साढे ३ सय रुपैयाँमा सेयर बेच्दै उन्नति सहकार्य लघुवित्त

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समहूको नाममा रहेको ३८ हजार ९९ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले सो सेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकेको छ । बोलपत्र पेश गर्दा सो मूल्य वा सोभन्दा बढि मूल्य अंकित गरी आवेदन पेश गर्नु पर्ने लघुवित्तले जनाएको छ । लघुवित्तले आज जेठ २८ गतेदेखि असार ३ गतेसम्म सो सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न इच्छुकले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा आवेदन दिनु पर्नेछ ।

आइएमईको रेमिटेन्स सचेतना प्रभातफेरी सम्पन्न

काठमाडौं । आफ्नो स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले शनिबार बिहान प्रभातफेरीको आयोजना गरेको छ । निरन्तर सहयात्रा विश्वासकोु भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यलय पानीपोखरीबाट शुरु भएर लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुनः केन्द्रीय कार्यालयमा आएर समापन गरिएको थियो । डिजिटल रेमिटेन्सको प्रबद्र्घन तथा रेमिटेन्स गर्दा औपचारिक माध्यमको प्रयोग सम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरीको आयोजना गरिएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा प्रबन्ध निर्देशक हेम राज ढकालको नेतृत्वमा गरिएको प्रभातफेरीमा ‘सुरक्षित रेमिटेन्स, सुरक्षित भविष्य’, ‘रेमिटेन्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका ४०० भन्दा बढी कर्मचारीहरुको सभागिता रहेको थियो। प्रभातफेरिमा चर्चित कलाकार तथा आइएमईका ब्राण्ड एम्बेसडर दिपकाराज गिरी र दिपाश्री निरौला पनि सहभागी भएका थिए । प्रभातफेरीको उद्घाटन गर्दै अध्यक्ष ढकालले आइएमईलाई सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने कम्पनी बनाउन महत्वपूर्ण योगदान गर्ने सम्पूर्ण सेवाग्राहीहरु, नियामक निकायहरु तथा कर्मचारीहरुलाई कृतज्ञता व्यक्त गरे । हरेक वर्ष जेठ २९ गते आइएमईले आफ्नो स्थापना दिवसको अवसरमा सचेतना मुलक प्रभातफेरी आयोजना गर्दै आएको छ ।

मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा नदिनु होला : स्ट्याण्डर्ड चार्टड

काठमाडौं ।  बैंकले बैंकको नाम लिएर मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा नदिन ग्राहकहरुलाई सुझाव दिएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै ग्राहकहरुलाई यस्तो सुझाव दिएको हो । केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंकको कर्मचारी भएको बहाना बनाउँदै ग्राहकहरुलाई बैंकको केवाइसी अपडेट गर्ने भन्दै मोबाइलमा आएको ओटिपी नम्बर उपलब्ध गराउन भन्दै फोन, मेसेज र इमेल गर्ने गरेको बैंकले बताएको छ । ‘उक्त ओटिपी प्राप्त भए पश्चात् मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग र कनेक्ट आइपीएस वा वालेट जस्ता उपकरणहरुको पासवर्ड रिसेट गरी अकाउन्ट एक्सेस गर्ने र ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटहरुमा रकमान्तर गर्ने प्रवृति बढ्दो क्रममा रहेको पाइएको छ,’ विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमार्फत बैंकले इमेल वा फोनमार्फत ग्राहकको ओटिपी वा पासवर्ड वा अन्य गोप्य राख्नु पर्ने जानकारी कहिले पनि नसोध्ने गरेको बताएको छ । यस प्रकारका ठगीका घटना र गुनासोहरु बारे २४ सै घण्टा खुला रहने ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तीमा भनिएको छ । साथै, यस प्रकारका र अन्य सम्बन्धित ठगीका बारे थप जानकारीका लागिhttp://sc.com/np मा हेर्नु बैंकले जानकारी दिएकाे छ ।