राष्ट्रिय वाणिज्य बैंकको ब्याजदरसँगै आधारदर पनि घट्यो, प्रिमियम १.५ प्रतिशतमा झर्याे
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा साउन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.८६ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यसअघि असारमा बैंकले न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले साधारण बचत खातासँग मुद्दति निक्षेपमा पनि ब्याजदर घटाएको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । यसअघि सोही ब्याजदर ७.९९ र ९.९९ प्रतिशत थियो । बैंकले रेमिट्यान्स बचत खातामा ९.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ३.७५ प्रतिशत र न्यूनतम १.५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर पनि घटेको छ । हाल ८.४४ प्रतिशत रहेकोमा साउनमा ८.२४ प्रतिशत कायम हुनेछ । हाल बैंकको ब्याजदर अन्तर ४.०५ प्रतिशत छ भने साउनमा ४.०३ प्रतिशत कायम हुनेछ ।
सिटिजन लाइफको २५७ रुपैयाँमा आईपीओ बिक्री खुला, कति आवेदन दिने ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार ३१ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीले ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५ सय कर्मचारीका लागि र बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा सेयर खरिद गर्न पाउने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम अधिकतम सम्पूर्ण ११ लाख २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आइआर त्रिपलबी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ ।
आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड भएको छ । कम्पनीले असार २१ देखि २५ गतेसम्म सर्वसाधारणको लागि बिक्री गरेको आइपिओ बाँडफाँड गरिएको हो । धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले सुन्धारास्थित कार्यालयमा बिहान ११ बजे आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो कुल पुँजीको ३० प्रतिशतले हुन आउने कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको थियो। जसमा कम्पनीले प्रतिकित्ता २३६।९१ रुपैयाँमा आईपीओ जारी गरेको थियो। सो आईपीओमा ११ लाख ९५ हजार ९३२ आवेदकबाट कुल १ करोड ४५ लाख ५ हजार ३९० कित्ता सेयर माग भएको र ११ लाख ८८ हजार ९९६ आवेदकबाट परेको कुल १ करोड ४३ लाख ७२ हजार ५७० कित्ता सेयर सदर भएको बिक्री प्रबन्धक कम्पनीले जनाएको छ । त्यस्तै, ६ हजार ९३६ आवेदकबाट परेको १ लाख ३२ हजार ८२० कित्ता सेयर बदर भएको छ। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट आइपिओको बाँडफाँड गरिएको छ। जसमा ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने २ लाख २८ हजार ९९६ आवेदकको हात खाली भएको छ।