‘ओमिक्रोन’ बाट बच्न सरकारले थाल्यो पूर्वतयारी, सीसीएमसीमा छलफल हुँदै

काठमाडौं । अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ । सोमवार गृह मन्त्तालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताएका हुन् । उनले नेपालमा कोरोना संक्रमण कायमै रहेकोले र हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकहरुलाई अन अराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरुलाई निर्देशन दिइसकेको बताए । प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकि अफ्रिकी मुलुकमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकोले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताए । उनले भाइरसको बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने बताए । ‘अब अहिले बास्तवमा हामी कोभिड-१९ संक्रमणको नै क्रममा छौं । हामी कम्प्लिट्ली रिकोभर भइसकेको होइन । विभिन्न किसिमको भाइरसहरुको संक्रमण छ भन्ने कुरा पहिलेदेखि नै पनि थियो र अहिले हालसालै ओमिक्रोन भन्ने भाइरसको संक्रमण अफ्रिकी मुलुकबाट आएको छ भन्ने कुरा सुनिएको छ । त्यसपछि हामीले यसलाई शतर्कता अपनाउनको लागि अब हामीले के गर्ने ? भन्ने सन्दर्भमा अफ्रिकी मुलुक भनेको छ, यो देश, त्यो देश भनेको छैन । त्यसको प्रमाणिकता पनि हामीले पाइसकेको छैन । तै पनि शतर्कता अपनाउनु पर्छ संक्रमणको चरणमा छौँ भनेर हामीले अफ्रिकी देशहरुबाट आउने नागरिकहरुलाई यहाँ जुन अन अराइभल भिसा दिने सिस्टम थियो, त्यसलाई बन्द गरौँ भनेर हामीले अध्यागमन कार्यालय र २२/२३ वटा कति एयरलाइन्स छन् ती सबैलाई निर्देशन दिइसकेको अवस्था पनि छ । उसले ल्याउँदा पनि ल्याउँदैन र यहाँ आउनु भयो भने इन्ट्री फ्रिज (प्रवेश नदिने) गर्छौं भनेर भनेको छ । यो भाइरस भनेको भोलि प्रमाणिकता होला, हामीमै पनि यहीँ डेभलप भएको हुनसक्छ । त्यसको बारेमा जे होला हामीले त्यही निर्णय गर्नुपर्छ । यस बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको अवस्था छ । त्यहाँ पनि हाम्रो तर्फबाट प्रतिनिधि जानुहुन्छ । जे कुरा आउँछ, त्यही अनुसार हामी टेक्निल सल्लाह बमोजिम कार्यान्वयन पक्षमा कडा रुपमा जान्छौँ । यो हामीले यहाँ मात्रै होइन, बोर्डर एरियामा पनि निर्देशन जारी गरिसकेको अवस्था छ । त्यहाँ पनि हेर्नुहोला । त्यो किसिमको मानिस आए, संक्रमण देखिए नजिकको स्वास्थ्य संस्थामा पुर्याउनु होला भनेका छौं,’ प्रवक्ता पोखरेलले भने । प्रवक्ता पोखरेलले कोरोनाको नयाँ प्रकार ‘ओमिक्रोन’ को बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको बताए । उनले नेपाल भित्रिने नाकाहरुमा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरुलाई चेकजाँच गर्न र नजिकको स्वास्थ्यचौकी पुर्याउन निर्देशन दिएको बताए । दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा नयाँ भेरिएन्ट बी.१.१.५२९ ‘ओमिक्रोन’ पुष्टि भएको थियो । त्यसपछि यो नयाँ भेरिएन्ट अत्यधिक मात्रामा उत्परिवर्तन हुने भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले थप चुनौती बढेको भन्दै शतर्कता अपनाउन चेतावनी दिएको छ ।

अब गङ्गालाल अस्पतालमा पनि पीसीआर परीक्षण शुल्क १ हजार

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा गरिने पीसीआर परीक्षण शुल्क अन्य सरकारी अस्पतालसरह एक हजार कायम गरिएको छ । सरकारी र निजी स्वास्थ्य संस्थामा पीसीआर परीक्षणबापत लिइएको शुल्कमा एकरुपता कायम गर्न र उक्त अस्पतालमा पनि अन्य सरकारी अस्पतालमा सरह शुल्क निर्धारण गर्न निर्देशन दिएपछि सोमबारबाट सो व्यवस्था कार्यान्वयनमा आएको हो । गङ्गालाल अस्पताल सञ्चालक समितिको अध्यक्षका हैसियतले मन्त्री खतिवडाले सो अस्पतालमा पीसीआर परीक्षण शुल्क एक हजार ७०० लिँदै आएकामा एकरुपता नभएको भन्दै सुलभ मूल्य कायम गर्न निर्देशन दिएका थिए । अहिले केन्द्रीय प्रयोगशाला टेकु, वीर, सिभिललगायतका सरकारी अस्पतालमा एक हजार कायम छ भने विदेश जानेका लागि त्रिभुवन विमानस्थल परिसरमै निजी संस्थाले एक हजार २०० लिइरहेका छन् । स्वास्थ्य मन्त्रीको निर्देशन र अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीको तत्परतापछि आवश्यक प्रक्रिया पूरा गरी सोमबारबाटै लागू हुने गरी एक हजारमै पीसीआर परीक्षण शुल्क तोकिएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । मुटुको शल्यक्रिया गर्ने बिरामीको पीसीआर गर्दा शुल्क एक हजार मात्र लिन मिल्ने गरी विलिङ र सफ्टवेयर प्रणाली सोमबारबाटै कार्यान्वयनमा आएको र यसले सर्वसाधारणलाई राहत पुगेको स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए । सरकारी अस्पतालमा इमर्जेन्सी सेवा निःशुल्क, सर्वसाधरणको सहज पहुँच र सेवा सुविधा पारदर्शी गर्ने सम्बन्धमा पनि छिट्टै निर्णय हुने उनले बताए । मन्त्रालयका सचिव डा रोशन पोखरेलले अस्पतालका निर्देशक डा अधिकारीलाई स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन तत्काल कार्यान्वयन गरी नागरिकप्रति उत्तरदायी बन्न तथा पीसीआर परिक्षण शुल्क एक हजार कायम निर्देशन दिएका छन् । रासस

नयाँ भेरियन्टसँग नेपाललाई सर्तकता अपनाउन डब्लूएचओको सुझाव

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालसहित दक्षिणपूवी एसियाका देशलाई सर्तकता बढाउन अनुरोध गरेको छ। उत्तर अफ्रिकी देशहरुमा गएकाे नाेभेम्बर २४ मा देखिएकाे कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सँग डब्लूएचओले दक्षिणपूर्वी देशहरुलाई सर्तकता अपनाउन अनुरोध गरेको हो । आज(मंसिर १२) डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले  प्रेस विज्ञप्ति जारी गर्दै विश्वव्यापी रूपमा संक्रमितको संख्या बढ्दै कारण एसिया क्षेत्रका देशहरुलाई निगरानी बढाउन, सार्वजनिक स्वास्थ्य र सामाजिक दुरीका उपायहरुलाई अपनाउन र खोप लगाउनेकाे स‌ंख्या बढाउन अनुरोध गरेकी छिन् ।