युट्युबमा ६२ घण्टामा १० करोड पटक हेरियो, कोरियाली ब्ल्याकपिङ्कको भिडियो

काठमाडौं । दक्षिण कोरियाली पप सङ्गीतको समूह ब्ल्याकपिङ्ककाे म्युजिक भिडियो युट्युबमा सबैभन्दा धेरै १० करोड पटक हेरिएर कीर्तिमान राख्न सफल भएको छ । ‘किल दिस लभ’ नामक भिडियाले दुई दिन १४ घण्टामा सो सङ्ख्या पार गर्दै अर्काे कोरियाली पीएसवाईको जेन्टलम्यान गीतको कीर्तिमानलाई भङ्ग गरेको हो । युट्युबका अनुसार पहिलो दिनमा सो भिडियोले ५ करोड ६७ लाख पटक हेरिएको थियो । सो भिडियो सार्वजनिक भएको २४ घण्टामा सबैभन्दा बढी हेरिएर कीर्तिमान कार्यम राख्न ब्ल्याकपिङ्क सफल भएको जनाएको छ । यसअघिको आरियाना ग्रान्डेको म्युजिक भिडियोले कीर्तिमान बनाउन सफल भएको छ ।   युट्युबमा २४ घण्टामा बढी हेरिएको भिडियो यस्ता छन् ः १. ब्ल्याकपिङ्क किल दिस लभ, ५ करोड ६७ लाख २. आरियाना ग्रान्डे, थ्याङ्क्रयु नेक्स्ट, ५ करोड ५४ लाख ३. बीटीएस आइडल अफिशल, ४ करोड ५९ लाख ४. टेलर स्विफ्ट लुक ह्वाट यू मेड मी डु, ४ करोड ३२ लाख ५. एमिनेम किलसट, ३ करोड ८१ लाख सन् २०१६ मा बनेको ब्ल्याकपिङ्क समूहमा जिसु, जेनी, लोझे र लिसा सदस्य छन् । ब्ल्याकपिङ्कले सन् २०१६को अगस्टमा पहिलो एल्बम स्क्वायर वन निकालेको थियो । यो समूह अमेरिकाको इतिहासमा सबैभन्दा चर्चित कोरियाली महिला पप समूह बन्यो र सन् २०१८ मा ‘डु डु डु’ भिडियो युट्युबमा बढी हेरिएको कोरियाली पप भिडियो बनेको थियो । भिडियो हेर्नुहोस् ।  

