भाडा बढी पर्ने भन्दै उद्योगीद्धारा तराइको ग्यास काठमाडौं ल्याउन अस्वीकार

काठमाडौं, ११ कात्तिक । ग्यास उद्योगीले तराइ क्षेत्रमा आएको ग्यास काठमाडौं ल्याएर वितरण गर्न अस्वीकार गरेका छन् । तराइवाट काठमाडौं ल्याउन भाडा बढी लाग्ने भन्दै उद्योगीले सो भाडा सरकारले ब्यहोर्ने भए मात्रै आफूहरुले ग्यास ल्याउने शर्त आयाल निगम समक्ष राखेका छन् । पछिल्लो समयमा बीरगन्ज वाहेकका नाकावाट केहि मात्रामा ग्यास नेपाल आइरहेको छ । तर यसरी आएको ग्यास उद्योगीले काठमाडौं ल्याउन अस्वीकार गरेका कारण काठमाडौंमा ग्यासको हाहाकार भएको हो । तराइवाट काठमाडौंसम्म ग्यास ल्याउनको लागि निगमले भाडा दिने हो भने मात्रै आफूहरुले ग्यास काठमाडौं ल्याउने प्रश्ताव उद्योगीवाट आएको नेपाल आयाल निगमका एक उच्च अधिकारीले जानकारी दिए । ‘तराइ क्षेत्रका उद्योगको लागि आएको केहि ग्यास काठमाडौं ल्याएर वितरण गर्ने योजना बनाएका थियौं, तर ब्यवसायीले थप ढुवानी भाडा माग गरेपछि योजना सफल हुन सकिरहेको छैन,’ निगमका एक उच्च अधिकारीले भने । निगमले यसअघि विराटनगरको प्रिमा ग्यासलाई काठमाडौं ल्याएर सुगम ग्यासको सिलिण्डरमा भरेर दशै अगाडि वितरण गरेको थियो । तर यसरी वितरण गर्दा आफूहरुलाई नोक्सानी भएको भन्दै उद्योगीले ग्यास नल्याउने जानकारी निगमलाई दिएका हुन् । १५ करोड क्षतिपूर्ति दाबी भारतको अघोषित नाकाबन्दी र तराइ मधेशमा जारी आन्दोलनको कारण ग्यासका बुलेट संचालनमा नआइ त्यसै बस्नु परेको भन्दै उद्योगीले निगमसँग १५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् । ग्यास बुलेट ठेकेदारले आफूहरुसँग क्षतिपूर्ति माग गरेको भन्दै उद्योगीले त्यस्तो रकमको दाबी निगमसँग गरेका हुन् । भारतवाट नेपालसम्म ग्यास ल्याउनको लागि भारतीयकै बुलेटमा भर पर्नु परेको छ । यद्यपि भारतीय ठेकेदारले रकम दाबी गरेनगरेको प्रमाण भने उद्योगीले पेश गरेका छैनन् । ‘ठेकेदारले दाबी गरेको भन्दै १५ करोड रुपैयाँ क्षतिपूर्ति माग भएको छ, तर अहिलेसम्म यस्तो रकम दिने नदिने बारेमा कुनै निर्णय भएको छैन,’ निगम स्रोतले भन्यो ।

ऋणीलाई व्याज र किस्ता तिर्न पुस मसान्तसम्मलाई छुट, कर्जा भुक्तानी अवधि एक वर्ष थप गर्न सकिने

काठमाडौं, १० कात्तिक । २०७१ साल चैत महिनासम्म नियमित व्याज र किस्ता तिर्दै आएको ऋणले ९ महिनासम्म व्याज, सावा वा किस्ता तिर्न छुट पाएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई सकूलर जारी गर्दै उनीहरुले २०७२ पुस मसान्तसम्ममा व्याज, किस्ता बुझाएको अवस्थामा कुनै पनि जरिवाना, पेनाल व्याज, शुल्क वा अन्य कुनै पनि प्रकारका कारवाही नगर्ने निर्देशन दिएको हो । देशमा उत्पन्न असहज परिस्थितिका कारण ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको भन्दै राष्ट्र बैंकले विभिन्न किसिमको सुविधा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । सुष्म निगरानी सम्बन्धी व्यवस्था अन्तरगत २०७३ असार मसान्तसम्ममा ४ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न भनिए पनि २ प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्थ ागर्न सकिने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै राष्ट्र बैंकले कर्जा भुक्तानी अवधि एक वर्ष थप गर्न निर्देशन दिएको छ । ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको भन्दै राष्ट्र बैंकले उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, होटल, एयरलाईन्स, ट्राभन्स एजेन्सी लगायत पर्यटन क्षेत्र, उर्जा लगायत सेवा क्षेत्रका ऋणीले कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्न चाहेमा उनीहरुलोई थप एक वर्षको समय दिन राष्ट्र बैंकले निर्देशन दिएको हो । आगामी पुस मसान्तसम्ममा यस्तो कर्जा पुनरतालिकीकरण गरिसक्नु पर्नेछ । यसरी कर्जा पुनरतालिकीकरण गर्दा पुस मसान्तसम्मको व्याजलाई पुँजीकरण गर्न सकिने, पुँजीकरण गरिएको रकमलाई बैंकले नाफामा गणना गर्न पाउने तर उक्त रकम छुट्टै कोषमा राख्नु पर्ने, कर्जा असुली नभएसम्म उक्त नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न नपाउने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । त्यस्तै, असोज मसान्तसम्म प्राप्त हुनु पर्ने व्याज कात्तिक मसान्तसम्म प्राप्त भएपनि पहिलो त्रामासमा गणना गर्न पाउने भएको छ । त्यस्तै, १२० दिनको लागि जारी गरिएका ट्रष्ट रिसिप्ट कर्जालाई १८० दिनसम्म बढाउन सकिने र यो सुविधा २०७२ चैत मसान्तसम्मको लागि मात्र हुने राष्ट्र बैंकले जनाएको छ । यस्तो छ राष्ट्र बैंकको निर्देशन पूर्ण पाठ  

लै हेर्नाेस पेट्रोलको ब्ल्याक मार्केट, कहाँ कुन मुल्य ?

