चिसाेमा बाथ राेगका बिरामीले के कुरामा ध्यान दिने ?

काठमाडाैं । अहिले देशैभरी चिसो बढिरहेको छ । बढ्दो चीसोसँगै बिरामीहरु पनि बढेका छन् । पुराना दीर्घ रोग भएका देखि चीसोबाट हुने पखालादेखी रुघाखोकी, निमोनियाको बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका रोगीहरुलाई बढी च्याप्ने गरेको देखिन्छ । आज हामीले बाथ रोगका बिरामीको कसरी हेरचाह गर्ने, औषधि उपचार कसरी गर्ने, अन्य रोग र बाथरोगको लक्षण कसरि छुट्याउने भन्ने बारे चिकित्सक डा. अभिलाषा शाहसँग हामीले संवाद गरेका छौँ । संवादको क्रममा डा. शाहले मानिसहरुमा देखिएका अन्य रोगहरुको र बाथ रोगको लक्षण उस्तै लाग्ने भएकोले बाथ रोगको लक्षणमा पनि मानिसहरु गलत धारणा र अनुमानले उपचार गरिरहेको बताएकी छिन् । डा. शाहले बाथ रोग सम्बन्धि समाजमा केहि गलत धारणा रहेको बताइन् । यस्तो अवस्थामा बाथ रोगको उपचार गर्नु पर्नेमा अन्य रोगको उपचार गर्न खोज्ने अन्य रोगको उपचार गर्नुपर्नेमा बाथ रोगको उपचार धेरै हुने पाइएको छ । डा. शाहले बाथ रोगको पहिचान परिक्षण गरेरमात्र स्पष्ट हुने बताइन् । प्रस्तुत छ डा. अभिलाषा शाहसँग बाथ रोग सम्बन्धि गरिएको कुराकानी – डा.अभिलाषा तपाईले दिनहुँ बाथरोगका बिरामी चेकजाँच गर्नुहुन्छ, हामो समाजमा कस्तो रुपमा पाउनुहुन्छ, बाथरोगको अवस्था ? बाथरोग भन्ने हो भने नेपालमा खास बाथरोग धेरै नै देखिएको छ । धेरै मात्रामा छ तर त्यसको डाइगोनोसिस मात्रै नभएको हो । पहिला त बाथरोग भनेको के हो नै धेरैले बुझेको छैन । सचेतना जानकारी नभएर पनि होला । बाथरोगको लक्षणहरु देखेपछि विशेषज्ञकोमा नगइकन यो डाइगोनोसिस नभएको हुनाले मात्र बाथरोग भन्ने, खालि बुढाबुढीलाई मात्र हुन्छ भन्ने एउटा गलत बुझाइ धारणा छ । बाथरोग भनेको दिनदिनै डब्ल्यूएचओको तथ्यांकअनुसार भनिन्छ कि विश्वमा मोर देन १० प्रतिशतलाई बाथरोग छ । नेपालमा त्यस्तो कुनै अध्ययन त भएको छैन । कति जनालाई बाथ छ, के छ ? तर अहिले बिस्तारै बिस्तारै सचेतना बढ्न थाल्यो, डाइनोसिस हुन थाल्यो । त्यसपछि बाथको बिरामीहरु दिनदिनै बढेको देखिन्छ । बाथरोग कस्तो रोग हो र कसरी मानिसमा देखा पर्दछ ? बाथरोग एकप्रकारको अटो इम्युनडिजिज पनि हो । अटो इम्युन भन्नाले के हो भने जुन हाम्रो रोगसँग लड्ने शक्ति हुन्छ, जसलाई इम्युन सिस्टम भनिन्छ । बाथरोगको बिरामीहरुमा यो इम्युन सिस्टम अटोम्याटिकली काम काम गर्ने हुन्छ । अटोम्याटिकली आफ्नै अंगहरुलाई हानी, नोक्शानी पु¥याउने, जस्तै जोर्नीदेखि लिएर भित्रि अंग मुटु, मिर्गौला, कलेजो, फोक्सो, आँखा, छाला, विभिन्न अंगमा असर गर्ने देखिन्छ । यो एउटा अटो इम्युन रोग हो । कुनै बाथरोग वंशानुगत पनि आएको देखिन्छ । स्पनडाइलो अथराइटिस भन्ने बाथरोग भयो, वंशानुगत आउने बाथ पनि