के गर्छन् नेपालमा बर्सेनि उत्पादित दुई हजार चिकित्सक ?

काठमाडौँ, १७ असार । नेपालमा स्वदेश र विदेशमा अध्ययन गरी आएका विद्यार्थी हरेक वर्ष औसतरुपमा एक हजार ५०० देखि दुई हजार चिकित्सक उत्पादन हुने गरेका छन् । नेपाल मेडिकल काउन्सिलको तथ्याङ्कअनुसार यो दर बढ्दो क्रममा छ । काउन्सिलकी प्रशासकीय अधिकृत अनिता लामाले हरेक वर्ष चिकित्सकको बढ्दो उपस्थितिले यो सङ्ख्या बढ्दै जाने बताइन । तर माथि उल्लिखित चिकित्सकले काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा दिँदा भने कहिले ६० र कहिले ४० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण हुने गरेको पाइएको छ । प्रशासकीय अधिकृत लामा भन्छिन,“यति धेरै सङ्ख्यामा अनुत्तीर्ण हुने कुरा राम्रो होइन । अझ देशभित्र पढेकाभन्दा बाहिर पढेर आएका बढी अनुत्तीर्ण हुने गरेको पाइएको छ । हामीले यसरी धेरै विद्यार्थी अनुत्तीर्ण हुनुको कारण खोजी गर्दैछौँ ।” उनले परीक्षा दिने विद्यार्थीमा कति त ३३ पटकभन्दा बढी पटक अनुत्तीर्ण भएकाले नक्कली विद्यार्थी भेटिएको उल्लेख गरिन । त्यसैबेलादेखि नक्कली प्रमाणपत्रधारी चिकित्सकको पनि कुरा छानबिनको दायरामा आएको उनले स्पष्ट पारिन । काउन्सिलका रजिस्ट्रार दिलीप शर्माले अहिले भइरहेको नक्कली प्रमाणपत्रधारी चिकित्सक छानबिनबाट नक्कली परीक्षार्थी पनि कम हुने विश्वास व्यक्त गरे । काउन्सिलले वर्षमा चारपटक एमबिबिएस अध्ययन गरेका विद्यार्थीका लागि चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा लिँदै आएको छ भने वर्षको दुईपटक विशेषज्ञताका लागि अध्ययन गरेका विशेषज्ञ परीक्षा लिँदै आएको छ । स्थापना भएको २०२० सालदेखि हालसम्म काउन्सिलमा एमबिबिएस स्नातक गरेका १७ हजार २६५ चिकित्सकले चिकित्सक दर्ता प्रमाणपत्र लिएका छन् । तीमध्ये ११ हजार २४४ पुरुष र ६ हजार २१ महिला चिकित्सक दर्ता भएका छन् । नेपालमा विभिन्न विषयमा विशेषज्ञता हासिल गरेका चार हजार ४८६ विशेषज्ञ चिकित्सक दर्ता भएका छन् जसमा तीन हजार ३०४ पुरुष र एक हजार १८२ महिला विशेषज्ञ छन् । यो सन् २०१५ सम्मको तथ्याङ्क हो । सन् २०१५ मा एमबिबिएस ९स्नातक० र एमडी, एमएस, र एमडिएस ९स्नातकोत्तर० अध्ययनका लागि एक हजार २६६ विद्यार्थी विभिन्न देश गएको प्रशासकीय अधिकृत लामाले जानकारी दिइन । विदेशमा गई एमबिबिएस अध्ययन गर्न जानेमध्ये बङ्गलादेशमा सबैभन्दा बढी ५९४ विद्यार्थी छन् । चीनमा १६०, फिलिपिन्समा ७४, भारतमा १९, इजिप्टमा १३, रुसमा १८, पाकिस्तानमा १३, किर्गिज्स्तान र गुयानामा एकएकजना विद्यार्थी छन् । त्यसैगरी, एमडी, एमएस र एमडिएस ९स्नातकोत्तर० पढ्न गएकामध्ये सबैभन्दा बढी चीनमा १९५, फिलिपिन्समा ५८, बङ्गलादेशमा ३४, थाइल्यान्डमा दुई, अस्टे«ेलियामा दुई, जापानमा पाँच, युकेमा एक, युएसएमा आठ, भारतमा ४४, किर्गिज्स्तानमा चार, पाकिस्तानमा चार, इजिप्टमा १३, कोरियामा एक, इरानमा एक र बेल्जियममा एकजना गरी ३७३ जना चिकित्सक स्नातकोत्तरका लागि विभिन्न देशमा छन् । नेपालमा विभिन्न मेडिकल कलेजमा एक हजार ९०५ जना विद्यार्थीले एमबिबिएस अध्ययन गरिरहेका छन् । हालसम्म नेपालबाट सात हजार १९९ जना विद्यार्थीले बाहिरी देश गई एमबिबिएस अध्ययन गरेका छन् भने एमडी, एमएस र एमडिएस ९स्नातकोत्तर० दुई हजार २६६ जनाले विदेशमा गई अध्ययन गरिसकेका छन् । रासस

