सूर्याेदय वोमी लघुवित्तले डाक्यो साधारण सभा, लाभांश र सेयर सरंचना परिवर्तन मुख्य एजेण्डा
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको चैत १८ गते बसेको बैठकले २०८० बैशाख ३० गते धुलिखेल काभ्रेमा बिहान ९ बजे साधारण सभा बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, लघुवित्तको सञ्चालकमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । लघुवित्तको कर्पाेरेट कार्यालयको ठेगाना बागमती प्रदेश ललितपुर महालक्ष्मी नगरपालिका ४ कायम गर्ने गरी प्रबन्धपत्र र नियमावली संशोधन गर्नेछ । यस्तै, लघुवित्तले पूँजी संरचना परिवतर्न गरी संस्थापक सेयरको हिस्सा ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व २९.६४ प्रतिशत रहेकोले सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउने र ५१ प्रतिशत संस्थापक सेयरधनीको स्वामित्व र ४९ प्रतिशत सर्वसाधारण समूहको सेयर स्वामित्व हुने गरी पूँजी संरचना परिवर्तन गर्नेछ । साथै, सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्ने र लघुवित्तको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ २०८० बैशाख १४ गतेदेखि बैशाख ३०२८ गतसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैशाख १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेप्सेमा किसान लघुवित्तको बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न एक लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । लघुवित्तको ७ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६१२.१५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । आइतबार लघुवित्तको सेयर प्रतिकित्ता ६५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
सूर्यज्योति लाइफको एमडीआरटी सीओटी शाही र टीओटी घिमिरे सम्मानित, घिमिरेले पाए रोयल इन्फिल्ड
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडीआरटी २०२३ का लागि मनोनित सबै एमडीआरटीहरुलाई सम्मान गरेको छ । इन्स्योरेन्सले धुलिखेलमा आयोजना गरेको एमडीआरटी मीट २०२३ मा सबै एमडीआरटीहरुलाई सम्मान गरेको हो । कम्पनीले एमडीआरटीमध्ये सीओटी हुन सफल गौरब कुमार शाही र टीओटी कमल प्रसाद घिमिरेलाई विशेष सम्मान गरेको छ । साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले टीओटी कमल प्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाईकल हस्तान्तरण गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा सीओटी, टीओटी, तथा एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए । सोहि कार्यक्रममा उपस्थित सम्पुर्ण व्यक्तित्वहरुले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गरेका थिए । उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्बिरहरु समावेश गरिएको छ । यस कार्यक्रमले आगामी वर्षहरुमा एमडीआरटी संख्या अझ वृद्धि गर्ने हौसला मिलेको सीओटी गौरव कुमार शाहीले जानकारी गराए । सोही कार्यक्रममा टीओटी कमल प्रसाद घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र आफु खटिने जानकारी गराए । वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरेका थिए । प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडीआरटीहरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न प्रेरित गरेका थिए । सूर्या लाइफ र ज्योति लाइफको सफल मर्जर पश्चात बनेको आईएसओ ९००१ः२०१५ बाट सम्मानित सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी ४ अर्ब ५४ करोड रहको छ । साथै, कम्पनीले १८१ शाखा कार्यालयहरुबाट देशभर सेवा प्रदान गर्दै आएको छ ।