स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलन हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को आयोजनामा चैत २७ गते आइतबारदेखि उक्त सम्मेलन हुन लागेको हो । उक्त तीन दिने सम्मेलनको प्रमख उद्देश्य विभिन्न स्थानमा रहेका अनसन्धानकर्ताहरु, जनस्वास्थ्यविदहरु, जनसंख्या विद्हरु, नीति निर्माणकताहरु तथा बहुक्षेत्रीय विज्ञहरुबीच भेट गराई तथ्यमा आधारित नीति निर्माण गरिने एनएचआरसीका सदस्य सचिव प्रदिव ज्ञवालीले जानकारी दिए । यसका साथै सम्मेलनको अर्को उदेश्य बढ्दै गएका जनस्वास्थ्यका सवालहरुको अन्तरविषयात्मक अनुसन्धानका निष्कर्षहरुद्वारा सम्बोधन गर्ने अभ्यासमा टेवा पुऱ्याउनु रहेको उनले बताए । सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गर्नेछन् । कार्यक्रममा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट स्वदेश तथा विदेशमा रहका स्वास्थ्य तथा जनसंख्या विषयसँग सम्बन्धित व्यक्तित्वहरू सहभागी हुने ज्ञवालीले बताए  । ज्ञवालीले सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तराष्ट्रिय विज्ञहरुलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएकाे जानकारी दिए ।

टाइफाइड खोप लगाउन अघि जान्नैपर्ने १४ कुरा

काठमाडाैं । शुक्रबारबाट देशभर टाइफाइड खोप अभियान सुरु भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने टाइफाइडको खोप अभियान वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ । नेपालले दक्षिण एसियामै पहिलोपटक टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभी) प्रयोग गरी टाइफाइड खोप अभियान सुरु गरेको हो । यस अभियान अन्तर्गत स्थानिय तहको प्रत्येक वार्डम तोकिएको विद्यालयहरुको खोप केन्द्रहरुमा याे खाेप उपलब्ध हुने, विद्यालय नभएका वा कम भएका वडाहरुमा बाह्य खाप केन्द्र संचालन गरिने र अभियानको अन्तिम दिन वैशाख १८ गते स्वास्थ्य सेवामा खोप सेवा संचालन गरिने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । यस्ता छन् टाइफाइड खोप बारे बारम्बार सोधिने प्रश्नहरु १. टाइफाइड रोग कसरी सर्दछ ? टाइफाइड/म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने रोग हो । संक्रमित व्यक्तिको दिसाको माध्यमबाट टाडा लगाउने जीवाणु बाहिरी वातावरणमा पुग्दछ र स्वस्थ क्षित खाना वा पानीको माध्यमबाट सर्दछ । २. यो रोग कुन उमेरको मानिसहरूमा लाग्दछ ? यो रोग सबै उमेर समूहको व्यक्तिहरूमा लागेको पाईएको का विशेषतः १५ वर्ष मुनिका बालबालिकामा धेरै लागेको पाईएको छ । ३. यो रोगका मुख्य लक्षण तथा चिन्हहरू के के हन ? यो रोगको संक्रमण भएमा • उच्च ज्वरो • टाउको दुख्ने • जिउ दुख्ने • पसिना आउने र • जिब्रोमा सेतो लेत लाग्ने (Coated tounge) आदी जस्ता मुख्य लक्षण र चिन्ह देखिन्छन भने केहीमा पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने आदी लक्षण र चिन्ह देखिन सक्छन् । रोगको संक्रमण पश्चात केही व्यक्तिहरूमा शरीरका