हो । कुनै बाथ जसले मांशापेशीलाई मात्र असर गर्दछ । कसैलाई बाथरोग छ भनेर कसरी थाहा पाउने, प्रारम्भिक रुपमा कसरी अनुमान गर्न सकिन्छ ? बाथरोग भनेपछि धेरैजसो, सामान्यतया देखिने लक्षण्हरु बाथको, जोर्नीहरु दुख्ने, सानो तथा ठूलो जोनीहरु दुख्ने, जोर्नीहरु सुन्निने, जोर्नीहरु कक्रक्क पर्ने, बिहान सुतेर उठ्दा, रेस्ट गरेर उठ्दा जोर्नीहरु मुठि पार्न गाह्रो हुने, टाइट हुने, यो सामान्यतया बाथको शुरुवाती लक्षण हो । बाथअनुसार लक्षण पनि फरक फरक नै हुन्छ । जस्तै गठियाबाथमा जोर्नी दुख्ने हुन्छ भने, बाथ सयौँ प्रकारको हुन्छ, जति खालको बाथ हुन्छ लक्षण पनि त्यस्तै फरक हुन्छ । सामान्य लक्षणहरु त जोर्नी दुख्ने, सुन्निनेहरु नै हो । कपाल झर्ने, पातलो हुने, घाममा जाँदा अनुहार रातो हुने, जसलाई बटरफ्लाई ¥यास भनिन्छ । गाला रातो हुने, मुखमा बारम्बार घाउहरु निस्किने, चिसोमा औँलाहरु नीलो, सेतो हुने, छालामा डाबरहरु आउनेदेखि लिएर लामो समयदेखि ज्वरो आउने, विभिन्न लक्षण बाथमा देखा पर्छन् । अहिले चिसो दिनदिनै बढीरहेको छ, चिसोमा बाथरोगका बिरामीहरुलाई बढी समस्या हुन्छ गाह्रो पर्छ भनिन्छ, किन होला ? अब त्यो कारण के हुनसक्छ भने जुन पेनको रिसेप्टरहरु हुन्छन्, पेनको पोइन्टहरु जुन मान्छेहरुमा हुन्छ, चिसोले त्यसलाई बढी सेन्सेटाइज गरेर बाथले जाडोमा बढी दुख दिने हुन्छ । त्यो भन्दैमा बाथ जाडोमा मात्रै देखापर्ने हुँदैन । बाथ गर्मीमा पनि उत्तिकै मात्रामा देखिन्छ । तर जाडोमा धेरै बिरामीहरुलाई बाथले दुःख दिएको यही कारणले गर्दा नै हो । यस्तो बेला कसरी हेरचाह गर्ने, कस्तो खानपिन गर्ने, कस्तो औषधि लिने ? बाथको बिरामीहरुले जाडोमा गर्नुपर्ने तातो, न्यानो, लुगा लगाउने, तातो भएर बस्ने, चिसो पानी नचलाउने, चिसोबाट टाढा बस्ने, फ्रिजको कुराहरु कोक, फेन्टाहरु नखाने, तातो गरेर वार्म गर्ने, आफ्नो जोर्नीहरुलाई न्यानो बनाएर राख्ने, बाथलाई जाडोमा अलिकति नियन्त्रण गर्न जरुरी छ । कस्तो अवस्थामा अस्पताल जाने, हामी कहाँ कस्तो बाथरोगको लागि कस्तो उपचार व्यवस्था छ ? लक्षणहरु कुनै देखापरे भने, जोर्नी दुख्ने, सुन्निनेदेखि विभिन्न लक्षणहरु त्यस्तो देखियो भने चिकित्सककोमा जाने, बाथरोग विशेषज्ञकोमा जाने, समयमै राइट डाइनोसिस गरेको खण्डमा वा समयमै औषधि उपचार भयो भने बाथको उपचार प्रारम्भिक चरणमा भयो भने बाथलाई धेरै नियन्त्रण गर्न सकिन्छ । बाथ यतिसम्म खतरनाक हुन्छ कि, त्यसले ज्यान जानसक्ने पनि हुनसक्छ । त्यसैले समयमै त्यसको डाइनोसिस गर्दा राम्रो हुन्छ । त्यसको लागि हामीले अल्का अस्तालमा बारम्बार अवेरनेश कार्यक्रमहरु गरिरहेका हुन्छौँ । त्यसमा मेडिकल क्याम्प, फ्रि क्याम्प, गरिरहेका हुन्छौँ र अहिले पनि अल्का अस्पतालमा नै नौ दिनको ठूलो