विश्व स्वास्थ्य संगठनलाई २ अर्ब डलर दिने चीनले गर्याे घोषणा
काठमाडौं । चीनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने घोषणा गरेको छ । विश्वमा कोरोनाले भयावह स्थिति पैदाँ गरेसँगै चीनले सो रकम कोरोना भाइरस विरुद्ध लड्नका लागि डब्लुएचओ प्रदान गर्ने निर्णय गरेको राष्ट्रपति सि चिन फिङले जानकारी दिए । विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोना भाइरस सम्बन्धि विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने जनाएको छ । राष्ट्रपति फिङले भने ‘हामीले कोरोना भाइरसको नियन्त्रण र उपचारसम्वन्धी आफ्ना अनुभव सबैलाई बाँड्न चाहन्छौं, हाम्रो श्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौं ।’ कोरोना नियन्त्रण तथा न्युनिकरणका लागि संयुक्त राष्ट्रसंघीय यस निकायलाई चीनले सहयोगको घोषणा गरेकाे अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएकाे छ ।
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख ८७ हजार ८ सय ४२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख १९ हजार ९ सय ६० जनाको मृत्यु भइसकेको छ भने १९ लाख ४ हजार ५ सय ४० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९१ हजार ९ सय ७६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख ५० हजार ८३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ३ सय ४० पुगेको छ भने अहिलेसम्म ३ हजार १ सय ५६ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३ सय ७५ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
थप १८ मा कोरोना पुष्टि, संक्रमितको संख्या ३७५ पुग्याे
काठमाडौं । नेपाल थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा १२,धनुषा २,खोटाङमा १,दैलेखमा १,सुनसरीमा १ र झापामा १ जनामा कोरोना पुष्टि भएको छ । सोमबार एकैदिन ८० नयाँ संक्रमित थपिएका हुन्। यसअघि एकैदिन सर्वाधिक ८३ जनामा संक्रमण देखिएको थियो। यो संगै नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ भने निकाे भएर घर जानेकाे संख्या ३७ रहेकाे छ ।