सरकारी ल्याबलाई कोरिया सरकारले दिएन मान्यता, विमानस्थलबाटै फर्किए यात्रु
काठमाडौं । नवलपरासीका बाबुराम कुमाल सोमबार दिउँसो दक्षिण कोरोया जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । कोरियाबाट बिदामा नेपाल आएका कुमाल सरकारले दोस्रो चरणको कोरोना संक्रमणलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय उडान बन्द गर्दा नेपालमा नै रोकिए । करिब दुई महिनापछि सरकारले सिमित वायुसेवा कम्पनीलाई उडानको अनुमति दिएपछि उनी नवलपरासीबाट काठमाडौं आएका हुन् । कोरियाबाट नेपाल आउने बेलामा नै फर्कने टिकट लिएर आएर उनी कोरिया जान सरकारी ल्याबमा कोरोना परीक्षण (पीसीआर) गरेका थिए । उनले निजी क्षेत्रको ल्याबमा भन्दा सरकारी ल्यावबाट सहज हुने अनुमान गर्दै उनले कीर्तिपुर नगरपालिकाले सञ्चालन गरेको कीर्तिपुर नगरपालिका त्रिवि बायोटेक कोरोना प्रयोगशालामामा पीसीआर परीक्षण गराए । नियमानुशार ७२ घण्टा भित्रको कोरोना परीक्षणको नेगेटीभ रिपोर्ट लिएर उनी सोमबार कतार एयरवेजको उडान मार्फत कोरोया जाने तयारी गरी विमानस्थल पुगेका थिए । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गएर विमानस्थल पुगेका उनी पीसीआर परीक्षणको नेगेटिभ रिपाेर्ट देखाउँदा समेत कोरीया जान पाएनन् । कोरिया जान भन्दै घरबाट विदाई भएर काठमाडौं आएको उनी पुनः घर फर्कने तयारीमा छन् । सरकारी ल्याबको रिपोर्टलाई विश्वास गरेर विमानस्थल पुगेका उनी कोरिया सरकारले कीर्तिपुर ल्याबलाई मान्यता नदिएको भन्दै पीसीआर रिपोर्ट नमिलेको भन्दै विमानस्थलबाट फर्काइएको छ । कोरिया सरकारले नेपालबाट आउने यात्रुका लागि ४ वटा ल्यावको रिपोर्टलाई मान्यता दिँदा कीर्तिपुर ल्याबमा परीक्षण गरेका उनी कोरिया जान पाएनन् । कोरिया सरकारले उक्त ल्याबको रिपोर्टलाई मान्यता नदिने भएपछि कतार एयरवेजले उनलाई विमानस्थलबाट नै फकाईएको जानकारी आएको विमानस्थल कार्यालयले जनाएको छ । ‘सरकारी ल्याबलाई मान्यत दिएको छ भन्ने खबर सुनेको थिएँ, त्यही अनुसार सरकारी ल्याबको परीक्षण रिपोर्ट लिएर विमानस्थल पुग्दा मान्यता दिईएको छैन भनेर फर्काईयो’, कुमालले दुखेसो पोख्दै भने, ‘निषेधाज्ञाको बीचमा नवलपरासीबाट बल्लतल्ल काठमाडौं आएँ, फेरि गाउँ नै फर्कनुपर्ने भयो, यसअघि समयमा जान नपाउँदा टिकट सारेको थिए, अब सार्दा उता (कोरियाको रोजगारदाताले) मान्छ कि मान्दैन थाहा छैन, सिमित ल्याबलाई मात्र मान्यता दिएर सिन्डिकेट लागु गर्दा समस्या भयो ।’ नेपालस्थित कोरियन दुतावासले कोरिया जानका लागि ४ वटा प्रयोगशालाको रिपोर्टलाई मात्र मान्यता दिएको छ । टुकेस्थित शुक्रराज अस्पताल, जनमैत्री, पाटन र स्टार अस्पताललाई मात्र मान्यता दिएको छ । यात्रु फिर्ता गएको र रिपोर्टलाई मान्यता दिएको वा नदिएको विषयको जिम्मा स्वास्थ्य मन्त्रालयको भएको विमानस्थलका एक कर्मचारीले बताए । ‘हाम्रो अधिकार यात्रुले तोकिए बमोजिमको कागजपत्र ल्याए नल्याएको हो, बाँकी जिम्मा स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयको हो,’ ती कर्मचारीले भने । सरकारी ल्याबलाई मान्यता दिइएको भने तापनि केही वायुसेवा कम्पनीले आफूखुशी निर्णय गर्दा सरकारी ल्याबको विश्वास गुम्ने खतरा बढेको कीर्तिपुर ल्याबका वायो टेक्नोलोजिष्ट गणेश अधिकारी बताउँछन् । ‘स्वास्थ्य मन्त्रालयले सबै सरकारी ल्याबलाई पीसीआर परीक्षणको मान्यता दिएको छ, सरकारले दिएको मान्यताको आधारमा हामीले परीक्षण गर्ने हो, केही वायुसेवा कम्पनी र सम्बन्धित देशले सिमिति ल्याबलाई मात्र मान्यता दिएर सिन्डिकेट लागू गर्दा सरकारी ल्याबको विश्वसनियता माथि प्रश्न उठन थालेको छ’, उनले भने । सरकारी ल्याबले किन पाएन मान्यता ? सरकारले सरकारी ल्याब र केही निजी ल्याबहरुलाई ‘ए ग्रेड’ तोकेको छ । ए ग्रेडका ल्याबमा गरेको पीसीआर परीक्षणलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता पाउने सरकारले भनिरहेको छ । तर, त्रिभुवन विश्वविद्यालय (टीयू) को ल्याबमा गरेको परीक्षणले नै मान्यता नपाएपछि नेपाल सरकारले तोकेको ए ग्रेडका ल्याब के प्रयोजनका लागि ए ग्रेड तोकिए भन्ने प्रश्न पनि उठेको छ ।
गोल्छा ग्रुपले शिक्षण अस्पताललाई दियो सामसुङ्गको ३० वटा माइक्रोवेभ ओभन
काठमाडौं । गोल्छा ग्रुपले आइतबार टिचिंग अस्पतालमा कोभिडका स्वास्थ्यकमीलाई सामसुङ्गको ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा गु्रपका निर्देशक शीमा गोल्छाले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो । कार्यक्रममा गोल्छा गु्रपका निर्देशक शीमा गोल्छाले भने , “हामी नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाललाई सहयोग गर्न पाउँदा निकै खुसी छौँ । हाम्रो यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरुलाई उनीहरुको खटिन पर्ने कठिन तथा व्यस्थ समयलाई राहतप्रदान गर्न मद्दत गर्नेछ भनेर हामीले महसुस गरेका छौँ । यीनिः स्वार्थी र समर्पित स्वास्थ्यकर्मी प्रति कृतज्ञता व्यक्त गर्ने यो अवसर पाउँदा हामी कृतज्ञ छौँ । ”
नेपालकाे ४० प्रतिशत क्षयरोग बिरामीमा कोरोना संक्रमण
काठमाडाैं । नेपालमा ४० प्रतिशत क्षयरोग बिरामीमा कोरोना संक्रमण पुष्टि भएको एक अध्ययनले देखाएको छ । छातीरोग विशेषज्ञ डा. नविनप्रकाश साहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ सम्बन्धि प्रेस ब्रिफिङमा आइतबार क्षयरोग केन्द्रले गरेको अध्ययनले यस्तो देखाएको बताएका हुन् । क्षयरोग र कोभिडको लक्षण करिब उस्तै हुने भन्दै कोरोनासँगै क्षयरोगको समेत परीक्षण गर्न डा. साहले आग्रह गरेका छन् । ‘क्षयरोग र कोभिड–१९ दुबै स्वासश्वासमा समस्या ल्याउने रोग हुन् । दुवै रोगका लक्षणहरू पनि मिल्दाजुल्दा हुन्छन् । कसैलाई ज्वरो आउने, थकाई लाग्ने, छाती दुख्ने लगायतका लक्षण देखिएमा कोभिडका साथसाथै टिबीसम्बन्धी खकार जाँच गराउनुहुन अनुरोध छ,’ उनले भने । उनले क्षयरोग भएका रोगीमा कोरोना संक्रमण भए चाँडै निमोनिया हुने तथा स्वाप्रश्वासमा गम्भिर समस्या ल्याउने बताउँदै समयमै सजगता अपनाउन पनि आग्रह गरे ।