मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । मेयर शाक्यको सचिवालयका अनुसार उनलाई कोरोना पाेजेटिभ देखिएकाे हाे । उनले दुई दिनअघि स्वाब दिएका थिए । उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण नदेखिएकाे बताइएकाे छ ।  

काठमाडाैं उपत्यकामा साेमबार २९८ जना काेराेना संक्रमितको थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय ९८ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको १९०, ललितपुरको ६७ र भक्तपुरको ४१ जना रहेको गौतमले बताए । याेसँगै संक्रमितकाे संख्या काठमाडौंमा ४ हजार ५ सय २२, ललिपुरमा ६ सय ८५ र भक्तपुरमा ५ सय १७ जना पुगेकाे छ । आज देशभर ८ सय ९९ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

नेपालभर थप ८ सय ९९ जनामा काेराेना संक्रमित थपिए, ७ जनाकाे मृत्‍यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० जना पुगेको छ । हाल क्वारेन्टिनमा ७ हजार ३ सय ३७ जना रहेका छन् भने आजसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै हालसम्म २१ हजार ४ सय १० जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या २२८ पुगेकाे छ ।