बढ्दाे कोरोना संक्रमणले अवस्था झन् झन् खराब हुनसक्ने डब्ल्यूएचओको चेतावनी
काठमाडौं । सरकारले थप निर्णायक कदमहरू चाल्न विफल भएमा कोरोना भाइरस महामारी ‘खराबमाथि खराब’ हुँदै जाने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले ‘थुप्रै देशहरू गलत दिशातर्फ गइरहेको’ बताए । प्रमाणित उपायहरू नअपनाइएका वा नपछ्याइएका ठाउँमा सङ्क्रमितहरू बढिरहेको उनले बताए । गेहब्रेयससले के भने ? सोमवार जिनिभामा बोल्दै डा गेहब्रेयससले ‘नेताहरूको मिश्रित सन्देशले’ उनीहरूले महामारीलाई नियन्त्रणमा ल्याउन सक्छन् भन्ने जनविश्वासलाई कमजोर पारेको बताए । ‘यो भाइरस आम मानिसको एक नम्बरको शत्रु बनेको छ तर सरकार र मानिसहरूका गतिविधिले त्यस्तो देखाउँदैन,’ उनले भने । उनले सामाजिक दूरी, हात धुने, आवश्यक ठाउँमा मास्क लगाउनेजस्ता गतिविधिलाई गम्भीर रूपमा लिनुपर्ने बताए । ‘निकट भविष्यमा पुरानो सामान्य अवस्था फर्कने देखिँदैन ।’ उनले चेतावनी दिँदै भने, ‘यदि आधारभूत कुरालाई पछ्याइएन भने यो महामारी जाने एउटै बाटो छ । त्यो भनेको खराब, खराब र खराब हुनु हो ।’ अमेरिकी देशहरूमा केन्द्रविन्दु उत्तर र दक्षिण अमेरिकी देशहरू यतिखेर महामारीको केन्द्रविन्दु बनेका छन् । डब्ल्यूएचओको आपत्कालीन सेवा सम्बन्धी निर्देशक डा माइक रायनका अनुसार अमेरिकी देशहरूमा खुकुलो पारिएको लकडाउनका उपायले केही ठाउँमा ‘व्यापक सङ्क्रमण’ फैलाएको थियो । ल्याटिन अमेरिकामा अहिलेसम्म १ लाख ४५ हजारभन्दा बढी कोरोना भाइरससँग जोडिएका मृत्यु पुष्टि भएका छन् । आधाजसो ती मृत्यु ब्राजिलमा भएको छ जहाँ राष्ट्रपति जइर बोल्सोनारूले भाइरससँग जुझ्ने कडा उपायहरूको विरोध गरेका थिए । त्यहाँ जाँच नै कम भएकाले त्यस्तो सङ्ख्या अझै उच्च हुनसक्ने ठानिएको छ । अमेरिकामा उच्च प्रभाव संयुक्त राज्य अमेरिकामा एकातर्फ सङ्क्रमितहरू बढिरहँदा अर्कोतर्फ राष्ट्रपति डोनल्ड ट्रम्प र स्वास्थ्य विज्ञहरूबीच तनाव देखिएको छ । सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा अहिलेसम्म ३३ लाखभन्दा बढी सङ्क्रमण पुष्टि भएका छन् भने १ लाख ३५ हजारभन्दा बढीको भाइरसका कारण मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको विवरण छ । सङ्क्रमितको सङ्ख्यामा ह्वात्तै वृद्धि देखिएपछि अमेरिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य क्यालिफोर्नियामा पुनस् कडा प्रतिबन्धका नियम लागु गरिएका छन् । गभर्नर ग्याभिन न्युसमले रेष्टुराँ, बार, मनोरञ्जन स्थल, चिडियाखाना र सङ्ग्रहालयजस्ता भवनपरिसरभित्रका गतिविधि तत्काल लागु हुनेगरी बन्द गर्न लगाएका छन् । महामारीबाट उच्च प्रभावित अमेरिकाका विभिन्न क्षेत्रमा गिर्जाघर, व्यायामशाला र शैलुनहरू समेत बन्द गरिनेछन् । पछिल्ला दुई सातामा क्यालिफोर्नियामा परीक्षण गरिएकामध्ये सङ्क्रमितको सङ्ख्या २० प्रतिशतले वृद्धि भएको छ । आइतवार फ्लोरिडामा एकैदिन १५ हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएका थिए । इङ्ग्ल्याण्डमा मास्क अनिवार्य ब्रिटेनको सरकारले आउँदो साताबाट इङ्गल्याण्डका पसल र सुपरमार्केटहरूमा मुख ढाक्नेगरी मास्क लगाउनैपर्ने नियम ल्याएको छ । प्रधानमन्त्रीको कार्यालयबाट जारी गरिएको विज्ञप्ति अनुसार भिडभाड हुने र घरभित्रका ठाउँमा मास्क लगाएर आफू र वरपरका मानिसहरूलाई सुरक्षित पार्न सकिन्छ भन्ने स्पष्ट प्रमाणहरू पाउन थालिएको बताइएको छ । सार्वजनिक सवारीमा मास्क लगाउने नियम भने जुन महिनादेखि नै लागु छ । तर त्यसबारे कुराहरू राम्रोसँग प्रस्ट नपारिएको भन्दै सरकारको आलोचना हुने गरेको छ । ब्रिटेन कोरोनाभाइरसको महामारीबाट बढ्ता प्रभावित हुनेमध्येको देशमा पर्छ । त्यहाँ अहिलेसम्म २ लाख ९१ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ४४ हजारभन्दा बढीले भाइरसका कारण ज्यान गुमाएका छन् । (बीबीसी)