उपल्लो मुस्ताङमा फेला पर्यो ठुलो युरेनियम खानी(अन्वेषणको फोटो फिचरसहित)

मुस्ताङ, १६ असार । उपल्लो मुस्ताङमा बहुमुल्य धातु युरेनियमको ठुलो खानी रहेको पुष्टि भएको छ । उद्योग मन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा उपल्लो मुस्ताङ पुगेको प्राबिधिक टोलीले सो क्षेत्रमा उच्च गुणस्तरयुक्त युरोनियमको ठुलो खानी रहेका तथ्यलाई थप पुष्टि गरेको हो । ‘युरेनियमका विषयमा नयाँ र सकारात्मक तथ्य फेला परेका छन, यसले हामीलाई थप उत्साहित बनाएको छ, युरेनियमको परिमाण धेरै र गुणस्तर पनि उत्कृष्ट खालको भेटिएको छ ।’ खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद धर्मराज खड्काले भने । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा यरेनियमन धातुको अध्ययनका लागि असार १२ गते उद्योग मन्त्री सोम प्रसाद पाण्डेसहितको प्राबिधिक टोली पुगेको थियो । सो टोलीको अध्ययनले लोमान्थाङ क्षेत्रमा यरेनियमन रहेको भन्ने पुरानो आधारलाई थप पुष्टि गर्ने प्रमाणहरु फेला पारेको हो । संसारमै बहुमुल्य मानिने युरेनियमलाई इन्धन र परमाणु हतियार निर्माणका लागि कच्चा पदार्थका रुपमा प्रयोग गरिन्छ । १० किलोमिटर क्षेत्रमा युरेनियमन खानी तथा भूगर्भ विभागले वि.सं २०७०/७१ मा गरेको प्रारम्भिक अन्वेषणमा लोमान्थाङ क्षेत्रमा १० किलोमिटर लम्बाइ र तीन किमि चौडाइमा युरेनियम भेटिएको थियो । २० वर्षअघि नै मकवानपुर, वैतडी र बझाङ जिल्लामा युरेनियमको खानी भेटिएको थियो । ऐनको अभाव खड्कियो ? यसरी पत्ता लगाइएको युरेनियम उत्खननका लागि भने ऐन आवश्यक पर्छ तर हालसम्म नेपालले त्यस प्रकारको कुनै पनि ऐन बनाएको छैन् । ‘यही रुपमा प्रगति देखिँदै जाने हो भने अबको ४ वर्षभित्र हामी उत्खनन्को तहसम्म पुग्छौँ, त्यसका लागि हामीले तत्कालै आणविक ऐन बनाउनुपर्छ’,खड्काले भने । थप अनुसन्धान र ऐन निर्माणको काम अघि बढ्छः उद्योग मन्त्री पाण्डे लोमान्थाङमै पुगेर यरेनियमन खानीको स्थलगत अवलोकन गरेर फर्किएका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले थप अध्ययन र ऐन निर्माणको अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । ‘लोमान्थाङमा युरेनियम थातुको खानी रहेको तथ्य पुष्टि भएको छ, थप अनुसन्धानसँगै ऐन निर्माणको काम समेत अघि बढ्छ’, मन्त्री पाण्डेले विकासन्युजसँग भने । उनले नेपाल र मित्र राष्ट्रहरुको आपसी सहकार्यमा युरेनियमन उत्खननको काम अघि बढाउने समेत जानकारी दिए ।