काठमाडौं, १० कात्तिक । सरकारले निजी सवारी साधनलाई पेट्रोल दिन छाडेको हप्तौं बितिसक्यो । तर पनि राजधानीमा निजी नम्बर प्लेटका सवारी साधन कुदेकै छन् । भलैं त्यसको संख्यामा केहि कमि आएको छ तर पनि मोटर साईकल र निजी कारहरु राजधानीका सडकमा अझै ठुलो मात्रामा गुडिरहेका छन् । त्यसको रहस्य खोतल्ने हो भने पेट्रोलियम कारोबारमा सेना, प्रहरी र शसस्त्रको कालोबजार प्रस्टैसँग भेटिन्छ । त्यसका अलवा तराईबाट आउने ब्ल्याक मार्केटको पेट्रोलले पनि ठुलो हिस्सा ओगटेको छ । पछिल्लो केहि दिनदेखि आन्दोलनकारीले मोटरसाईकल गुडाउन समेत कडाई गरिरहेको भएपनि पुर्वपश्चिम राजमार्ग आसपासमा ब्ल्याक मार्केटमा जति पनि पेट्रोलियम पदार्थ खरिद गर्न पाईन्छ । पुर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मै राजमार्ग किनारका शहररुमा पेट्रोलको ब्ल्याक मार्केट प्रशस्तै भेटिन्छन् । पुर्व नेपालको सुनसरीस्थित इटहरीबाट सुमन उप्रेतीले दिएको जानकारी अनुसार सो क्षेत्रमा प्रतिलिटर १८० रुपैंयाँ तिरेपछि पेट्रोल किन्न पाईन्छ । निजगढका निर्दोष घोरासैनीले २५० रुपैंयाँमा स्थानिय बजारमा पेट्रोलको ब्ल्याक मार्केट चलिरहेको बताए भने हेटौडाका सहदेव भण्डारीले ३५० रुपैंयाँमा लोकल मार्केटमा बिक्रिवितरण भैरहेको जानकारी दिए । सुदुरपश्चिम नेपालको कैलालीस्थित धनगढी बजारबाट जनक भुलले दिएको जानकारी अनुसार सो क्षेत्रमा पनि १८० रुपैंयाँ तिरेपछि पेट्रोल किन्न पाईन्छ । कसरी ल्याईन्छ पेट्रोल ? राजमार्ग आसपासका पहाडी तथा मधेशी मुलका नेपालीहरु आन्दोलनकारीको आँखा छलेर सिमा पारि जान्छन र मोटरसाईकलको ट्यांकी भरी पेट्रोल भर्छन् । सिमापारी जाँदा पनि मानिस बोकर जाने र भाडा असुल्न समेत पाउने भएकाले उनीहरुलाई दोहोरो फाईदा हुन्छ । उताबाट आउँदा कहिले काँही प्लाष्टिकका ग्यालिनमा समेत पेट्रोल बोकेर आउँछन् । यसरी सिमापारिबाट पेट्रोल बोकेर ल्याउनु कम जोखिमपूर्ण भने हुन्न । कथंकदाचित आन्दोलनकारीको फेला परियो भने ज्यानै समेत  जाने खतरा भने रहन्छ नै । तर उनीहरु आन्दोलनकारीको आँखा छल्दै पेट्रोलियम पदार्थको ब्ल्याक मार्केट चलाईरहेका छन् । कहि कहिँ भने यसरी पेट्रोल ओसार्न छोटी भन्सार तथा स्थानिय नाकाहरुको समेत उपयोग हुने गरेको छ । यसरी ज्यानै जोखिममा हालेर ल्याएको पेट्रोल बजार भाउमा बेच्ने सवालै उठ्दैन् । तब उनीहरुको मोलमोलाई सुरु हुन्छ । कतिपय अवस्थामा भने तारपिनको तेल समेत मिसाएर पेट्रोल बेच्ने गरेको पनि गुनासो सुनिन्छ । मोटरसाईकलको ट्यांकीमा ल्याईको पेट्रोल प्लाष्टिकको ग्यालिनमा खन्याएर ब्ल्याक मार्केटमा बेच्ने गरिएको छ । राजधानी कसरी ल्याईन्छ ? यसरी जम्मा गरिएको पेट्रोल स्थानिय भाउ अनुसार किनबेच हुन्छ र १० देखि ५० लिटरसम्मका प्लाष्टिकका ग्यालिनमा भरिन्छ । अनि बस तथा ट्रकमा हालेर राजधानीमा भित्र्याईन्छ । बिच बाटोमा प्रहरीले ठाउँ ठाउँमा चेकजाँच गरेपनि सय पचास रुपैंयाँ दिएर उम्काउने गरिएको छ । यति सेटिङ मिलाएर राजधानी भित्रिएको पेट्रोल न्युनमतम पाँच सयदेखि सात सय रुपैंयाँसम्ममा बिक्रि हुने गरेको छ ।