लगानी बोर्डले शिक्षा, स्वास्थ्य र कृषिमा ठूलो लगानी ल्याउँदै, परामर्शदाता नियुक्तिको तयारी
काठमाडौं । लगानी बोर्डले व्यवसायीक कृषि, शिक्षा र स्वास्थ्यमा ठूलो लगानी भित्र्याउने तयारी थालेको छ । बोर्डले यसको संभाव्यता अध्ययन गर्न स्वदेशी परामर्शदातासंग आशयपत्र (ईओआई) मागेको छ । बोर्डले शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रलाई अझ बढी व्यवसायीक रुपमा अघि बढाउने भएको छ । यस्तै व्यवसायिक कृषि प्रणालीबाट उत्पादन बढाउने, पशुपालनलाई व्यवसायीकरण गर्ने र मासु प्रशोधन केन्द्र स्थापना गरेर स्वस्थकर मासुको निकासी गर्नका लागि प्रक्रिया अघि बढाएको हो । बोर्डले सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रबाट मात्र लगानीमा यी आयोजनाको काम अघि बढाउने जानकारी दिएको छ । एक महिनाभित्र आशयपत्र पेश गर्न भनेको छ । बोर्डले कृषिलाई व्यवसायीकरण गरेर उत्पादन बढाउन, व्यवसायीक पशुपालन र मासु प्रशोधन केन्द्रको निर्माण गर्ने तयारी थालेको हो । यस्तै शिक्षा र स्वास्थ्यमा ठुलो लगानी भित्र्याउने बोर्डको तयारी छ । परामर्शदाता नियुक्तिपछि संभाव्यता अध्ययन सम्पन्न हुने छ । संभाव्यता अध्ययन प्रतिवेदनका आधारमा सार्वजनिक निजी साझेदारीमा आयोजनाको काम अघि बढाउने भएको हो । हाल बोर्डले जलविद्युत, सिमेन्ट, फोहाेर व्यवस्थापन, मेट्रो र मनोरेललगायत वृहत लगानीका आयोजनाको काम अघि बढाएको छ ।
खुला विश्वविद्यालयको शैक्षिक कार्यक्रम सुरु, घरमै बसेर डिग्रीसम्म अध्ययन गर्न सकिने
काठमाडौं । नेपाल खुला विश्वविद्यालयले शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । विश्वविद्यालयका कुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कार्यक्रमको आइतबार शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै पोखरेल अघिल्लो पटक शिक्षा मन्त्री हुदा विश्वविद्यालयको ऐन बनाउने र संसदबाट गराउने महत्वपूर्ण अवसर प्राप्त भएको बताए । यस्तो विश्वविद्यालय कसरी संचालन हुन्छ ? धेरैले प्रश्न गरेका थिए । आज विद्यार्थीका बीचमा आएर शुरु गर्न पाँउदा खुसी लागेको उनले बताए । पोखरेलले यो विश्वविद्यालयप्रति जनसमुदायको रुचि देखिएको भन्दै आगामी दिनमा यस विश्वविद्यालय उच्च शिक्षाको आकर्षणको केन्द्र बन्ने बताए । उनले बाध्यता र विवशताले उच्च शिक्षा हासिल गर्न नसकेर विदेशिएका युवायुवती र पढ्दापढ्दै वैवाहिक बन्धनमा बाँधिएर पढ्न नसकेका महिलाहरुको उच्च शिक्षा हासिल गर्ने सपना पूरा गर्न खुला विश्वविद्यालय सफल हुने विश्वास व्यक्त गरे । विश्वविद्यालयको उपकुलपति प्रा.डा लेखनाथ शर्माले भने अन्य विश्वविद्यालयसंग सहयोगी र प्रतिस्पर्धी हुने बताए । “सबैले शुल्क बढी भयो भनि भनिरहेको छन् । जुनसुकै कुराको पनि सुरुवाति खर्च धेरै हुन्छ । अहिले त्यहिनै भएको हो ।” शर्माले भने “यसले नाफा कमाएर कसैलाई दिनु छैन ।” सरकारले बजेट बढाउदा यसको शुल्क घट्ने उनले जानकारी दिए । अन्य विश्वविद्यालयले भन्दा यस विश्वविद्यालयले राम्रो शिक्षा दिने समेत उनले प्रतिवद्धता व्यक्त गरे । २०७३ असार ३० गते खुला विश्वविद्यालयको ऐन व्यवस्थापिका संसद्बाट पास भएको हो । विश्वविद्यालयमा २०७४ जेठ ३० बाट पदाधिकारी नियुक्त भएका थिए । एमफिल , मास्टर्स र पोस्टग्राजुयट डिप्लोमा इन डिस्टयान्स एन्ड ईलर्निङ, मास्टर एण्ड ईगर्भनेन्स र इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी विषयको पढाइ शुरु भएको छ । विश्वविद्यालय एमफिल , मास्टर्स र एमफिल र पोस्टग्राजुयट डिप्लोमा इन डिस्टयान्स एन्ड ईलर्निङ, मास्टर एण्ड ईगर्भनेन्स र इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी विषयको २०७४ फागुन ३० गते भर्ना आवेदन मागेको थियो । जसका लागि ७०० जनाले आवेदन दिएकोमा ४०६ जना प्रवेश परीक्षामा उत्तिर्ण भएका र अध्ययन प्रारम्भ गरेको छन् । शुल्क २४ हजारदेखि १ लाख ६७ हजार रुपैयाँसम्म रहेको विश्वविद्यालयले जनाएको छ । सेना, प्रहरी, कर्मचारीलगायत उच्च शिक्षाको औपचारिक संरचनामा नसमेटिएका सम्पूर्ण जनसमुदायलाई समेट्ने परिकल्पनासहित खुला विश्वविद्यालयको ऐन बनाइएको थियो ।
लालबाबुको कमाल: सिहंदरबारको ८० अधिकृत दुर्गम स्थानीय तहमा, को कहाँ परे हेर्नुहोस् (सूचिसहित)
काठमाडौं । सामान्य प्रसाशन मन्त्रालयले काठमाडौंका ८० जना अधिकृतहरुको सरुवा गरेको छ । दुर्गम जिल्लामा कर्मचारी अभाव हुन थालेपछि मन्त्रालयले अधिकृतहरुलाई बाहिरी जिल्लामा सरुवा गरेको हो । सरुवामा जाने अधिकृतहरु प्राय दुर्गम जिल्ला हुम्ला, जुम्ला, बजाङ मनाङ, अछाम, दनर्चुला इत्यादी जिल्लाका स्थानीय तहमा रहेका छन् । सरुवामा जान अस्विकार गर्ने अधिकार कुनै कर्मचारीहरुलाई नभएको मन्त्रालय श्रोतले जनाएको छ । मन्त्रिलाई उद्रित गर्दै श्रोतले विकासन्युजसँग भन्यो-‘कुनै सोर्सफोर्सको आधारमा कुनै कर्मचारीहरुले प्रयास नगरे हुन्छ, उनीहरुलाई विकल्पको रुपमा राजिनामा दिएर सरकारलाई सहयोग गर्ने अधिकार रहको छ ।’ दुई जनाको भने कार्यअवधी सकिन २ महिना मात्र बाँकी रहेको सरुवा नगरिएको मन्त्रालयले जनाएको छ । को कहाँ परे हेर्नुहोस्