बालेन्द्र शाह टाइम म्यागेजिनको १०० उदयीमान सूचीमा
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा पारेका छन् । विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका उनलाई बुधबार सो पत्रिकाको अनलाइन संस्करणले एक सय उदयीमान नेतृत्वको सूचीमा समेटेको हो । स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय प्रमुख शाहले यथास्थितिमा मतदाताको भावनालाई सामाजिक सञ्जाल टिकटक, ट्विटर र इन्स्टाग्राम प्रयोग गर्दै आफ्नो पक्षमा पार्न सफल भएको पत्रिकाले उल्लेख गरेको छ । गोरखा भूकम्पले तहसनहस गरेको काठमाडौँमा प्रमुख शाहले फोहरको राम्रो विसर्जन र सरसफाइ, सुरक्षित पिउने पानीको व्यवस्था, सफा सडक र सहरी विकासका साथसाथै सांस्कृतिक सम्पदाको संरक्षणलगायत सरल प्रतिवद्धता र अभियान गरेर निर्वाचनमा सफल भएको पत्रिकामा जनाइएको छ । साथै फोहरको वर्गीकरण गर्न प्रारम्भ गरेको तथा फोहर व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर गरेकोसमेत पत्रिकामा उल्लेख छ । प्रमुख शाहले सहरका गैरकानुनी भवन भत्काउँदा तथा व्यवस्थापन गर्दा सहरी गरिबमा प्रभाव परेको र आलोचना भएकोसमेत जनाइएको छ । पत्रिकाले विभिन्न क्षेत्रमा एक सय उदयीमान व्यक्तित्वको सूची प्रकाशन गरेको छ ।
बुढानिलकण्ठ नगरपालिकासँग समन्वय नगरी कार्य गरेकोले महानगरलाई रोक लगाएको हो : अधिवक्ता गिरी
काठमाडौं । मालपोत कार्यालयमा दर्ता कायम, अहिले घरसमेत रहेको र त्यहीँ बसोबास गरिरहेको घरजग्गाको सीमानामा रहेको ढलमाथि बनेको एकमात्र निकास बाटो रोक्ने गरि काठमाडौ महानगरपालिकाले जबरजस्ती डोजर लगाई ढल खोल्ने कार्यलाई उच्च अदालत पाटनले रोक लगाएको छ । उच्च अदालत पाटनले काठमाडौ उपत्यका बिकास प्राधिकरणबाट ठेक्का प्राप्त गरी निर्माण भईरहेको बक्स कलर्भट निर्माण कार्यमा अवरोध नर्गन काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्याधिसद्धय दुर्गा बहादुर बिश्वकर्मा र अमृत बहादुर बस्नेतको सयुक्त इजलासले यस्तो आदेश दिएको हो । उच्च अदालतले दिएको आदेशमा भनिएको छ काठमाडौ महानगरपालिकाले आनि गुम्बा देखि आराम्भ चोकसम्म समेत तथा बक्स कन्र्भटको सरोकारवाला तथा बिनियोजित बजेट समेत प्रभाबित भई निबेदकहरुलाई अपुरणिय क्षति हुने देखिदा प्रस्तुत निबेदनको अन्तीम टुङ्को नलागेसम्म निबेदकहरुको बासस्थान तथा हाल चालु रहेको बक्स कलर्भट निर्माणको कार्यलाई अवरोध हुने गरी कुनै पनि अनधिकृत काम कार्यान्यन नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिएको छ । हरिराम श्रेष्ठले दायर गरेको रिटमा निबेदकको तर्फबाट अधिवता बिष्णु कुमार गिरी, दुर्गा कोईराला भूपाल ढकालले बहस गरेका थिए । काठमाडौ महानगरपाकिलाको तर्फबाट अधिवत्ता ओम प्रकास अर्याल, तथा बुढानिलकष्ठ नगरपालिकाको तर्फबाट अधिवत्ता पुन्य प्रसाद काफ्लेले बहस गरेका थिए अधिवत्ता बिष्णु कुमार गिरीले महानगरपाकिलाले कुनै योजना बिना एक्लौटी तरीकाले छिमेकी नगरपालिकासँग समेत समन्वय नगरी कार्य गरेकोले अदालतले महानगरको कार्यलाई रोक लगाएको बताए । काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ६ र बुढानिलकण्ठ न.