पछिल्लाे २४ घण्टामा १३ सय जनाको पीसीआर प्रविधिबाट परीक्षण

काठमाडौं । पछिल्लाे २४ घण्टामा १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको जनाएकाे हाे । विदेशबाट परीक्षण किट ल्याएपछि पछिल्लो केही दिनयता सरकारले पीसीआर परीक्षण बढाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ सय १० रहेको छ जसमा ३१ जना निकाे भइसकेका छन् ।

थप दुई जना कोरोना संक्रमित विराटनगरबाट डिस्चार्ज

काठमाडाैं । थप दुई जना कोरोना संक्रमित विराटनगरबाट डिस्चार्ज भएका छन् । विराटनगरको कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भएर डिस्चार्ज भएका हुन् । भोजपुरका २७ वर्षीय युवक र  झापा दमकका ६३ वर्षीय वृद्ध निको भएर डिस्चार्ज भएका हुन् ।

भारतमा कोरोना सङ्क्रमितको संख्या ६३ हजार, ३० प्रतिशत निको

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ६३ हजार पुगेको छ । सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत सङ्क्रमितलाई निको भएको छ । शनिबारमात्रै झण्डै ३ हजार ३ सय २० जना कोरोना भाइरस सङ्क्रमितहरु थपिएको जनाइएको छ । यो सँगै भारतमा कुल सङ्क्रमितको संख्या ५९ हजार ६ सय ६२ पुगेको छ । आइतबार दिउँसो एक बजेसम्म थप १ सय ७० जनामा कोरोना देखिको छ । हालसम्म २ हजार १ सय ९ जनाको मृत्यु भएको छ । बिहानदेखि १ बजेसम्म मात्रै २० जनाको ज्यान गएको छ । त्यसैगरी सङ्क्रमणमुक्त हुनेहरुको संख्या १९ हजार ४ सय ६० जना रहेको अधिकारीहरुले जनाएका छन् । सङ्क्रमित र मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि कतिपय विकसित देशहरुमा जस्तो अनियन्त्रित र भयावह अवस्था सिर्जना हुन सक्ने भन्ने विषय विश्लेषण भइरहेको छ । काेराेना भाइरसले विश्वमा ४१ लाख ३ हजार ५ सयभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् । त्यस्तै २ लाख ८० हजार ४ सय ७० जनाले ज्यान गुमाएका छन् भने १४ लाख ४३ हजार ४ सयभन्दा बढी उपचार पछि घर फर्किएका छन् ।