सनराइज क्यापिटलका ग्राहकलाई समाज डेण्टलमा छुट
काठमाडौं । सनराइज क्यापिटल, काठमाडौं तथा समाज डेण्टल हस्पिटल, नयाँ बानेश्वर, काठमाडौं बिच सहकार्य गर्ने सम्बन्ध सम्झौता भएको छ । शुक्रबार एक अर्काले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आइरहेका सेवाहरुमा विशेष छुट दिने योजनाहरु सहित सनइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ तथा समाज डेण्टल हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर शंखु घिमिरेले द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सनराइज क्यापिटलले समाज डेण्टल हस्पिटलका कर्मचारी ग्राहकलार्ई निःशुल्क डिम्याट खाता खोल्ने सुविधा, डिम्याट खोलिएको एक आ.व.को डिम्याट शुल्कमा छुट, पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५० प्रतिशत तथा पर्फरमेन्स शुल्मा २० प्रतिशत छुट, निः शुल्क पोर्टफोलियो परामर्श सेवा, निः शुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा, आवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था लगायतका सुविधा प्रदान गरिने जनाएको छ । त्यस्तै, समाज डेण्टल हस्पिटलले सनराइज क्यापिटलका कर्मचारी ग्राहकहरुलाई निःशुल्क विशेषज्ञ परामर्श, दाँत तथा मुखको परिक्षण जस्ता सेवामा समाज डेण्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५ प्रतिशत छुट दिने जनाएको छ ।
प्रिमियममा आईपीओ जारी गर्न रिलायबल लाईफले पायो अनुमति, प्रतिकित्ता कति ?
काठमाडौं । रिलायबल लाईफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । लामो समयदेखि आईपीओ जारी गर्ने प्रकृयामा रहेको इन्स्योरेन्सले असार १५ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले कम्पनीलाई कूल २ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुने कूल चार करोड कित्ता सेयर प्रतिकित्ता २५७ रुपैयाँमा जारी गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा थप १५७ रुपैयाँ प्रिमियम मूल्यसहित प्रतिकित्ता २५७ रुपैयाँमा सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । नेपालको बीमा क्षेत्रमा प्रिमियममा आइपीओ निष्कासन गर्ने कम्पनीमा रिलायबल नेपाल लाईफ दोश्रो भएको छ । जीवन बीमा व्यवसाय गर्दै आएको इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ ।
सिटिजन्स बैंकले साथलाई दियो एक लाख बढी, बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग पुग्ने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग स्वरुप एक लाख बत्तिस हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्ग करिब एक दशक देखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग स्वरुप सो रकमको चेक हस्तान्तरण गरेको हो । साथले सीमान्तकृत समूहका बालबालिकालाई हेरचाह गर्दछ जहाँ आर्थिक रूपमा बिपन्न र शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाई उचित शिक्षा र स्वास्थ्य उपचार प्रदान गर्न मद्दत गर्दछ । त्यस्तै, बचत खाता खोलि वार्षिक रूपमा निश्चित रकम जम्मा गर्ने गर्दछ र सोही रकमबाट उक्त बालबालिकाहरुको शिक्षा, स्वास्थ्य लगायतका आवश्यक क्षेत्रमा प्रयोग गर्ने साथले जानकारी गराएको छ । बैंकले उक्त चेक ‘साथ’का कार्यक्रम प्रबन्धक समिक्षा शर्मालाई हस्तान्तरण गरेको छ । साथ हकुना मटाटामा रहेका ११ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा कार्यक्रम प्रबन्धक समिक्षा शर्माले जानकारी दिए । बैंकले हाल १८५ वटा शाखा, १४१ वटा एटीएम ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ९० हजारभन्दा बढि ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।