पा. वडा नं. १० को सीमानामा पर्ने जग्गामा घर बनाइ बर्षौँदेखि बसोबास गर्दै आएका छौं । हामी निवेदकहरुले धेरै बर्ष पहिलादेखि आआफ्ना सम्पत्तीहरु स्वतन्त्रपुर्वक भोग चलन गरिरहेका छौं । यस स्थानमा कयौ अन्य स्थानबाट समेत आफ्नो घर जग्गा विक्रि गरि, यस स्थानमा घरजग्गा खरिद गरि, सम्बन्धित स्थानीय तहबाट नक्सा पास गराइ, कानुन बमोजिम तिर्नु पर्ने सम्पूर्ण राजस्व (कर) तिरीबसोबास गरि रहेको अवस्थामा एक्कासी साउन २५ गतेका दिन विपक्षी काठमाडौं महानगरपालिकाले डोजरसहितको हाम्रो छिमेकको घरजग्गामा प्रवेश गरि उहाँहरुलाई आतंंकित गरि हाम्रो घर छिमेकमा बनेको ढलनिकास र त्यसमाथि बनेको पिच सडक खन्ने तथा भत्काउने गरे । खुल्ला ढल निकास भई मरेका जिबजन्तु, घरका फोहरहरु समेत फ्याकी, दुर्गन्धित भई हिड्नै नसकिन, टाउको दुख्ने वाकवाकी लाग्ने जस्ता समस्या आई आउँ, हैजा, टाईफाईड जस्ता महामारि रोग फैलिन थालेपछि २०६१ सालमानै उपभोक्ताहरुको समिति बनाई जिल्ला बिकाश समिति काठमाण्डौ र तत्कालिन कपन गा.बि.स., का.म.न.पा. –६ समेतको सरकारी बजेट र सहयोगमा ढल पाईप राखि खुल्ला ढललाई ब्यबस्थित गरिएको हो । उक्त इलाकामा २०६४ सालको पुनः नापिमा बाटोको रुपमा नाप नक्सा समेत भई सकेको छ । ठुलो मात्रामा उक्त ढलमा कपन तथा का.म.न.पा तर्फका आरुबारी महाँकाल गा.वि.स.समेतबाट सहायक ढल हाली उक्त ढलमा बर्षादको पानी नअटेको कारण बक्स कल्भर्टबाट मात्र निकास हुने भएकोले संघिय बजेटपरि काठमाडौं उपत्यका बिकास प्राधिकरणबाट ठेक्का लागि साततल्ले आनिगुम्बा सडक भनि बक्स कल्भर्ट काम सुरु भई सकेको छ । आनी गुम्बा तर्फबाट बक्स कल्भर्टको धेरै भाग सम्पन्न भइ केहि भाग मात्र बाँकी छ भने तेन्जीङ चोक तर्फबाट आएको बक्स कल्भर्ट सम्पन्न भई सकेको छ । आनी गुम्बादेखि आरम्भ चोक सम्मको बक्स कल्भर्टको कार्य केहि समयमा सम्पन्न हुन लागेकाले त्यस भन्दा तल खुल्ला राख्दा ढलको दुर्गन्धले स्वच्छ वाताबरणमा बस्न पाउने नागरिकको मौलिक हक माथि आघात पुगेको छ रिटमा भनिएको छ ।
काठमाडौं महानगरले सार्वजनिक गर्यो तत्काल गर्नुपर्ने कामको सूची
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ । महागरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई निर्देशनसमेत दिएका छन् । तत्काल गर्नुपर्ने कामको सूचीमा हाइमास्ट लाइट जडान, विद्युतीय सेवा सञ्चालन, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन, स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनलगायतका छन् । साथै सामुदायिक कुकुरको बन्ध्याकरण, अनुगमन सूचक (पूर्वाधार, वडास्तर, विभाग, आयोजना तथा कार्यक्रम स्तर, सार्वजनिक खरिद मूल्याङ्कन प्रक्रिया) निर्माण, कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयन, ऐन कार्यान्वयनको अवस्था, आवश्यकपर्ने कार्यविधि निर्माण, महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनलगायत रहेको महानगरको भनाइ छ । आकाशे पुलमा सिसाका बार बनाउने, सडक पेटीलगायत संरचनाको नियमित मर्मत सम्भार, यातायात व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण पनि सूचीमा समावेश गरिएको छ । महानगरको कार्यालय काठमाडौँ प्लाजामा स्तनपान कक्ष निर्माण गराउने विषय पनि सूचीमा राखिएको छ । महानगरले गत साता पनि सबै वडालाई सार्वजनिक शौचालयको नमूना प्रदान गरी आवश्यक स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न निर्देशन दिएको थियो । विगत केही वर्षदेखि नै महानगरले सार्वजनिक स्थानमा शौचालय निर्माण गर्ने भने पनि अहिलेसम्म निर्माण अघि बढाउन सकेको छैन । महानगरले चालु आवमा भौतिक पूर्वाधार निर्माणका लागि सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ रकम विनियोजन गरेको छ ।