बीमा कम्पनीका एजेन्टको कमिसनमा भारी कटौति

काठमाडौं, १६ असार । बीमा समितिले एजेन्ट कमिसनमा कडाइ गरेको छ । केही अगाडि मात्रै तेस्रो पक्ष बीमामा एजेन्ट कमिसन हटाएको समितिले यही साता मात्रै बैदेशिक रोजगार बीमामा एजेन्ट कमिसन हटाएको थियो । अब भने जीबन बीमा ब्यवसायमा एजेन्टले पाउँदै आएको कमिसन पनि उल्लेख मात्रामा घटाइएको छ । बीमा समितिले जीबन बीमा कम्पनीको एजेन्ट कमिसन तोकेको छ । नयाँ सीमा अनुसार बीमा कम्पनीहरुले बीमा शुल्कको ६ प्रतिशत रकम मात्रै ‘इन्सेन्टिभ’ र ब्यापार प्रवद्र्धनको लागि खर्च गर्न पाउने भएका छन् । बीमा एजेन्टको कमिसन यिनै दुई शिर्षकबाट दिइँदै आइएको थियो । यसअघि यस्तो खर्चको सीमा तोक्ने गरिएको थिएन । बीमा समितिले बुधवार सवै जीबन बीमा कम्पनीहरुलाई निर्देशन दिदै ‘इन्सेन्टिभ’ र ब्यापार प्रवद्र्धन खर्च ६ प्रतिशतमा सिमित गर्न भनेको छ । ‘इन्सेन्टिभ’ र ब्यापार प्रवद्र्धनका नाममा अत्याधिक रकम खर्च हुन थालेपछि यसरी सीमा तोक्नु परेको समितिका एक अधिकारीले जानकारी दिए । ‘बीमा शुल्कको ३० प्रतिशतसम्म रकम एजेन्ट कमिसन र ब्यापार प्रवद्र्धनका नाममा खर्च हुने गरेको पाइयो, यो निकै धेरै हो, यसमा नियन्त्रण गर्नैपर्ने देखिएकोले सीमा तोकिएको हो,’ समितिका एक अधिकारीले भने । समितिका अनुसार ‘इन्सेन्टिभ’ र ब्यापार प्रवद्र्धनका नाममा अहिले जीबन बीमा कम्पनीहरुले कुल बीमा शुल्कको २० प्रतिशत जति रकम औसतमा खर्च गर्ने गरेको पाइएको छ । खर्च बढी भएको भन्दै समितिले औसत खर्चलाई एक तिहाइमा सिमित गर्ने प्रयास गरेको हो । एजेन्ट कमिसन र ब्यापार प्रवद्र्धन खर्चमा कडाइ भएपछि आफूहरुको ब्यापार नै खुम्चने चिन्ता बीमा कम्पनीका अधिकारीहरुले गरेका छन् । जीबन बीमा कम्पनीहरुको ब्यवसायको ९९ प्रतिशत नै स्रोत एजेन्टबाट आउने ब्यापार भएकोले यस्तो खर्च कटौतिले आफ्नो ब्यवसाय नै धरापमा पर्ने चिन्ता कम्पनीहरुको छ । ‘हाम्रो ब्यवसाय ९९ प्रतिशत नै एजेन्सी (एजेन्ट मार्फत आउने) मा आधारित छ, यस्तो खर्च यति धेरै कटौति गरेपछि ब्यवसाय नै संकटमा पर्ने अवस्था आउछ,’ एक जीबन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने । समितिले एजेन्ट कमिसन भारी मात्रामा कटौति गरेपछि अब कसरी अगाडि बढ्ने भनेर एजेन्ट एसोसिएसन र जीबन बीमा कम्पनीका पदाधिकारीले बुधबार नै आकस्मिक छलफल गरेका छन् । कम्पनीहरुले एजेन्ट कमिसन र ब्यापार प्रवद्र्धनका नाममा सर्वसाधारणले तिरेको बीमा शुल्क रकममा मनपरी खर्च गर्ने गरेको आरोप समितिको छ । कम्पनीका संचालक र ब्यवस्थापन तहका उच्च अधिकारीले एजेन्टका नाममा आफू नजिकका ब्यक्तिको नाममा रकम खर्च देखाएर लिने गरेको पाइएको समितिको आरोप छ । यस्तै केही कम्पनीका अधिकारीले नक्कली एजेन्ट देखाएर आफूहरुले नै यस्तो रकम लिने गरेको पनि समितिको आरोप छ । ‘नक्कली एजेन्ट देखाउने र आफ्ना मान्छेलाई एजेन्ट बनाएर मोटो रकम आफैले खाने गरेको पनि पाइयो, यस्तो प्रबृत्ति निरुत्साहित गर्न पनि सीमा तोक्नुको विकल्प रहेन,’ समितिका एक अधिकारीले भने । बीमा एजेन्ट बिना ब्यवसाय नै आउदैन भन्नु र बीमा शुल्कको ३० प्रतिशतसम्म रकम एजेन्ट कमिसन र ब्यापार प्रबद्र्धनका नाममा खर्च गर्नुले आर्थिक अनुसारहिनता बढाएको आरोप समितिको छ । कम्पनीले भने इन्सेन्टिभ र ब्यापार प्रवर्दनका नाममा रकम खर्च गर्नु आफूहरुको बाध्यता भएको उल्लेख गरेका छन् । ‘बैंकमा पैसा राख्ने भन्दै सर्वसाधारण बैंकसम्म आफै जान्छन्, तर बीमा गराउनको लागि स्वतस्फूर्त रुपमा कोही पनि आउदैन, कर गर्नै पर्छ, यस्तो अवस्थामा एजेन्ट कमिसन र ब्यापार प्रवद्र्धन खर्च कटौतिले समस्या पार्ने प्रष्ट देखिन्छ,’ बीमा कम्पनीका अधिकारीहरुको भनाइ छ ।