विश्वभर कोरोना संक्रमितकाे संख्या १ करोड ३२ लाख नाघ्यो, ७६ लाख ९१ हजारबढी काेराेनामुक्त
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड ३२ लाख २९ हजार ३ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार मंगलबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ७४ हजार ९ सय ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ७६ लाख ९१ हजारभन्दा बढी मानिस निको भएका छन् । सबैभन्दा बढी अमेरिकामा ३४ लाख ७९ हजार ३ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३८ हजार २ सय ४७ जनामा रहेका छन् । उपचारपछि १५ लाख ४९ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । अमेरिका पछि कोरोनाले भयावह स्थिति पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२ हजार ९ सयभन्दा बढी रहेका छन् । त्यस्तै हालसम्म कोरोना संक्रमितको संख्या १८ लाख ८७ हजार ९ सय ५९ पुगेका छन् । उपचार पछि निको हुनेको संख्या १२ लाख १३ हजार ५ सय नाघेको छ । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ९ लाख ७ हजारभन्दा बढी संक्रमित छन् । २३ हजार ७ सय २७ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ७२ हजारबढी उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १६ हजार ९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १० हजार २ सय ९४ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)
१७ सय पाँचजना काेराेना निकाे भएर घर फर्किए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ७०५ रहेको छ । निको हुनेको सङ्ख्या नेपालमा कोभिड–१९ सङ्क्रमण देखिए यताकै उच्च हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले आजसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४ पुगेको बताए । कूल कोरोना सङ्क्रमितमध्ये ६० दशमलव सात प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १४४ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । विभिन्न २५ प्रयोगशालामा गरिएका पाँच हजार ८५६ नमूना परीक्षणमा ८२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १६ हजार ९४५ पुगेको छ । प्रदेशगतरुपमा आज कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा छ, प्रदेश नं २ मा ४१, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा आठ, प्रदेश नं ५ मा १४, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् । देशभरका क्वारेन्टिनमा हाल २३ हजार ४७० सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आजसम्मकै उच्च नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ७०५ रहेको छ । निको हुनेको सङ्ख्या नेपालमा कोभिड–१९ सङ्क्रमण देखिए यताकै उच्च हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले आजसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४ पुगेको बताए । कूल कोरोना सङ्क्रमितमध्ये ६० दशमलव सात प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १४४ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । विभिन्न २५ प्रयोगशालामा गरिएका पाँच हजार ८५६ नमूना परीक्षणमा ८२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १६ हजार ९४५ पुगेको छ । प्रदेशगतरुपमा आज कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा छ, प्रदेश नं २ मा ४१, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा आठ, प्रदेश नं ५ मा १४, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् । देशभरका क्वारेन्टिनमा हाल २३ हजार ४७० रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ६१३ रहेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ रहेको छ । हालसम्म प्रदेश नं १ मा एक जनाको पनि कोभिड–१९ का कारण मृत्यु भएको छैन भने प्रदेश नं २ मा चार, बागमती प्रदेशमा नौ र गण्डकी प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, प्रदेश नं पाँचमा १० जना, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा छ जनाको मृत्यु भइसकेको छ । प्रवक्ता डा गौतमले हालसम्मको तथ्याङ्कअनुसार विश्वभर एक करोड ३० लाख ४९ हजार १०७ कोरोना सङ्क्रमित भएका छन् । कोरोनाले पाँच लाख ७१ हजार ८०७ को निधन भइसकेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा अगाडि रहेको छ । भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि रहेको छ । त्यस्तै, प्रति दश लाख जनसङ्ख्यामा कोरोनाका कारण मृत्यु हुनेमा पनि नेपालमा अफ्गानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा कम छ । नेपालमा ५००भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् । त्यस्तै, हाल सङ्क्रमित नरहेको जिल्ला धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच रहेका छन् । काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले अस्पताल, बैंकलगायतका स्थान सजगता गरिने प्रवक्ता गौतमले बताए । उनले जिल्ला जिल्लामा क्वारेन्टिनमा रहेका व्यक्ति घर फर्किएकाले त्यहाँ रहेका सामग्री र फोहरको उचित व्यवस्थापन गर्नुपर्ने उनले बताए । उनले भने, “फोहर यत्रतत्र नफाल्न र उचित व्यवस्थापनका लागि हामी सबैलाई अनुरोध गर्दछौँ ।”रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ६१३ रहेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ रहेको छ । हालसम्म प्रदेश नं १ मा एक जनाको पनि कोभिड–१९ का कारण मृत्यु भएको छैन भने प्रदेश नं २ मा चार, बागमती प्रदेशमा नौ र गण्डकी प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, प्रदेश नं पाँचमा १० जना, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा छ जनाको मृत्यु भइसकेको छ । प्रवक्ता डा गौतमले हालसम्मको तथ्याङ्कअनुसार विश्वभर एक करोड ३० लाख ४९ हजार १०७ कोरोना सङ्क्रमित भएका छन् । कोरोनाले पाँच लाख ७१ हजार ८०७ को निधन भइसकेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा अगाडि रहेको छ । भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि रहेको छ । त्यस्तै, प्रति दश लाख जनसङ्ख्यामा कोरोनाका कारण मृत्यु हुनेमा पनि नेपालमा अफ्गानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा कम छ । नेपालमा ५००भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् । त्यस्तै, हाल सङ्क्रमित नरहेको जिल्ला धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच रहेका छन् । काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले अस्पताल, बैंकलगायतका स्थान सजगता गरिने प्रवक्ता गौतमले बताए । उनले जिल्ला जिल्लामा क्वारेन्टिनमा रहेका व्यक्ति घर फर्किएकाले त्यहाँ रहेका सामग्री र फोहरको उचित व्यवस्थापन गर्नुपर्ने उनले बताए । उनले भने, “फोहर यत्रतत्र नफाल्न र उचित व्यवस्थापनका लागि हामी सबैलाई अनुरोध गर्दछौँ ।” रासस