विभिन भागमा संक्रमण (Bacteremial/Septicemia) फैलने, सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिष्क सम्बन्धि समस्या आदि जस्ता जटिलताहरू देखा पर्न सक्दछ । ४. यो रोगको पहिचान र निदान कसरी गर्न सकिन्छ ? लक्षण तथा चिन्हको आधारमा यस रोगको प्रारम्भिक पहिचान हुन्छ साथै रगतको जाँच र दिसा पिसाबको जाँच गररे यो रोगको पहिचान गर्न सकिन्छ । ५. यो रोगको उपचार र रोकथाम कसरी गर्न सकिन्छ ? समय मै स्वास्थ्य केन्द्रमा गई चिकित्सक तथा स्वास्थ्यकर्मीको परामर्श अनुसार उपयुक्त प्रति जैविक औषधीको सेवनबाट यो रोगको उपचार गर्नु पर्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा दूषित खाना र पानीको माध्यमबाट सर्ने भएको हुँदा यसबाट बच्ने मुख्य उपाय भनेको नै व्यक्तिगत सरसफाई तथा वातावरण स्वच्छ राख्न हो । साथै यो रोगबाट बच्न १५ महिनाको उमेरमा १ मात्रा खोप लगाउनु पर्दछ । ६. के टाइफाइड विरुद्धको खोप सुरक्षित र प्रभावकारी छ ? बाल नेपालमा दिन लागिएको टाइफाइड कन्ज्यगेट भ्याक्सिन IT विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र विश्वको धेरै देशहरूमा प्रयोग भई सकेको खोप हो । यो खोप सरक्षित र प्रभावकारी छ । ७. यो खोप क-कसले लिनु जरुरी छ ? यो खोप १५ महिना वा सो भन्दा माथी उमेर समुहका सबै व्यक्तिहरूले लिन मिल्छ तर हालको अभियानमा १५ महिना देखि १५ बर्ष मुनीका बालबालिकाहरूले लगाउनु पर्दछ । सो पछि नियमित खोप मार्फत १५ महिनाका प्रत्येक बालबालिकाहरूले टाइफाइड विरुद्धको एक मात्रा खोप अनिवार्य लिनु पर्दछ । ८. यो खोप कसले लगाउनु हुँदैन ? यो खोप विगतमा कुनै खोप लिदाँ गम्भीर प्रकारको प्रतिक्रया (Severe Allergy) देखा परको वा कुनै खाना वा अन्य बस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनु हुँदैन । साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनु हुँदैन, तर बिरामी ठीक भईसकेपछि यो खोप लिन सकिन्छ । नोटः : साधरण विरामी भएको अवस्था जस्तै : हल्का ज्वरो आएको, रुघा खोकी लागेको, कपोषण भएको अवस्थामा यो खोप दिन सकिन्छ। ९. यो खोप लगाएपछि के के असरहरू देखिन सक्छ ? टाइफाइड विरुद्धको खोप लगाएपछि अन्य खोपहरूमा जस्तै केही सामान्य (सुई लगाएको ठाँउमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने आदी असरहरू हुनसक्छन् र यस्ता सामान्य असरहरू बिस्तारै आफै ठीक भएर जान्छन् । खोप लगाए पश्चात यस्ता लक्षणहरू बाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्दछ । १०. टाइफाइड रोगबाट सुरक्षित हुन यो खोपको कति मात्रा/पटक लगाउनु पर्दछ ? यो खोप अभियानको समयमा १५ महिना देखि १५ वर्ष मुनीका बालबालिकाले १ मात्रा र सो पछि १५ महिनाका प्रत्येक बालबालिकाले नियमित खोप मार्फत १ मात्रा खोप लगाउनु पर्दछ । ११. टाइफाइड विरुद्धको खोप अभियान कहिले र कहाँ सञ्चालन हुन गइरहेको छ ? टाइफाइड विरुद्धको खोप अभियान आगामी २०७८ चैत्र र २०७९ बैशाख महिना भित्र एकै चरणमा देशैभर संचालन हुनेछ । आफना जिल्ला, पालिका तथा वडाको खोप अभियान संचालन हुने मिति र समय स्थानिय एफ.