क्याम्प गरिहेका छौँ । त्यसमा बाथमा विभिन्न परीक्षणहरु निःशुल्क गरिरहेका छौँ । साथै औषधि पनि । अहिले दोस्रो चरणको शिविर चलिरहेको छ । बाथरोगसम्बन्धी समस्या छन् भने परीक्षण गराउन आउनुहोला । बालबालिका र वृद्धवृद्धाहरुलाई कसरी हेरचाह गर्ने ? बाथ भनेको सानो बच्चादेखि बुढाबुढीसम्म जुनकुनै पनि एज ग्रुपमा लाग्न सक्छ । लक्षण देखियो भने समयमै जाने उपचार गर्ने । बच्नको लागि तातो, न्यानो गर्नुपर्छ । अर्को कुरा केही गरी कसैको तौल उमेरअनुसार भन्दा धेरै छ भने तौल ठीक बनाउने, स्वस्थ जीवनशैली अपनाउने, खानाहरु र डाइटहरुमा नियन्त्रण गर्ने । बाथ लाग्यो भनेर गेडागुडीदेखि सबै बार्ने हाम्रो जुन गलत सोचाई छ, त्यो नगरी पहिला कुन बाथ हो त्यो पत्ता लगाउने र विशेषज्ञको सल्लाहअनुसार अघि बढ्नुपर्छ ।

ओमिक्रोन जोखिम धेरै उच्च भएको डब्ल्यूएचओको भनाइ

जेनेभा । ओमिक्रोनले अझै पनि धेरै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने डब्लुएचओले बुधबार चेतावनी दिएको छ । धेरै देशहरूमा अत्याधिक मात्रामा कोरोनाभाइरस ओमिक्रोन संस्करणले प्रकोप बढेको जनाएको छ । गत हप्तामा विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण ११ प्रतिशतले बढेको छ । नेदरल्याण्ड्स र स्विट्जरल्याण्ड ओमिक्रोन भेरियन्टले तनाव भएको छ । ती देशहरुमा विश्व स्वास्थ्य संगठनले सावधानी अपनाउन आग्रह गरेको छ । ओमिक्रोन चिन्ताको नयाँ संस्करणसँग सम्बन्धित समग्र जोखिम धेरै उच्च रहेको संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले कोभिड १९ साप्ताहिक महामारी अपडेटमा जानकारी दिएको छ । डब्ल्यूएचओले बेलायत, दक्षिण अफ्रिका र डेनमार्कको प्रारम्भिक तथ्याङ्कमा प्रतिव्यक्ति विश्वको तुलनामा सङ्क्रमणको उच्च दर रहेको जनाएको छ । डेल्टाको तुलनामा ओमिक्रोनको लागि अस्पतालमा भर्ना हुने जोखिम कम भएको भएपनि तर ओमिक्रोनको गम्भीरता बुझ्न थप डाटा आवश्यक रहेको जनाइएको छ । ती अध्ययनहरूको बावजुद, ओमिक्रोनको द्रुत बृद्धिले अझै पनि ठूलो संख्यामा अस्पताल भर्ना हुने, विशेष गरी खोप नभएका समूहहरूमा, र स्वास्थ्य प्रणालीमा व्यापक अवरोध ल्याउने जनाइएको छ । फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च एक लाख ८० हजार नयाँ दैनिक कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । युरोपका सबै देशले ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् । इट्ली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड सबैमा उच्च सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन् । क्रिसमसका कारण परीक्षणका परिणामहरू आउन ढिलो हुनुलाई आँकडा बढ्नुको आंशिक कारण मानिएको छ। विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढ्दो सङ्क्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ ।मङ्गलवार फ्रान्समा १ लाख ७९ हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सङ्ख्यामा कीर्तिमान कायम गर्नेमा फ्रान्ससहित इटली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड पनि छन् । चाडपर्वलगत्तै आइरहेको बढ्दो सङ्क्रमणको विवरण तीव्र गतिमा फैलिने ओमिक्रोन भेरियन्टका कारण निम्तिएको ठानिन्छ । अध्ययनहरूले डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट कमजोर रहेको र त्यसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७० प्रतिशत कम हुने देखाएका छन् । इटलीमा सङ्क्रमितको सङ्ख्या ७८ हजार नाघेको छ जुन महामारी यताकै उच्च हो । त्यहाँ २०२ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३६ हजार ७ सय ५३ पुगेको छ। पोर्चुगलमा सङ्क्रमितको नयाँ कुल सङ्ख्या मङ्गलबार १७ हजार १ सय ७२ पुगेको छ । ग्रीसमा २१ हजार ६७५ वटा सङ्क्रमणका घटना पुष्टि भएपछि त्यहाँका स्वास्थ्यमन्त्रीले शान्त रहन अनुरोध गरेका छन् साइप्रसमा २ हजार २४१ नयाँ सङ्क्रमणका घटना पुष्टि भएको छ जुन एकदिनको सर्वाधिक उच्च सङ्ख्या हो । यसैबीच इङ्ग्ल्यान्डमा कीर्तिमानी १ लाख १७ हजार ०९३ हजार सङ्क्रमणका विवरण स्वास्थ्य अधिकारीहरूले दिएका छन् । क्रिसमसका कारण युकेभरिको तथ्याङ्क भने आएको छैन । रासस /एएफपी

मानसिक रोग कम गर्न पनि कुकुर उपयोगी, के हो डग थेरापी ?

काठमाडौं । पछिल्लो समय विश्वमा मानसिक रोगका बिरामीहरु बढेको विभिन्न तथ्यांकहरुले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ४ जनामध्ये एक जना व्यक्ति कुनै न कुनै प्रकारको मानसिक रोगबाट पीडित छन् । सुरुमा मानिसहरुमा ‘एन्जाइटी’ हुने र त्यसपछि ‘डिप्रेसन’ हुने देखिएको विश्व संगठनले जनाएको छ । मानसिक तनाव हुनुका पछाडि थुप्रै कारणहरू छन् । कसलाई कुन विषयले बढी तनाव दिन्छ भन्ने यकिन हुँदैन । हरेक व्यक्तिको मानसिक तनावको कारण बेग्लाबेग्लै हुन सक्ने मानसिक रोग विशेषज्ञहरुले बताउँदै आएका छन् । नेपालमा मानसिक रोगीहरुको यकिन तथ्यांक छैन । तरपनि ५० देखि ६० लाख नेपालीमा मानसिक समस्या हुन सक्ने अनुमान गर्छन्–त्रिवि शिक्षण (टिचिङ) अस्पतालका मानसिक रोग सेवा विभागका प्रमुख प्राडा सरोज ओझा । उनका अनुसार नेपालमा तनाव कम गर्न परामर्श बाहेक खासै कुनै पनि प्रकारको उपचार छैन । तर, विश्वमा भने मानिसहरुले जनावरहरुलाई थेरापीको रुपमा प्रयोग गरेको पाइन्छ । पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य नेपालमा पहिलादेखि नै मानसिक समस्या हुने गरेपनि पछिल्लो समय सचेतना बढेका कारण खुलेर आउने र समस्या भएको थाहा हुने अवस्था रहेको बताउँछन् । उनले नेपालको कुल जनसंख्याको २० देखि ३० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको पाइएको छ । विश्वमा पनि मानसिक रोगीको संख्या बढ्दो छ । मानसिक रोगको उपचारको लागि विकसित देशहरुले कुकुरको प्रयोग गर्ने गरेका छन् । कुकुरको प्रयोगबाट हुने ‘डग थेरापी’ विश्वमा लोकप्रिय हुन थालेको छ । थेरापी डगको प्रयोग कुकुर र मानिसबीच सधैं एउटा आत्मिय सम्बन्ध रहेको पाइन्छ । विभिन्न अध्ययनका अनुसार मानसिक तनाव कम गर्ने एउटा राम्रो विकल्प कुकुर पनि हो । अध्ययनहरुका अनुसार कुकुर पाल्नाले तनाव हार्मोन र्कोर्टिसोल कम गुर्नको साथै मानिसमा भएको फिलगुड हार्माेन अक्सिटोसिनको मात्रा बढाउँछ । कुकुरले तनावसँगैं मानिसको ब्लड प्रेसर कम गर्न, शारीरिक गतिविधि बढाउने र मुटुलाई स्वस्थ राख्ने काम पनि गर्छ । यही क्रममा डग थेरापी प्रयोगमा आएको विभिन्न अध्ययनहरुले उल्लेख गरेका छन् । यद्यपि, यो विधि नयाँ भने होइन । यसअघि पनि मानिसहरु जनावरहरुलाई तनाव कम गर्नको लागि प्रयोग गर्थे । सन् १६०० मा ग्रिकमा बिरामी मानिसहरुको आत्माविश्वास बढाउन घोडाको प्रयोग गर्थे । यस्तै, हाल आएर मासिनहरुले कुकुर, बिरालो, मुसा, खरायो जस्ता जनावरलाई यसको लागि प्रयोग गरेको पाइन्छ । हवाई कम्पनीहरुले समेत मानिसहरुको भावनात्मक रुपमा सहयोग गर्न जनावरहरुलाई मानिससँगै हवाई यात्राको अनुमति दिने गरेका छन् । तर, कुकुरहरुले तनाव कम गर्न मद्धत गर्छ भन्दैमा सबै कुकुरले थेरापी डगको काम भने गर्न सक्दैनन् । यसको लागि सामान्य कुकरभन्दा फरक हुनुपर्छ । जस्तै, तपाईंको कुकुरले तपाईलाई धेरै माया गर्छ भन्दैमा त्यसले थेरापी डगको रुपमा काम गर्छ भन्ने हुँदैन । थेरापी डगको रुपमा काम गर्नको लागि तपाईको कुकुर शान्त स्वाभावको, मिलनसार र अपरिचत व्यक्तिहरुलाई पनि माया देखाउने खालको हुनुपर्दछ । तपाईको घरमा ज्ञानी भएको कुकुर अन्य स्थानमा रहँदा फरक हुनसक्छ । त्यसैले तपाईंले पालेको कुकुर सबै थेरापी डगको रुपमा काम गर्न सक्दैन । थेरापी डगले छिट्टै रिसाउने र तनाव लिने हुनुहुँदैन । थेरापी डगले मानिसले छोएको मन पराउनुको साथै कुनै बिरामीले उसलाई मन नपर्ने तरिकाले छुँदा आक्रामक प्रतिकृया नदेखाउने स्वाभावको हुनुपर्छ । थेरापी डगहरुले मानिसहरुको जीवन सुधार गर्न आफ्नो मालिकहरुसँग विद्यालय, अस्पताल र नर्सिङ होमहरुमा गएर स्वयंसेवकको काम गर्दछन् । थेरापी डगहरुले धेरै चिन्ता लिने, शोक र एक्लो भएकाहरुलाई उनीहरुको दुःख कम गर्न मद्दत गर्दछ । उनीहरुले मानिसको आत्माबल बढाउन मद्दत गर्नुको साथै मुख्यत मानिसहरुसँग केही समय बिताएर उनीहरुलाई खुशी पार्छ । नेपालमा पनि कुकुर पाल्नेको संख्या समयसँगै निकै बढ्दो छ । समयले मानिसलाई व्यस्त बनाएको कारण मानिसहरु एक्लिदै गएका छन् । जसकारण मानिसहरुले कुकुरलाई साथी बनाएका छन् ।