने गरेको चलचित्र विकास बोर्डले जानकारी दिएको छ । हलिउड र बलिउडका चलचित्र मात्रै सिनेमा घरमा प्रदर्शन नेपाली भाषाका बाहेक हाल नेपालमा हलिउड र बलिउडका चलचित्र मात्र सिनेमा घरहरुमा प्रदर्शन हुँदै आएको छ । यस वर्ष हलिउड ५० वटा र बलिवड ५० चलचित्र नेपाली सिनेमा घरमा प्रदर्शन भएको बोर्डका अधिकृत गुरागाईले बताए । नेपालमा अमेरिकन, चाइनिज, कोरियन, इजरायली, युरोपियन देशका फिल्महरु विभिन्न उत्साहका अवसरमा प्रदर्शन हुँदै आएका छन् । अमेरिकन दूतावासले प्रत्येक महिनाको तेश्रो हप्ताको विहीबार कुमारी हलमा चलचित्र प्रदर्शन गर्ने गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।