एम, रेडियो, स्वास्थ्य संस्था, स्वयंसेविका, विद्यालयहरू आदि मार्फत जानकारी पाइनेछ । १२. यो खोप कहाँ – कहाँबाट उपलब्ध हुन्छ ? आफनो स्थानिय तहको वडामा रहेको तोकिएको विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र निर्धारण गरिएको हुन्छ । आफूलाई पायक पर्ने खोप केन्द्रमा गई यो खोप लिन सकिन्छ । १३. यस अघि टाइफाइड विरुद्धको खोप लिएका बालबालिकाहरूले यो अभियानमा खोप लगाउने वा नलगाउने ? १५ महिना देखि १५ वर्ष भित्रका बालबालिकाले यस अघि टाइफाइड विरुद्धको खोप लिएको भएता पनि यो अभियानमा १ मात्रा खोप लिन् पर्दछ । १४. यो खोप लगाएपछि कुनै प्रमाण/कागजात उपलब्ध हुन्छ ? हो, उपलब्ध हुन्छ । खोप लगाएपछि सबै बालबालिकालाई खोप कार्ड उपलब्ध हुनेछ र यो कार्ड सुरक्षित साथ राख्नुपर्दछ ।    

स्वास्थ्य बीमा गर्ने जनसंख्या २० प्रतिशतमात्र

काठमाडौं । स्वास्थ्य सेवाको गुणस्तर र जनचेतनाको कारणले स्वास्थ्य बीमातर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको बताइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको बताएका हुन् । उनका अनुसार २०७२ सालमा कैलाली जिल्लाबाट सञ्चालन भएको स्वास्थ्य बीमा अहिलेसम्म ५३ लाख चार हजार २७० जनाले मात्र गरेका छन् । अर्थात् कूल जनसङ्ख्याको २०.०३ प्रतिशत जनसङ्ख्याले मात्र बीमा गरेका छन् । तीमध्ये २० लाख ८९ हजार ५९९ जना अर्थात (३९.३९ प्रतिशत) ले मात्र बीमा सेवा लिएका छन् । बीमितमध्ये ७० प्रतिशतले मात्र नवीकरण गरेका पाइएको छ । उनले कोरोना भाइरसको कारणले पनि बीमा कार्यक्रमलाई प्रभाव पारेकाले दुई वर्ष प्रभावकारी रूपमा काम गर्न नसकिएको स्पष्ट पारे । उनले स्वास्थ्य बीमा बोर्डलाई सरकारले कानुनी रूपमा स्वायत्त संस्थाको रुपमा परिभाषा गरे पनि व्यावहारिक रूपमा संस्था स्वायत्त हुन नसक्दा काममा समस्या भएको बताए । स्वायत्त संस्थाको रूपमा बोर्डलाई लैजानका लागि सरकारसँग ३७२ जनाको स्वीकृत दरबन्दी माग गरेको छ । तीन हजार ५०० रुपैयाँको वार्षिक बीमा गरेवापत एक लाख बराबरको स्वास्थ्य उपचार उपलब्ध हुन्छ । बोर्डले ४४१ सरकारी र निजी अस्पतालमासँग बीमा गरेवापतको स्वास्थ्य उपचारका लागि सम्झौता गरेको छ । बोर्डले बीमा कार्यक्रममार्फत अति गरिब, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, क्षयरोगी, अति अशक्त अपाङ्गता भएकालाई सरकारले नै बीमाको रकम उपलब्ध गराउने गरेको छ । नेपालमा अहिलेसम्म १५ लाख आठ हजार ५१४ बीमित परिवारले बीमा कार्यक्रममा सहभागी रहेका छन् । अति गरिब परिवारको चार लाख ८८ हजार चार जनाले, ज्येष्ठ नागरिक छ लाख ३४ हजार ७३५, एचआइभी सङ्क्रमित २५ हजार २८९ जना, अति अशक्त अपाङ्गता ९३ हजार ६२९ जना, कुष्ठरोग सङ्क्रमित दुई हजार ८४९, क्षयरोगी दुई हजार ४७४ जनाले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका छन् । रासस