कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४२ लाख ५२ हजार ३ सय ३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ८७ हजार १ सय ३३ जनाको मृत्यु भइसकेको छ भने १५ लाख २५ हजार ८ सय ९० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ८१ हजार ७ सय ९१ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १३ लाख ८५ हजार ८ सय १३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ७० हजार ७ सय ६८ पुगेको छ भने अहिलेसम्म २ हजार २ सय ९४ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १ सय ३४ जना संक्रमित भएका छन् भने ३३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

थप १३ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १३४ पुग्याे

काठमाडाैँ । नेपालमा थप १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परिक्षणमा थप १३ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सहप्रवक्ता डा. समीरकुमार अधिकारी जानकारी दिएका हुन् । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का  २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । साेमबार मात्रै कपिलवस्तुमा १० जना र सप्तरीमा १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । याेसँगै नेपालमा काेराेना सैक्रमितकाे संख्या १३४ पुगेकाे छ । जसमध्ये ३३ जना निकाे भएर घर फर्किएका छन् ।

थप एक जनामा देखियो कारोना संक्रमण

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  गरिएकाे परीक्षणमा सप्तरी  डाक्नेश्वरी नगरपालिकाकाे वडा नं‌ ३ मा बस्ने १८ वर्षिय युवकमा काेराेना संक्रमण पुष्टि भएको हाे । यससँगै, नेपालमा कोरोना संक्रमितको संख्या एक सय २१ पुगेको छ । साेमबार मात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।