प्रभु महालक्ष्मी लाइफमा ७ जना सञ्चालक मनोनित

काठमाडौं ।  एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सहमति अनुसार सञ्चालक समिति गठन गरेको छ। दुबै कम्पनीबाट प्रतिनिधित्व हुनेगरी ७ जना सञ्चालक चयन भएका हुन् । सात सदस्यीय संचालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका हुन् । सर्वसाधारण समूहबाट भने दिपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् । २०७९ असार ३० गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेष्ठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यीय संचालक समिति गठन गर्ने सहमति भएको थियो। स्वतन्त्र संचालकको मनोनयन एकीकृत कारोबार पछिको संचालक समितिले नियुक्त गर्ने सहमति भएको छ। संचालक समितिको अध्यक्षको हकमा एकीकृत कारोबार पछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफको तर्फबाट मनोनित संचालक अध्यक्ष बन्ने लिखित सहमति भएको  कम्पनीले जनाएको छ ।

सन नेपाल लाइफले कैलालीमा गर्यो १३ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कैलालीको धनगढी शाखाले मृत्युदावी भुक्तानी गरेको हो । इन्स्योरेन्सले एक कार्यक्रमको आयोजना गरी आज बीमित स्वर्गिय सागर महतौको ईच्छाएको व्यक्ती उनका बुवा विष्णु प्रसाद महतौलाई किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी खर्च गरी जम्मा १३ लाख रुपैयाँ दावी भुक्तानी गरेको हो । कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले उक्त रकम बराबरको चेक हस्तानान्तरण गरेका हुन् । साथै, उक्त मृत्युदावी रकम भुत्तानी कार्यक्रममा आम सर्बसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेका थियो । कार्यक्रममा कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ती वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले छात्रवृत्ती वितरण गरेको छ । बैंकले कर्णली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई कालिकोट जिल्लाका पाँच विद्यार्थीहरुको प्लस टू वा डिप्लोमा अध्ययनमा सहयोग पुर्याउनका लागि दुई लाख पचास हजार बराबरको छात्रवृत्ती प्रदान गरेको हो । बैंकले कालिकोट जिल्लाका सरकारी विद्यालबाट एसइई उत्तिर्ण गरी काठमाडौं वा अन्य जिल्लामा गई थप अध्ययन गर्न ईच्छुक तर परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कक्षा ११ र सिटिईभिटि अन्तर्गत डिप्लोमा अध्ययन गरिरहेका पाँच जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरेको हो । बैंकका निक्षेप बजारिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले कर्णली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई दुई लाख पचास हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएका विद्यार्थीको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले वागीश्वरी मावि, भक्तपुरमा अध्ययनरत दत्त कठायत, लोयल्टी एकेडेमी, बुढानिलकण्ठमा अध्ययनरत इश्वरी शाही, भैरव मावि, सुर्खेतमा अध्ययनरत भावना शाही, बे्रन ल्याण्ड एकेडेमी, बुढानिलकण्ठमा अध्ययनरत सृष्टी शाही र रिलायन्स इन्टरनेसनल एकेडेमी, चावहिलमा अध्ययनरत सृष्टी कुमारी शाहीलाई प्रति विद्यार्थी पचास हजार रुपैयाँ बराबरको छात्रवृत्ती उपलब्ध गराएको छ । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहिआएको यस बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।