धरानमा उपचाररत कोरोना संक्रमित ७३ वर्षीय वृद्धको मृत्यु

काठमाडौ ।  कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक वृद्धको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको बिहिबार राती मृत्यु भएको हो । गत बुधबार वृद्धलाई अस्पताल भर्ना गरिएको थियो। मुटु, मधुमेह, उच्च रक्तचाप विरामी समेत रहेका उनलाई भर्ना गर्दा ज्वरो र खोकी पनि देखिएपछि आइसोलेसनमा राखिएकाे अस्पतालले जनाएकाे छ । याेसँगै नेपालमा काेराेनाकाे कारण मृत्यु हुनेकाे स‌ंख्या ४० पुगेकाे छ ।

बिहिबार काठमाडाैं उपत्यकामा १ जना मात्र कोरोना संक्रमित थपिए

काठमाडाैं ।  काठमाडौं उपत्यकामा १ जना मात्र कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमित काठमाडाैंकाे १ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ३ सय ६६ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ३७, ललितपुरकाे ७६ र भक्तपुरकाे ४५ जना रहकाे छन् । आज नेपालमा १ सय ६७ जना काेराेना संक्रमित थपिएका छन् भने २१३ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १७ हजार ३ सय ४४ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ११ हजार २ सय ४९ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३९ जको मृत्यु भइसकेकाे छ ।

नेपालमा थप १ सय ६७ जनामा कोरोना पुष्टि, २१३ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ६७ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १७ हजार ३ सय ४४ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ११ हजार २ सय ४९ रहेकाे छ । अर्थात हाल ६ हजार ५६ सकृया कोरोना संक्रमित रहेका छन् । हालसम्म नेपालमा काेराेनाकाे कारण ३९ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म ३ लाख ३ हजार ८ सय १० काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । हाल देशभर २३ हजार ५ सयजना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ५६ जना आईसाेलेसनमा रहेका छन् ।