‘हिमाल मेरो देश’ कविता संङ्ग्रह लिएर आए युवाकवि दिनेश घिमिरे

काठमाडौं । युवा साहित्यकार दिनेश घिमिरेको तेस्रो कविता कविता संङ्ग्रह ‘हिमाल मेरो देश’ को विमोचन गरिएको छ । बहुभाषिक कविगोष्ठी, रक्तदान कार्यक्रम, वातावरण तथा विज्ञान प्रदर्शनी एवम् साँस्कृतिक कार्यक्रममा उक्त कविता संङ्ग्रहको पूर्वमन्त्री कृपासुर शेर्पा र प्रदेशसभा– ३ का सांसद् रामेश्वर फुयाँल र साहित्यकार जगन्नथा देवकोटाले संयुक्त रूपमा गरेका हुन् । उक्त संङ्ग्रहमा ४८ वटा कविताहरू छन् । संङ्ग्रहको समीक्षा गर्दे साहित्यकार प्रयागराज भट्टराई ‘वाशिष्ठ’ ले संङ्ग्रहको शीर्षकले, साजसज्जाले कविताहरूको गाम्भीर्यतालाई प्रस्ट्याएको बताए । संङ्ग्रहभित्र शिक्षा, समाज सेवा, समाजका विभिन्न अङ्गहरूको वर्णन, विश्लेषण र राजनीतिका सकारात्मक र नकारात्मक पक्षप्रति व्यङ्ग्य गरिएका कविताहरू रहेको उनले बताए । उनले भने, ‘कृतिभित्र शिक्षा छ । राजनीतिको सकारात्मक पक्ष र नकारात्मक पक्षप्रति व्यङ्य छ । समाज सेवा र समाजका विभिन्न अङ्गहरूको पनि यसमा वर्णन, विश्लेषण रहेको छ ।’ कविताहरू शास्त्रीय छन्दमा रहेको बताउँदै भट्टराईले नेपाली साहित्यमा लोकप्रिय गजलको लयमा पनि कविता आधारित रहेको बताए । उनले भने, ‘संङ्ग्रहमा शास्त्रीय छन्दमा कविताहरू रहेका छन् । नेपाली साहित्यमा लोकप्रिय बनेको गजलका जुन लय छ, त्यसमा आधारित पनि छ ।’ कवितामार्फत् कविले असल बनेर देशको सेवा गर्न उत्प्रेरित गरेको उनको भनाई छ । ‘शिक्षा लिनका लागि जो लालाहित छन्, देश निर्माणका लागि अगाडि जुटेका छन्, समाजसेवामा जुटेका छन्, धर्मसंस्कृतिको सेवामा जुटेका छन्, यि सबैलाई लेखकले असल बनेर नेपाल देशको सेवा गर्न उत्प्रेरित गर्नुभएको छ ।’ साहित्यकार भट्टराईले भने । कविताहरूमा भावनाको निखार छ । भावनाको तिखार छ । भावनाको मश्रिल अनुभूति भएको बताउँदै भट्टराईले कविको कलमले, अनुभूतिले देशलाई, उँचो बनाउन मद्दत पुगेको बताए । त्यस्तै अर्का समीक्षक रमेश शुभेच्छुले फरक शैलीका कविताहरूले कविले क्षमता प्रदर्शन गरेको बताए । उनले भने, १४ वटा बाल कविताहरू छन् । ४ वटा प्रौढ कविताहरू छन् । २८ वटा गीति कविताहरू छन् । यि तिनवटै शैलीका कवितामा कविले क्षमता प्रदर्शन गर्नुभएको छ ।’ कवि प्राध्यापक भएकाले बालकविताहरूमा बालकालिकाहरूलाई नैतिक उपदेशको पक्षलाई बढी महत्त्व दिएको समीक्षक शुभेच्छुले बताए । घिमिरेका भोजपरे खिचडी (कवितासंङ्ग्रह) २०६७, मेरा जीवनका चरणहरू, भाग–१ (खण्डकाव्य) २०७०, फूल र म (कवितासंङ्ग्रह) २०७०, शालीकराम (शोककाव्य) २०७० प्रकाशित भएका छन् । उनका कृतिमा हिमाल मेरो देश (कवितासंङ्ग्रह) २०७६ पनि थपिएको छ । उक्त कविता संङ्ग्रहलाई उर्वर साहित्य समाजले प्रकाशनमा ल्याएको हो ।

नेपाल आईडलका विजेता ओडको पहिलो गीत ‘मिठो बोली’ सार्वजनिक

काठमाडौं । नेपाल आईडल सिजन २ का विजेता सुदुरपश्चिमका रवि ओडको पहिलो गीत ‘मिठो बोली’ बजार आएको छ । सांगीतिक जीवन औपचारिक शुरुवात भएसँगै अभिनयमा रवि ओडलाई एलिशा राईसँग देख्न सकिन्छ । कृष्ण के.सीको शब्दमा रहेको उक्त गीतमा संगीतकार हरी लम्सालले संगीत गरेका हुन् ।  शिव विकेको कोरियोग्राफी तथा निर्देशनमा उक्त म्युजिक भिडियो तयार भएको हो । नेपाल आईडलका विजेता ओडको यो पहिलो गीतका साथै अभिनय रहेको नयाँ गीत ‘मिठो बोली’ सार्वजनिक भएको छ । भिडियाे हेर्नका लागि तल क्लिक गर्नुहोस् ।